प्रदेश सरकारले नमूना विद्यालय कार्यक्रमको नाम परिवर्तन गरेर ‘मुख्यमन्त्री डिजिटल शिक्षा तथा नमूना विद्यालय’ कार्यक्रमका नामबाट कार्यक्रम कार्यान्वयन गर्न लागेको हो ।
कर्णाली प्रदेश सरकारले विगत ६ वर्षमा दुई अर्ब ८६ करोड १० लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ। प्रदेश सरकार स्थापनाको पाँच वर्ष र चालु आर्थिक वर्षको जेठ मसान्तसम्म गरी सो आम्दानी गरेको पाइएको छ।