पार्टीको अधिवेशन कार्यतालिका अनुसार हुन नसकेको भन्दै वरिष्ठ नेता पौडेलले चुनावी कार्यतालिका यताउता भएपछि संकट आउन सक्न भनेर आफूले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै आएको बताए।
‘सम्मानित सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिसकेपछि अझैपनि नेपाली कांग्रेसले सदनमा रेफ्रीको भूमिका निभाउनुपर्छ, संविधानलाई जोगाउने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको छ।’