७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

दाहाल सरकार महाकाण्ड उन्मुखः महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिँह महरले वर्तमान सरकार ‘महाकाण्डउन्मुख’ रहेको टिप्पणी गरेका छन्।

विगतमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संसद् विघटनदेखि विभिन्न काण्डैकाण्ड गरेको टिप्पणी गर्दै वर्तमान सरकार त्यहीँ मार्गमा रहेको नेता महरले बताएका हुन्।

‘यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सबै सरकारी निकायमा आफ्नो पहुँच र हस्तक्षेप बढाएर काण्डैकाण्ड गरेको थियो,’ बुधबार बुटवलमा आयोजित नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै महरले भने, ‘अहिलेको सरकार त्यो भन्दा एक कदम अघि बढेर महाकाण्डउन्मुख छ।’

वर्तमान गठबन्धनको सरकारले सहकारी ठगहरूलगायत विभिन्न गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई संरक्षण गर्न थालेको महरको आरोप छ। उनले भने,‘सरकारमा संलग्न पार्टीका सदस्यले मात्रै न्याय पाउने र बाँकी जनता नागरिक होइनन् भन्ने मानसिकताबाट सरकार ग्रसित भएको देखिन्छ।’

वर्तमान गठबन्धन सरकारी अड्डा अदालतमाथि अवैधानिक हस्तक्षेप गरिरहेको पनि आरोप लगाए। ‘त्यसैले कांग्रेसले जनताको साथ लिँदै असंवैधानिक कदमबाट मुलुकलाई जोगाउनुपर्छ,’ उनले भने। 

प्रकाशित: २६ वैशाख २०८१ १७:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App