यु–१९ महिला राष्ट्रिय क्रिकेटः मधेस र सुदूरको प्रभाव जारी, कर्णालीलाई निराशाको भारी
२८ जेष्ठ २०८३
•
३ मिनेट पाठ
यु–१९ महिला राष्ट्रिय क्रिकेटः मधेस र सुदूरको प्रभाव जारी, कर्णालीलाई निराशाको भारी
वीरेन्द्रनगरमा जारी १९ वर्षमुनीको महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पाँचौ दिनको खेल सकिदासम्म मधेस र सुदूरपश्चिमले उपाधि भीडन्तको सम्भावनालाई बलियो बनाएका छन् । बिहीबार भएका खेलमा सुदूरपश्चिमले घरेलु टोली कर्णालीलाई ८८ रन र मधेसले गण्डकीमाथि तीन रनको नतिजा निकालेर अंक तालिकाको शीर्ष स्थानमा आलोपालो गर्दै उपाधि भीडन्त बलियो बनाएका हुन् ।




कालुङचोक मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ओभरमा पाँच विकेटको क्षतिमा १५५ रन बनायो । सुदूरपश्चिमका लागि जयन्ती भण्डारीले ३५ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ३९ रनमा अविजित रहिन् । यस्तै मनिषा चौधरीले आक्रामक ब्याटिङ गर्दै १९ बलमा चार चौकाको मद्दतले अविजित ३१ रन जोडिन् । ओपनरद्वय करुणा विष्ट र कप्तान साबित्री धामीले क्रमशः २५ र २४ रनको योगदान दिए ।  

कर्णालीका तर्फबाट कप्तान त्रिसना विश्वकर्माले किफायती बलिङ गर्दै १ विकेट लिइन् भने अन्य दुई ब्याटरलाई रनआउट समेत गराइन् । अतिरिक्त रन दिने कर्णालीको पुरानै समस्या फेरि बल्झियो । पाहुना टोलीले २७ रन उपहार पाउँदै कर्णालीसामु १५६ रनको बलियो लक्ष्य प्रस्तुत ग¥यो ।

१५६ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली प्रदेशको ब्याटिङ लाइनअप सुदूरपश्चिमका बलरहरूका सामु लामो अवधि टिक्न सकेन । कर्णालीका लागि कप्तान तिर्सना विश्वकर्माले २७ बलमा १८ रन र शिखा दुवाडीले १२ रन जोड्नु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् । ओपनर सरिता विष्ट शून्य रनसंगै अरु ४ जना ब्याटरहरू डक आउट हुन पुगे ।

सुदूरपश्चिमकी बलर सोनम जोशीले घातक बलिङ गर्दै कर्णालीको इनिङ्स ध्वस्त पारिन् । उनले कर्णालीका मुख्य ब्याटरहरू तिर्सना, शिखा दुवाडी र उमा चौधरीलाई पेभेलियन फर्काइन । यस्तै स्नेहा महराले दुई विकेट, मनिषा चौधरी र साबित्री धामीले १–१ विकेट लिए ।

कालुङचोक मैदानमै भएको अर्को खेलमा मधेस प्रदेशले गण्डकीमाथि रोमाञ्चक जित दर्ता ग¥यो । वर्षाका कारण १८ ओभरमा झारिएको खेलमा टस हारेपनि पहिला ब्याटिङ गरेको मधेसले ९० स्कोर बनायो । मधेसका लागि तल्लो क्रममा ब्याटिङ गर्न आएकी साक्षीकुमारी यादवले आक्रामक इनिङ्स खेल्दै २३ बलमा ४ चौकाको मद्दतमा अविजित २५ रन जोडिन् ।  

यस्तै आरती महतोले २९ बलमा २५ रन बनाउँदै नटआउट रहिन् । ओपनर सना प्रविनले १४ रनको योगदान दिइन् भने कप्तान अलिसा यादव मात्र दुई रनमा आउट भइन् । गण्डकीका तर्फबाट आकृति तिवारी, जेनिसा श्रेष्ठ, रचना चौधरी र निरु जिटीले १–१ विकेट लिए ।

वर्षातका कारण गण्डकीलाई ११ ओभरमा ६० रनको परिमार्जित लक्ष्य दिइएको थियो । गण्डकी ५६ रनमै अलआउट हुँदा मधेसले आफ्नो नाममा थप दुई अंक जोड्न सफल भयो । गण्डकीका लागि ज्योत्स्निका मरासिनीले २७ बलमा ३ चौका प्रहार गर्दै सर्वाधिक २६ रन बनाइन् भने सलिना सेनले १५ रन जोडिन् । ओपनर दिपिका सापकोटा शून्य रनमै बिना मल्लको बलमा एलबीडब्लू भइन् ।

गण्डकीको इनिङ्समा मधेसका क्षेत्र रक्षकहरूले उत्कृष्ट फिल्डिङको नमूना देखाए । गण्डकीका तीन जना मुख्य ब्याटरहरू सलिना सेन, रचना चौधरी र कप्तान कुसुम गोदार रनआउटको सिकार भए । विकेटकिपर तथा कप्तान अलिसा यादवले तीनवटै रनआउटमा महत्वपूर्ण भूमिका खेलिन् । मधेसका लागि मीना मल्ल र भूमि सिंहले १–१ विकेट लिए ।

ब्याटिङमा महत्वपूर्ण २५ रनको अविजित इनिङ्स खेल्नुका साथै फिल्डिङमा समेत उत्कृष्ट योगदान दिएकी मधेश प्रदेसकी साक्षीकुमारी यादव ‘प्लेयर अफ दि म्याच’ भइन् ।  

वीरेन्द्रनगर रंगशालामा भएको तेस्रो खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशमाथि रोमाञ्चक जित दर्ता गरेको छ । टस जितेको बागमतीले पहिले बलिङ गर्दा लुम्बिनीले पूरै ओभर सक्दा ६ विकेट गुमाएर ११९ रन बनायो । ‘प्लेयर अफ द म्याच’ घोषित लुम्बिनीकी एञ्जी पाठकले ४२ रनको योगदान दिंदा सुप्रिया बुढामगरले २६ र कस्तुर गौचनले १० रन जोडेपनि अरुले दोहोरो रन बटुल्न सकेनन् ।

बागमतीकी ऐली यादवले २ विकेट झार्दा कृश्मा गुरुङ र सम्भाव्या ढकालको नाममा एक–एक विकेट रह्यो । १२० रनको लक्ष्य पछ्याएको बागमतीका प्रथा श्रेष्ठले १५, अनुषा रोकायले १६ तथा सेविकाकुमारी यावदले १० रन मात्र जोड्न सकिन् ।

पाँचौ दिनको खेल सकिंदासम्म पाँच खेलमा १ बाहेक ४ खेल जितेको सुदूरपश्चिम ८ अंकका साथ शीर्षस्थानमा रहँदा ४ खेलमा उत्तिकै अंक जोडेको मधेश नेट रन रेटका कारण दोश्रोमा छ । पुछारमा रहेका कोशीले अहिलेसम्म १ खेल जितेर २ अंक जोड्दा घरेलु टोली कर्णाली भने जीत र अंकविहीन अवस्थामा छ ।
अर्को समाचार
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
२१ मिनेट अघि
•
१ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
नेपालगन्ज। धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्। नेपालगन्जमा शनिबार भएको म्याराथनको १२ औं संस्कर २ घण्टा २० मिनेट २५ सेकेण्डमा ४२ किलो मिटर दुरी पार गर्दै उनले उपाधि हात पारेका हुन्।




उपाधि जितेसँगै केन्याली धावक मुरियुकीले दुई लाख रुपैयाँ प्राप्त गरे। म्याराथनमा २ घण्टा २२ मिनेट ५८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गरेका कुलबहादुर बस्नेत दोस्रो स्थानमा आएका छन्। उनले एक लाख रुपैयाँ प्राप्त गरे। यसैगरी २ घण्टा २४ मिनेट २९ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएका कृष्णबहादुर परियारले ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।

हाफ म्याराथनको महिलातर्फ राज्यलक्ष्मी रावतले उपाधि जितिन्। उनले नगद ५५ हजार प्राप्त गरिन्। उनले २१ किलोमिटर दुरिलाई १ घण्टा २७ मिनेट ३६ सेकेण्टमा पार गरेकी थिइन्। हाफ म्याराथनमै दोस्रो भएकी सम्झना लिम्बु र तेस्रो स्थानमा आएकी सरस्वती भट्टराईले क्रमशः नगद ३० र १५ हजार प्राप्त गरेका छन्।

निर्धारित दुरिलाई दुबै जनाले क्रमशः १ घण्टा २८ मिनेट ३० सेकेन्ट र १ घण्टा ३० मिनेट ३७ सेकेन्टमा पार गरेका थिए। विजेतालाई नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरी, मिस नेपाल दिपमाला ढकाल, के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदिप छाजेड लगायतले पुरस्कृत गरे।

धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि जितेका केन्याली धावक जुलियस मुरियुकी। तस्बिरः नागरिक 
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५० मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस