गर्विलो सहकारी,लोभीपापी सञ्चालक
०७ कार्तिक २०८१
•
७ मिनेट पाठ
गर्विलो सहकारी,लोभीपापी सञ्चालक
मुलुक अहिले सहकारीमय भएको छ। केही लोभी–पापीहरूले सहकारीको मूल्य, मान्यता तथा सिद्धान्त विपरित कार्य गरेका र सरकारले तिनीहरूको नियमन गर्न नसकेकाले लाखौँ बचतकर्ता सहकारी पीडित भएका छन् र सहकारी समस्या राष्ट्रियरूपमै विकरालरूपमा देखापरेको छ ।यस लेखमा सहकारीको उत्पत्ति किन र कसरी भयो र यसलाई कसरी सञ्चालन गर्नुपर्छ भन्नेबारे जानकारी दिने प्रयास गरिएको छ।  




किन आवश्यक सहकारी?

सहकारी भावना परापूर्वकालदेखि कायम भए पनि आधुनिक सहकारी अवधारणाको उत्पत्ति बेलायतको राचडेल सहरमा सन् १८४४ मा भएको मानिन्छ। १९ औं शताब्दीमा बेलायतमा टेक्सटाइल्सलगायतका कारखानामा काम गर्ने श्रमिकहरूले दैनिकरूपमा लामो समयसम्म गाह्रो काम गर्नुपरेको थियो । अर्कोतर्फ कारखानामा श्रमिकहरूको भीडभाड हुने गरेको र सरसफाइसम्बन्धी न्यूनतम व्यवस्था पनि नभएकोले रोग फैलिँदै गएको थियो। न्यून ज्यालाले गर्दा श्रमिकलाई घर भाडा तिर्न र खानपिनको व्यवस्था गर्न धौ धौ हुन्थ्यो भने कैयौँ मानिसले कुपोषण, रोग र दुर्घटनाका कारण ज्यान गुमाउनुपरेको थियो।  

अर्कोतर्फ सीमित कारखाना मालिकहरूले अर्थतन्त्र कब्जा गरेका थिए। तिनीहरूमध्ये कतिले किराना पसलसमेत खोलेका थिए र कारखाना बन्द भएपछि तिनीहरूका पसल मात्र खुला रहने हुँदा दैनिक काम सकिएपछि श्रमिकहरू ती पसलबाट सामान किन्न बाध्य हुन्थे। केही कारखाना मालिकले त श्रमिकको तलवको केही अंश तिनीहरूको किराना पसलमा मात्र चल्ने टोकन दिने गरेकाले श्रमिकहरूलाई कारखाना धनीले चलाएका पसलबाट सामान किन्नुबाहेक अर्को विकल्प थिएन। 

कतिपय मुनाफाखोरहरू मनोमानी किसिमले वस्तुको मूल्य कायम गर्थे। सामानको तौल तल–माथि गर्थे । दूधमा पानी मिसाउँथे र पिठोमा चक मिलाउने गर्थे। यसरी श्रमिकहरूले गुणस्तरीय वस्तुहरू सुपथ मूल्यमा पाउन छाडे र तिनीहरूको जीवन कष्टमय हुँदै गयो। त्यस क्रममा राचडेलका केही श्रमिकहरूले साझा पसल खोलेर आफ्ना सदस्यहरूलाई कम गुणस्तर र मिसावटयुक्त महँगो खाद्यान्नको सट्टा गुणस्तरीय वस्तुहरू सुपथ मूल्यमा उपलब्ध गराइ तिनीहरूको अवस्था सुधार्ने अठोट गरे।  

त्यस क्रममा राचडेलका २८ जना श्रमिक मिलेर ‘राचडेल सोसाइटी अफ इक्विटेबल पायोनियर्स’ नामले विश्वको पहिलो उभभोक्ता सहकारी स्थापना गरेका थिए। राचडेल अग्रगामीहरूलाई विगतमा खोलिएका सहकारी संस्थाहरू असफल भएको जानकारी भएकाले तिनीहरूले आफ्नो संस्थालाई ‘राचडेल सहकारी’ भन्नको सट्टा ‘राचडेल समाज’ नामकरण गरेका हुन् भन्ने भनाइ छ। राचडेल समाजको उद्देश्य थोक बिक्रेताहरूबाट ठूलो परिमाणमा गुणस्तरीय वस्तुहरू सस्तोमा किनेर आफ्ना सदस्यलाई सुपथ मूल्यमा उपलब्ध गराउने, श्रमिकलाई उचित ज्याला दिने, समानता कायम गर्ने र समुदायका सदस्यहरूको जीवन सुधार्ने थियो।  

राचडेल अग्रगामीहरूले उपभोक्ता सहकारी खोल्नका लागि हरेक सदस्यबाट एक वेलायती पाउन्ड उठाए । त्यसरी जम्मा भएको रकमबाट एउटा पुरानो घरको कोठा भाडामा लिए, बिक्री गर्नका लागि ओट, चिनी, पिठो र बटर किनेर सन् १८४४ डिसेम्बर २१ देखि वस्तु बिक्री गर्न सुरु गरे। तिनीहरू दिउँसो कारखानामा काम गर्ने भएकाले काम सकेर फर्केपछि राति पसल खोलेर सामान बिक्री गर्न थाले।

स्थानीय ग्यास कम्पनीले तिनीहरूलाई ग्यास नदिएकोले मैनबत्ति बालेर सामान बिक्री गर्नुपरेको थियो। अर्कोतर्फ स्थानीय थोक व्यापारीहरूले राचडेल अग्रगामीहरूलाई कट्टरपन्थी सम्झेर सामान बिक्री गर्न छाडेपछि तिनीहरूले १२ माइल पर म्यानचेस्टरबाट सामान खरीद गरेर ल्याइ बिक्री गर्नुपरेको थियो।  

राचडेल अग्रगामीहरूले पसल खोलेको पहिलो रात केही स्थानीयहरू जम्मा भई खिसी गर्नुका साथै तिमीहरूले पसल खोलेर मूर्ख काम गरेको भनेर तर्साएका थिए तर यी विध्नबाधाका बाबजुद पनि राचडेल अग्रगामीहरूले हरेस खाएनन्। राचडेल अग्रगामीहरूले बिक्री गर्ने वस्तुहरूमा चिया, मासुलगायतकका वस्तु थप्दै गए।तिनीहरूले सामान बिक्री गर्न उचित ज्याला दिएर छुट्टै मान्छे नियुक्त गरेर पसल दिउँसो खोल्न थाले। तिनीहरूले १५ वर्षभित्र ६ वटा पसल खोले ।

सन् १८५० मा तिनीहरूको उपभोक्ता सहकारीको सदस्य संख्या एक हजारभन्दा बढी पुग्यो । जुन १५ वर्षमा तीन हजार पुग्यो । महिलाहरू पनि सदस्य भए र तिनीहरूले राचडेल सोसाइटीमा पहिलो पटक भोट दिने अवसर पाए। त्यसपछि सहकारी अभियान बेलायतका अन्य क्षेत्रका साथै विश्वभर फैलियो।

सन् १८४४ मा विश्वको पहिलो आधुनिक सहकारी संस्था स्थापना भएको मात्र नभई यसै वर्ष फ्रेडरिक एंगेल्सले ‘इंगल्यान्डमा मजदूर वर्गको अवस्था’ र कार्ल माक्र्सले ‘आर्थिक तथा दार्शनिक पाण्डुलिपिहरू’ पुस्तक लेखेका थिए। यसैगरी सन १८४४ मा बेलायतको संसद्ले ‘जोइन्ट स्टक एक्ट’ र ‘बैंक चार्टर एक्ट’ पारित गरेको थियो जसले बेलायतमा क्रमशः आधुनिक स्टक निगम र बैंक अफ इंग्ल्यान्ड स्थापना गर्ने आधार सिर्जना गरेको थियो।

सहकारीका मान्यता

एक्लै गर्न नसकिने काम विभिन्न व्यक्ति मिलेर गर्न सकिने मान्यताले प्रेरित भई स्थापना गरिएको ‘राचडेल सोसाइटी अफ इक्विटेबल पायोनियर्स’ को मूल्य मान्यता यसका सदस्यका परिवारका आवश्यकता पूरा गर्ने र समुदायमा सकारात्मक परिवर्तन ल्याउने थियो। हुन त सहकारी संस्था खोल्ने प्रयास त्यसभन्दा अगाडि पनि नभएका होइनन् तर तिनीहरू सफल भएनन्। राचडेल अग्रमागीहरूले सहकारीलाई सफल बनाउन अठोट गरे, तिनीहरू प्रजातन्त्र, इमानदारिता, समानता, स्वायत्तता, उत्तरदायित्व, एकता, पादरर्शिता जस्ता आदर्शप्रति समर्पित थिए र तिनीहरूले यससम्बन्धी शिक्षामा ठूलो जोड दिएका थिए।  

राचडेल अग्रगामीहरूले सहकारीलाई सफलता साथ सञ्चालन गर्न र दिगो बनाउन प्रथम पटक खुला सदस्यता, प्रजातान्त्रिक नियन्त्रण, राजनीतिक र धार्मिक तटस्थता, शिक्षा प्रवद्र्धन, व्यापारका आधारमा बचत वितरण, पुँजीमा सीमित ब्याजको भुक्तानी र नगद व्यापार जस्ता सात नियम प्रतिपादन गरेका थिए।

राचडेल अग्रगामीहरूले सहकारीको सदस्यता खुला हुनुपर्ने वकालत गरेका थिए। यसको अर्थ सहकारीको सदस्यतासम्बन्धी जिम्मेवारी बहन गर्न योग्य तथा चाहने व्यक्तिहरूका लागि सहकारीको सदस्यता खुला हुनुपर्छ।तिनीहरूलाई सहकारीको सदस्य हुनुभन्दा अगाडि सहकारीका सिद्धान्त, मूल्य, मान्यता तथा सदस्यको दायित्वबारे विस्तृतरूपमा जानकारी दिनुपर्छ जसले गर्दा सहकारीको सदस्य हुन चाहने व्यक्तिले के सहकारी मेरा लागि उपयुक्त छ रु र के म सहकारीका लागि उपयुक्त छु ? भनेर निक्र्योल गर्न सकोस। केही समयपूर्व सदस्यता अवधि कायम गरिनु राम्रो हुन्छ जुन समयमा व्यक्तिले सहकारीबारे राम्रो जानकारी हांसिल गर्न सकोस् । यसरी सहकारीका बारेमा राम्रो जानकारी हासिल गरेपछि सहकारीको सदस्य हुन इच्छुक व्यक्तिले सहकारीको सदस्य हुनका लागि तोकिएको मापदण्ड पूरा गरेको छ भने निजलाई विनाभेदभाव सदस्यता प्रदान गर्नुपर्दछ। सहकारीको सदस्य हुनका लागि जाति, धर्म, वर्ण लिंग, राजनीति आदि कुनैले पनि छेक्नुहुँदैन।

सहकारीको नियन्त्रण प्रजातान्त्रिक ढंगले हुन्छ । यसमा एउटा सदस्य, एउटा मतको व्यवस्था हुन्छ । सहकारीका सदस्यहरूले आफूमध्येबाट सञ्चालक समिति छनोट गर्दछन् जसले सहकारीसम्बन्धी विभिन्न निर्णय गर्दछन।

सहकारी सञ्चालन गर्दा राजनीतिक र धार्मिक तटस्थता अपनाउनुपर्छ। सहकारीलाई सफलता साथ सञ्चालन गर्न यससम्बन्धी शिक्षा प्रवद्र्धन गर्नुपर्छ । सहकारीका सिद्धान्त, मूल्य तथा मान्यताहरू, सञ्चालन प्रक्रियाका साथै सदस्यहरूको दायित्वबारे पूर्णरूपमा जानकारी दिनुपर्छ जसले गर्दा तिनीहरू सहकारीको सदस्यका हैसियतले निभाउनुपर्ने भूमिका प्रभावकारीरूपमा खेल्न सक्छन्।  

सहकारी यस्तो विशेष व्यवसाय हो जसमा बचतको वितरण सदस्यले सहकारीमा लगाएको समय र त्यसबाट कम्पनिमा भएको मूल्य अभिवृद्धिका आधारमा हुन्छ न कि लगानीको मात्राका आधारमा। यो लगानीकर्ताका लागि अत्यधिक मुनाफा कमाउने उद्देश्यले स्थापित संस्था होइन। हो, सहकारीमा सदस्य वा गैरसदस्यले लगानी गर्न सक्दछन् तर अन्य व्यवसायमा जस्तो लगानीमा कसरी अत्यधिक प्रतिफल दिने भनेर सहकारीमा कार्य गरिँदैन।  

सहकारीमा सदस्यहरूका साथै अन्यले पनि लगानी गर्न सक्छन। त्यसरी सहकारीलाई प्राप्त पुँजीमा सीमित ब्याज भुक्तानी गर्नुपर्छ तर त्यस्तो लगानीमा बजारको भन्दा कम दरले ब्याज दिइन्छ।

उधारोमा सामान बिक्री गरेमा खरीदकर्तामा खरीद गर्ने प्रवृत्ति बढेर तिनीहरू ऋणमा डुब्न सक्ने जोखिम हुने भएकोले कारोवार नगदमा मात्र गरिनुपछै भन्ने राचडेल अग्रगामीहरूको मान्यता थियो।

निष्कर्ष

राचडेल अग्रगामीहरूले एक सय ८० वर्षअगाडि तर्जुमा गरेका नियमहरू अहिले पनि त्यत्तिकै सान्दर्भिक छन । ती नियमहरूका आधारमा सहकारीका सात सिद्धान्त (स्वेच्छिक र खुला सदस्यता, लोकतान्त्रिक नियन्त्रण, सदस्य आर्थिक सहभागिता, स्वायत्तता र स्वतन्त्रता, शिक्षा, तालिम र सूचना, सहकारीबीचको सहकार्य र समुदायका लागि चिन्ता) विकसित भएका छन् जसका आधारमा विश्वभरका सहकारी संस्था सञ्चालन भईरहेका छन्। सहकारीका मूल्य मान्यताविपरित कार्य गरेमा समस्या उत्पन्न हुन्छ जुन हाल नेपालमा भइरहको छ। यस किसिमको समस्या भविष्यमा नदोहोरियोस् भन्नका लागि सहकारी नियमबारे त्यससँग सम्बन्धित सबैलाई राम्रो जानकारी दिनुपर्दछ र सहकारीलाई सहकारीकै रूपमा सञ्चालन गर्नुपर्छ।
अर्को समाचार
सहकारी पीडितको पौने तीन खर्ब फिर्ता अझै अनिश्चित
१६ पौष २०८१
•
५ मिनेट पाठ
सहकारी पीडितको पौने तीन खर्ब फिर्ता अझै अनिश्चित
सहकारीसम्बन्धी व्यवस्थित कानुन र नियमन नहुँदा सहकारी पीडितले डुबाएको करिब पौने तीन खर्ब रूपैयाँ फिर्ता हुने अनिश्चित देखिएको छ। सरकारले सहकारीमा देखिएका समस्या समाधान गर्न र पीडितको रकम फिर्ता गर्न ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ ल्याएको बताए पनि समस्या समाधान हुने देखिएको छैन।




अध्यादेशमार्फत सरकारले आगामी दिनमा सहकारी क्षेत्रलाई व्यवस्थित गर्ने प्रयास गरेको छ तर विगतमा सहकारीमा निक्षेपकर्ताले डुबाएको करिब दुई खर्ब ७५ अर्ब रूपैयाँ फिर्ता हुने सुनिश्चित नभएको भन्दै पीडित तथा सरोकारवाला चिन्तित देखिएका छन्।

 पूर्वसहकारी सचिव गोपीनाथ मैनाली।
सरकारले अध्यादेशमार्फत सहकारी क्षेत्रमा सुधारको प्रयास गरे पनि पीडितका समस्यालाई तत्काल सम्बोधन गर्न नसकेको पूर्वसहकारी सचिव गोपीनाथ मैनालीले बताए। ‘अध्यादेशले सहकारीका केही विषय सम्बोधन गर्न खोजेको छ,’ मैनालीले भने, ‘तर सानातिना रकम (पाँच लाखसम्म) सम्म फिर्ता गर्नुपर्थ्यो, त्यो देखिएन।’

सरकारले चालु आवको बजेटमा समेत पाँच लाख रूपैयाँसम्म फिर्ता गर्ने उल्लेख गरे पनि अध्यादेशमा निक्षेपकर्ताको निक्षेप फिर्ताको सुनिश्चितता नदेखिएको उनले बताए। ‘सहकारी पीडितले तत्काल निक्षेप फिर्ता हुने आधार देखिएन,’ उनले भने, ‘प्राधिकरण गठनलगायत प्रावधान सकारात्मक छन्।’

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) का अनुसार मुलुकभरका तीन सय ५७ भन्दा बढी सहकारीको करिब पौने तीन खर्ब रूपैयाँ जोखिममा छ।

सहकारी संस्थाहरूको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समिति प्रतिवेदनअनुसार २२ समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका १८ गरी ४० सहकारीको मात्र ७१ अर्ब ३० करोडको बचत रकमसहित ८७ अर्ब ८९ करोड दायित्व देखिन्छ। ४० सहकारीमा मात्र पौने खर्ब रूपैयाँ देखिएकाले मुलुकभरका समस्यामा परेका सहकारीमा करिब पौने तीन खर्ब रूपैयाँ निक्षेप जोखिममा परेको आधार देखिन्छ।

अध्यादेशमार्फत नीतिगत व्यवस्था गरेर सहकारीबाट रकम फिर्ता हुने आशा गरेकोमा समस्या सम्बोधन गर्न नसकेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) अध्यक्ष कुशलभ केसीले बताए।

‘सरकारले अध्यादेशमा कानुनी आधार तयार गरेर पूर्वसम्झौताअनुसार रकम फिर्ता हुने अपेक्षा गरेका थियौं,’ केसीले भने, ‘रकम फिर्ता हुने सुनिश्चित आधार देखिएन।’

जीवनभरको कमाइ सहकारीमा जम्मा गरेका पीडितहरू घर न घाटका भएको उनले बताए। उनले भने, ‘अध्यादेशले आगामी दिनमा नियमनलाई बलियो बनाउने प्रयास गरे पनि अहिले समस्यामा परेकाको उपचार गर्ने अवस्था देखिएन।’

अध्यादेशमा समस्याग्रस्त घोषणा भएको सहकारी संस्थाको सदस्यले जम्मा गरेको पाँच लाख रूपैयाँ सम्मको बचत पहिलो प्राथमिकतामा राखी भुक्तानी गर्नुपर्नेछ। तर अन्य समस्यामा परेका सहकारीका निक्षेपकर्ताको विषयमा केही बोलेको छैन। 

सदस्यले जम्मा गरेको पाँच लाख रूपैयाँभन्दा बढी बचतको हकमा सम्बन्धित संस्थाले एकै पटक भुक्तानी गर्ने अवस्था नभए मापदण्ड बनाई सदस्यको बचत रकम आनुपातिक रूपमा भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने अध्यादेशमा उल्लेख छ। यसले तत्काल रकम फिर्ता हुने आधार नदेखिएको सरोकारवालाको बुझाइ छ।

अध्यादेशले सहकारीमा सञ्चालहरू सधैं समितिमा बसेर हालिमुहाली गर्दै आएकोमा कडाइ गर्ने व्यवस्था गरेको छ। कुनै पनि व्यक्ति बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालक पदमा दुई कार्यकालभन्दा बढी अवधिका लागि निर्वाचित हुन र बहाल रहन नपाउने व्यवस्था गरेको छ।

यसले वित्तीय सुशासनमा केही टेवा पुग्नेछ। अहिले सहकारी संस्थाहरूमा नियमन नभएका कारण बेथिति बढिरहेको अवस्थामा सहकारी संस्थाको नियमन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गर्ने अध्यादेशमा उल्लेख छ।

प्राधिकरणलाई स्वायत्त निकाय भएकाले यसले सहकारीमा नियमन गरेर व्यवस्थित गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ। प्राधिकरणले बचत तथा ऋणको कारोबार गर्ने सहकारीको नियमन, अनुगमन तथा सुपरिवेक्षण गर्नेछ।

सहकारीमा जम्मा गरेको निक्षेप फिर्ता हुन सकेको छैन। सहकारीमा धेरै रकम जम्मा गरेर फिर्ता नभएको अवस्थामा अध्यादेशले व्यक्तिगत बचत तथा ऋणको सीमासमेत तोकेको छ।

सहकारीका सदस्यहरूले एक प्रदेशभन्दा बढी कार्यक्षेत्र रहेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थामा ५० लाख रूपैयाँसम्म, एक जिल्लाभन्दा बढी कार्यक्षेत्र रहेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थामा २५ लाख रूपैयाँसम्म, बढीमा एक जिल्लाभित्र कार्यक्षेत्र रहेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थामा १० लाख रूपैयाँसम्म व्यक्तिगत बचत जम्मा गर्न सक्ने व्यवस्था गरेको छ।

त्यसैगरी सदस्यले सहकारीमा १० लाखभन्दा बढी बचत जम्मा गर्नुपरे अनिवार्य रूपमा त्यस्तो रकमको स्रोत खुलाउनुपर्ने व्यवस्था गरेको छ।

यस्तैगरी अध्यादेशमा सहकारीले समयमा ऋण नतिर्ने ऋणीको नाम प्रत्येक तीन महिनामा कर्जा सूचना केन्द्रमा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ। सहकारीले प्रारम्भिक संस्थाको प्राथमिक पुँजी कोषको १५ प्रतिशतभन्दा बढी रकम ऋण प्रवाह गर्न नपाउने व्यवस्था पनि गरेको छ।

बचत तथा ऋणको कारोबार गर्ने सहकारीले निक्षेप तथा कर्जा सुरक्षण कोषको सदस्यता लिनुपर्ने व्यवस्था छ। सहकारीले १० लाखभन्दा बढी ऋण कारोबार गर्दा त्यसको जानकारी कर्जा सूचना केन्द्रमा उपलब्ध गराउनुपर्नेछ।

सहकारी अध्यादेशले सहकारी क्षेत्रलाई धेरै व्यवस्थित गर्न लागेको भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले बताए। ‘अध्यादेशले नीतिगत आधार तयार गरेको छ,’ उनले भने, ‘सहकारीमा देखिएका धेरै समस्या समस्या समाधान हुने अपेक्षा गरिएको छ।’

सरकारले यसअघि पनि समस्याग्रस्त सहकारी समस्या समाधान समिति गठन गरेको थियो। ओरेन्टियल सहकारी समस्याग्रस्त घोषणा गरेर काम अघि बढाएको एक दशकभन्दा बढी भए पनि पीडितले सबै रकम फिर्ता पाउन सकेका छैनन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार सिभिल सहकारीमा एक हजार चार सय ८७ पीडितले पाँच अर्ब ५९ करोड ३३ लाख ११ हजार १३७ रुपैयाँ ठगी भएको भन्दै जाहेरी दिएका थिए। यो उदाहरण मात्रै हो।

समस्यामा परेका अधिकांश सहकारीको अवस्था यस्तै छ। सरकारले पीडित बचतकर्तासँग पटक–पटक सम्झौता गरेर रकम फिर्ता गर्ने आश्वासन दिएको थियो। अध्यादेशमार्फत पीडित निक्षेपकर्ताको रकम फिर्ता हुने गरी कानुनी आधार तयार हुने आशा गरेका पीडितहरू अध्यादेशबाट निराश भएका छन्। 

सहकारीको प्रभावकारी नियमन नहुँदा समस्या सिर्जना भएको हो। सहकारी संस्थाहरू मूल्य–मान्यताविपरीत सञ्चालन भए। आफूखुसी घर, जग्गा, सेयर, हाइड्रोलगायत क्षेत्रमा लगानी गर्दा डुबेपछि निक्षेपकर्ताको रकम फिर्ता गर्न सकेनन्। मुलुकभर अहिले ३१ हजार तीन सय ७३ सहकारी छन्। ती सहकारीमा ७४ लाख बचतकर्ता छन् भने २३ लाख ऋणी छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस