अर्कोतिर, भीड जम्मा गर्न सक्ने नेता दुर्गा प्रसाईं थुनामा रहनु, राजसंस्था पुनर्स्थापनाको निश्चित मार्गचित्र दिन नसक्नु पनि आन्दोलन उठ्न नसक्नुको कारणभित्र औँल्याइन्छ।
यसै पटक पूर्व राजा ज्ञानेन्द्र शाहलाई नारायणीहिटीको राजगद्दीमा बसाउने भन्दै आन्दोलन थालेका राजावादीहरू सुस्ताएका छन्। पछिल्ला केही दिनयता उनीहरूका गतिविधि पनि कम हुँदै गएका छन्।
'नेपालको राजसंस्था फर्किएर संवैधानिक बनाउँछु भनेर नारायणहिटीमा राख्यौँ भने एक महिना नपुग्दै अहिले आन्दोलन गरिरहेको आधा मान्छेलाई लगेर थुनेन भने त्यो बेलामा सोच्नुपर्ला,’ थापाले भने।
जेठ १५ गतेको गणतन्त्र स्थापनाको वर्षगाँठकै अवसर पारेर यस पटक राजावादीले गणतन्त्र फाल्ने आन्दोलन थालनी गरेका छन्। तीन दिन देखि निरन्तर रहेको आन्दोलन राजसंस्था नफर्काउँदासम्म जारी राख्ने राजावादीको दाबी...
राजावादीको पक्षमा जनमत समेत नरहेको अध्यक्ष दाहालले बताए। ‘राजावादीको पक्षमा एउटा पनि नजित्ने यत्रो उपनिर्वाचन नजित्ने राप्रपा संविधान नै खारेज गर्ने तुक कुनै अर्थ छैन,’ उनले भने।
संविधान विरोधी गतिविधिमा प्रतिबन्ध लगाउन सक्ने छुट संविधानले नै दिएको पनि मन्त्री गुरुङले दाबी गरे। उनले भने, ‘आजको दिनसम्म पनि प्रतिबन्ध लगाएका छैनौँ । त्यो गर्ने छुट संविधानमै पनि छ।’