औसत आयु ८० वर्ष पुग्दै गर्दा ६० वर्षमा अवकाश पाउने नागरिकले फेरि काम गर्न चाहेमा त्यस अनुसार रोजगारीको व्यवस्था हुन नसक्नुले जेष्ठ नागरिकमा कठिनाइ आएको उनी बताउँछिन्।
जनस्वास्थ्य सेवा ऐन २०७५ ले मानसिक रोगसम्बन्धी सेवालाई आधारभूत स्वास्थ्य सेवाको सूचीमा राखेको छ, साथै संविधानले आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने भनी मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ। यसो हुँदा...
उक्त अस्पतालको स्थापना हुनुपूर्व मानसिक रोगीहरु भारतको राँची जानुपर्ने बाध्यता थियो। अस्तपाल नेपालमै स्थापना भएपछि त्यो बाध्यता हटेपनि सरकारी बेवास्ताका कारण अस्पताल आफैँ तनावग्रस्त भएको हो।
एक तथ्यांकले पाँच–सात दशकअघिको तुलनामा संसारभरनै मानसिक समस्या बढेको देखाएको छ । औद्योगिकीकरण र भौतिकवादी सामाजिक अभ्यासका कारण विकास भएको व्यस्त अनि प्रतिस्पर्धी समाजले मानसिक तनाव थपेको छ ।