पहिरो र ढुङ्गा खसेका कारण अवरुद्ध सिद्धार्थ राजमार्ग आइतबार साँझबाट सुचारु भएको छ । तानसेन नगरपालिका–८ गौडेपुलनजिकै शुक्रबार राती पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । यस्तै शनिबार राती तिनाउँ गाउँपालिक...
लगातार बर्षातपछिको पहिरोका कारण आँबुखैरेनी–गोरखा राजमार्ग आज अवरुद्ध भएको छ । गोरखा नगरपालिका १२ स्थित सात किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको वडा अध्यक्ष डिलबहादुर थापाले बताए ।
अविरल बर्षापछि आएको पहिरोले पुरिएर कास्कीको माछापुच्छ्रेमा एकै परिवारका ३ जनाको ज्यान गएको छ । शुक्रबार विहान घर माथिबाट आएको पहिरोले माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ खोराको मुखस्थित प्रेमराज विकको...
पहिरोका कारण बराहताल गाउँपालिका–५, तल्लो सुन्दारीको सामुदायिक वन, खेतीयोग्य जमिन र मानव बस्ती जोखिममा परेको छ । गाउँमाथि र मुनिबाट लगातार पहिरो खस्न थालेपछि नौ घर परिवार विस्थापित भएका हुन् ।
सोमबारको पहिरोले पुरेर बेपत्ता भएका पुरुष मृत अवस्थामा भेटिएका छन् । मंगलबार विहानैदेखि खोजी गर्ने क्रममा हराइरहेका व्यास नगरपालिका–११ ओडारेका ५२ वर्षीय पदम भुजेल मृत अवस्थामा भेटिएका हुन् ।
पोखरामा एकदशकपछि शुक्रबार ठूलो बर्षा भएको छ । पोखरामा पछिल्लो २४ घण्टामा २७९ मिलिमिटर बर्षा भएको हो । पोखराको मालेपाटनमा सबैभन्दा बढी २७९ मिलिमिटर बर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय पोखराले बताएक...