‘पञ्चायतका प्रेतआत्माहरु सलबलाउन थालेका छन्। ती लोकतन्त्रको खिलाफमा छन्,’ नेता महरले भने,‘उनीहरूलाई परास्त गर्नका लागि राजनीतिक दलका नेता कार्यकर्ताका चरित्र सुधार हुन जरुरी छ। अनि मात्र उनीहरू परास्त...
नेता महरले भने, ‘अब महाधिवेशनको १० महिना मात्र बाँकी छ। तर, जिम्मेवार पूर्ण भूमिकामा बसेका पदाधिकारीको क्रियाकलाप र काम कारबाही गम्भीर नदेखिएको आम नेता कार्यकर्ताको बुझाइ छ।’
सरकारको नेतृत्वकर्ताबाट नै सहमति विपरीत अभिव्यक्ति आउनुले पनि थुप्रै संशय पैदा गरेको महरले बताए। ‘प्रधानमन्त्री अभिव्यक्तिले आसाभन्दा निराशामा परिणत गरेको छ। यो गम्भीर विषय बन्न पुगेको छ,’ महरले भने ।
‘सरकार कांग्रेसको तेजोवध हुने गरी अगाडि बढिरहेको आभाससमेत हुन थालेको छ,’ उनले भने । सरकार कांग्रेसको गरिमा घटाउने गरी अगाडि बढिरहेमा ‘समीक्षा हुनसक्ने’ महरले बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालको समग्र शिक्षा र त्यसमा पनि विश्व विद्यालय शिक्षा सुधारका लागि प्रधानमन्त्री जिम्मेवार हुनुपर्ने बताएका छन्।