काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ। काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिनेछ।
यो यसअघिको निर्वाचन भन्दा कम हो। २०७४ को निर्वाचनमा गोरखामा एक लाख ९ हजार चार सय ४ मतदाता थिए। त्यतिबेला ६५ दशमलव तीन प्रतिशत मत खसेको निर्वाचन कार्यालय गोरखाले जनाएको छ।
हिमाली जिल्ला हुम्लाको चंखेली गाउँपालिका–५ को डाँफे मतदान केन्द्रमा राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा प्रहरी घाइते भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार असई रामकुमार चौधरी घाइते भएका ह...
मतदाता संख्या नै न्यून रहेका क्षेत्र नम्बर १ को चुमनुब्री गाउँपालिकाको सात वटा र गोरखा २ को बारपाक सुलिकोट गाउँपालिकाको एउटा केन्द्रमा एक सय भन्दा कम मत खसेको हो।