नयाँ भेरियन्टका रुपमा तीव्र फैलिएको कोरोना संक्रमणबाट बाँकेमा दिनहुँ मृत्युदर बढिरहेको छ। बाँकेमा २४ घण्टा नबित्दै थप १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेका ९ र बर्दियाका १ जना रहेका छन्।
नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी पाँच जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
पछिल्लो रिपोर्ट अनुसार बाँकेमा नयाँ ७ सय २३ जनालाई कोरोना संक्रमण पष्टि भएको छ। नेपालगन्जस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, बागेश्वरी ल्याब र जमुनाहा हेल्थडेस्कमा परीक्षण गर्दा संक्रमित फेला प...