कोशी प्रदेश सभामा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारबारेको मुद्दाको फैसला नआउन्जेलसम्म प्रदेश सभा बैठकमा उपस्थिति नहुने निर्णयअनुसार बैठकमा सहभागी नभएको बताएका छन्।
नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले वश्विासको मत लिने उद्देश्यसहित बोलाएको प्रदेश सभाको सोमबारको बैठकमा अनुपस्थित हुने जानकारी कांग्रेस संसदीय दलले प्रदेश सभा सचिवालयलाई गराएको हो।