आरोपितमध्ये गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक लामिछाने, छविलाल जोशी, कुमार रम्तेल र नेचर हर्बस इन्टरनेसनल प्रालिका सेयरधनी रामबहादुर खनाल प्रहरी नियन्त्रणमा छन्।
गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन्। उनीमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया प्रालिमा अपचलन गरेको आरोप छ।
मंगलबार पोखराबाट काठमाडौं ल्याइएका उनलाई बयानका लागि अदालतमा पेस गर्न लागिएको हो। जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोप लागेको छ।
सहकारीका सात सिद्धान्त (स्वेच्छिक र खुला सदस्यता, लोकतान्त्रिक नियन्त्रण, सदस्य आर्थिक सहभागिता, स्वायत्तता र स्वतन्त्रता, शिक्षा, तालिम र सूचना,सहकारीबीचको सहकार्य र समुदायका लागि चिन्ता) उल्लंघन गरि...