ती नोटहरूमा अब मुजिबुरको सट्टा प्राकृतिक दृश्य, परम्परागत स्थलचिन्ह, हिन्दू र बौद्ध मन्दिर, ऐतिहासिक महल, जैनुल आबेदिनको बंगाल भोकमरी चित्रण गर्ने कलाजस्ता तस्बिरहरू समावेश गरिएका छन्।
गत वर्ष जनविद्रोहपछि सत्ता सम्हालेका ८४ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता युनुसले दलहरूले समर्थन नगरे राजीनामा दिने धम्की दिएको उनका राजनीतिक सहयोगी र कार्यालय स्रोतहरूले बताए।
गत संस्करण नेपालले भारत र बाङ्लादेशले भुटानलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए। त्यो फाइनल पनि दशरथ रंगशालामा नै भएको थियो। नेपाललाई सोही मैदानमा हारको बदला लिने अवसर मिलेको छ।
किनभने बुधबार पाँचपल्टको विजेता भारतसँग नतिजाले नै बाङ्लादेश अगाडि बढ्छ या बढ्दैन भन्ने तय गर्नेछ। त्यसैले भारतविरुद्ध बाङ्लादेशका लागि ‘गर या मर’ को भिडन्त भएको छ।