एमाले सांसद छविलाल विश्वकर्मा संयोजक रहेको शिक्षा उपसमितिले शिक्षकको आवधिक बढुवा हुन तृतीय श्रेणीको १० वर्ष र दोस्रो तहको १२ वर्षमा हुने प्रावधान प्रस्ताव गरेको छ।
शिक्षा मन्त्रालयका सूचना अधिकारी नीलकण्ठ ढकालका अनुसार पूर्वशिक्षामन्त्री विद्या भट्टराईले तयार पारेको सात बुँदे सहमतिमा मन्त्रालय र शिक्षकबिच सोमबार रातिको वार्ता सहमतिनजिक पुगेको थियो।
करिब एक महिनादेखि विद्यालय बन्द गरेर आन्दोलन गरिरहेका शिक्षकलाई सत्ताभित्र र सत्ताबाहिरका राजनीतक दलहरूले खुलेर समर्थन गर्दा विगतमा गरिएका सहमतिबारे भने उनीहरू मौन देखिएका छन्