श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा नेपाल, भारतलगायत विश्वभरि छरिएर रहेका हिन्दू धर्मावलम्बीहरूले ढोकामाथि वा ढोकाको दायाँबायाँ नागको फोटो टाँसेर र कतिपयले नागको स्तोत्र पाठ गरी विधिपूर्वक पूजा...
नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायत विषालु जीवको भय र आगलागी, चट्याङ आदि प्राकृतिक प्रकोपबाट सुरक्षित रहन सकिन्छ भन्ने धार्मिक मान्यता छ ।