एनपिएल: पोखराको सम्भावना जीवन्त, बाहिरियो कर्णाली
१७ मंसिर २०८२
•
६ मिनेट पाठ
एनपिएल: पोखराको सम्भावना जीवन्त, बाहिरियो कर्णाली
रनको वर्षा भएको दिन एडम रोसिङ्टनको शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा दोस्रो जित निकाल्दै प्लेअफ सम्भावना जीवन्त राखेको छ।




कीर्तिपुरमा मंगलबार पोखराले कर्णाली याक्स र जनकपुर बोल्ट्सले चितवन राइनोजमाथि जित निकाल्दा दुवै खेलमा रनको वर्षा भए। चारै इनिङमा गरेर कुल सात सय २४ रन बन्यो। साथै एनपिएलको सर्वाधिक दोस्रो ठूलो योगफल पनि बन्यो। हारपछि कर्णालीको प्लेअफ होड समाप्त हुँदा पोखराले जीवन्त राख्यो।

यसै खेलमा एनपिएलकै सर्वाधिक दोस्रो ठूलो योगफल (२०१) र शतक पनि बने। यसअघि पोखरासँग नै विराटनगर किङ्सले २२० रनको योगफल बनाएको थियो। यस सिजनको पहिलो शतक कर्णालीका मार्क वाटले बनाएका हुन्। ब्याटिङ पिचमा मंगलबार दोस्रो शतक पोखराका ओपनर एडम रोसिङ्टनले बनाए। उनकै शतक प्रेरणामा पोखराले विशाल लक्ष्य दियो।

कर्णालीले पनि आक्रामक सुरुआत गरे पनि लक्ष्य भेट्टाउन सकेन।  कर्णालीले छैटौं खेलमा पाँचौं हार बेहोर्‍यो र एक खेलअगावै प्लेअफ होडबाट बाहिरियो। यस सिजन प्लेअफ होडबाट बाहिरिने कर्णाली पहिलो टोली बन्यो। गत सिजन प्लेअफमा पुगेको कर्णालीले खराब बलिङ र फिल्डिङलाई पाँचौं खेलसम्म पनि निरन्तरता दियो। हारपछि कर्णालीका मुख्य प्रशिक्षक राजु बस्न्यातले घरेलु खेलाडीले राम्रो प्रदर्शन नगर्दा एनपिएलमा सुखद नतिजा नआएको बताए। ‘यस सिजन घरेलु खेलाडीले आशातीत प्रदर्शन गर्न सकेनन्। गुलसन झाको एउटा खेलबाहेक अन्य खेलमा नेपाली खेलाडी चलेनन्,’ प्रशिक्षक बस्न्यातले भने, ‘पहिलो खेलमै मुमेन्टम बिग्रिएको थियो। हामीसँग धेरै राष्ट्रिय टोलीका बलर छन् तर, पनि राम्रो बलिङ भएन। साथै प्रतियोगिताभर नै खराब फिल्डिङ भयो।’

आफ्नो पाँचौं खेलमा पोखराले तीन विदेशी खेलाडी भित्र्यायो। श्रीलंकाका धनञ्जय लक्षम, इङ्ल्यान्डका जेसन रोय र इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेका ऋषि धवनले पोखराबाट एनपिएलमा डेब्यु गरे। डेब्युमा नै तीनै खेलाडीले उत्कृष्ट प्रदर्शन गरे र पोखराको दोस्रो जितमा महत्त्वपूर्ण भूमिका निभाए। न्युजिल्यान्डका जिमी निसाम लिगको दुई खेल बाँकी छँदा नै बाहिरिएपछि पोखराले थप विदेशी खेलाडी भित्र्याएको हो।

नयाँ खेलाडीले पहिलो खेलमै छाप छाडे र पोखराले कर्णालीमाथि ३४ रनको जित निकाल्यो। इङ्लिस ब्याट्सम्यान रोसिङ्टनको शतक पोखराको जितको आधार रह्यो। ओपनर रोसिङ्टन १०८ रनमा नटआउट रहे। पाँचौं खेलबाट दोस्रो जितसँगै पोखरा पाँचौं स्थानमा उक्लियो। त्रिवि क्रिकेट मैदानमा पोखराले दुई सय २ रनको चुनौतीपूर्ण लक्ष्य दियो।

त्यो लक्ष्य पछ्याएको कर्णाली १९औं ओभरमा मात्र १६७ रनमै अलआउट भयो। दुवै तर्फबाट सुरुआती १२ ओभरभित्र उत्कृष्ट ब्याटिङ भयो। दुवै टोलीले सय रन पनि पूरा गरे। कर्णालीका ओपनर मार्क वाटले ५९ रनको अर्धशतकीय इनिङ खेले। यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। वाट क्रिजमा रहँदासम्म कर्णालीले पनि आक्रामक ब्याटिङ गर्‍यो। अन्य ब्याटर चल्न नसक्दा कर्णालीले विशाल लक्ष्य भेट्टाउन सकेन। किरण ठगुन्नाले वाटलाई तृतराज दासद्वारा क्याच गराए। ९.५ ओभरमा कर्णाली ९५/३ विकेटको अवस्थामा पुग्यो। त्यसअघि पावरप्लेमा एक विकेट मात्र गुमाउँदा कर्णालीले ६९ रन जोडेको थियो। ओपनर प्रियान्क पन्चाल १६ रनमा आउट भए। चौथो ओभरमै विकेट गुमाए पनि कर्णालीले आक्रामक ब्याटिङ जारी राख्यो।

कर्णालीले ११औं ओभरमै एक सय रनको आकडा छोयो। अन्तिम ९ ओभरमा ६७ रन जोड्दा कर्णालीले सात विकेट नै गुमायो। मध्यक्रमका ब्याटर नजिबउल्लाह जादरानले २४, पवन सर्राफले १९, कप्तान सोमपाल कामीले १३ र दीपेन्द्र रावतले १० रन जोडे। आशा गरिएका ब्याटर गुलसन झा पनि असफल रहे।

पोखराको बलिङमा श्रीलंकन धनञ्जय र धवनले समान तीन विकेट लिँदा किरण, सन्दीप क्षेत्री र कुशल भुर्तेलको नाममा समान एक विकेट रह्यो। त्यसअघि टस जितेको कर्णालीले पोखरालाई ब्याटिङ गर्ने निर्णय दियो तर, त्यो निर्णय सही भएन। पोखराले पूरै ओभर खेल्दै मात्र दुई विकेटको क्षतिमा २०१ रनको विशाल योगफल बनायो। कप्तान तथा ओपनर कुशल १८ रनमा आउट भए।

उनले १७ बलमा तीन चौका र एक छक्का हिर्काए तर, पोखराले पावरप्लेमा ४४ रन जोड्दै राम्रो सुरुआत पायो । दोस्रो विकेटका लागि ओपनर रोसिङ्टन र रोयले एक सय २७ रनको शतकीय साझेदारी गरेपछि टोलीलाई विशाल योगफलतर्फ अग्रसर गराए । ११.२ ओभरमै पोखराले सय रनको आँकडा पार गर्‍यो। रोय १७औं ओभरमा आउट भए।

नन्दन यादवले रोयलाई ४६ रनमा पन्चालबाट क्याच गराए। ३४ बल खेलेका रोयले दुई चौका र तीन छक्का प्रहार गरे। त्यसपछि आएका धनञ्जयले पनि आक्रामक ब्याटिङ गरे। धनञ्जयले ११ बलमा ३३ रन जोडे। उनको इनिङमा तीन चौका र एक छक्का रह्यो। उनी र रोसिङ्टनबीच तेस्रो विकेटका लागि ४० रनको अविजित साझेदारी बन्यो।

रोसिङ्टनले ५८ बलमा ११ चौका र सात छक्का प्रहार गरे। उनले ५५ बलमा शतक पूरा गरेका थिए । कर्णालीको बलिङमा नन्दन र मार्कले समान एक विकेट लिँदा अन्य पाँच बलर विकेटविहीन भए। प्रशिक्षक बस्न्यातले मंगलबारको खेलमा ब्याटिङमैत्री पिच रहेको उल्लेख गरे। आफ्ना ब्याटर सेट हुँदा पनि छिटै आउट भएको उनको भनाइ थियो। साथै पोखराको साझेदारी रोक्न नसक्नु पनि हारको कारण रहेको उनले औंल्याए। सोमपाल कामीले पनि राम्रो कप्तानी गर्न नसकेको उनले संकेत गरेका थिए। पोखराका लागि शतक पूरा गरेका एडम रोसिङ्टनले आजको खेलमा टिमका लागि राम्रो गर्न पाउँदा खुसी रहेको र आगामी खेलमा पनि यही प्रदर्शन गर्ने अपेक्षा गरे। उनले बाँकी खेल जित्दै शीर्ष चारको होडमा पुग्ने आशा पनि व्यक्त गरे।

त्यसअघि दिनको पहिलो खेलमा जनकपुरले पनि जितसँगै गणीतिय रूपमा प्लेअफ होड जीवन्त राख्यो। डिफेन्डिङ च्याम्पियन जनकपुर पाँचौं खेलबाट पहिलो जित निकाल्न सफल भएको हो। माज सदाकतको अलराउन्ड प्रदर्शनमा जनकपुरले सिजनमा पहिलो जित निकाल्यो। आफ्नो पाँचौं खेलमा जनकपुरले चितवन राइनोजमाथि ६ विकेटको जित निकाल्दा पाकिस्तानी अलराउन्डर सदाकत बलिङ र ब्याटिङ दुवैमा चम्किए।

पाँचौं खेलमा चौथो हारपछि चितवनले प्लेफमा बलियो दाबेदारी दिने अवसर गुमेको छ। त्रिवि क्रिकेट मैदानमा चितवनले एक सय ७७ रनको राम्रो लक्ष्य दियो। त्यो लक्ष्य जनकपुरले १७.३ ओभरमा मात्र चार विकेट गुमाउँदै भेट्टायो। ओपनर सदाकत र अनिल साहको अर्धशतकीय इनिङसँगै जनकपुरले सहजै जित निकाल्यो।

सदाकतले ६३ र अनिलले ६१ रनको इनिङ खेले। सदाकतले ३० बलमा ६ चौका र चार छक्का प्रहार गरे। ३६ बल खेलेका अनिलको इनिङमा चार चौका र तीन छक्का रह्यो। जनकपुरले सुरुदेखि आक्रामक ब्याटिङ गर्दै चितवनका बलरमाथि दबाब बनायो। पाँचौं ओभरमा ओपनर आसिफ शेख १८ रनमा आउट भए तर पावर प्लेमा ५९ रन जोड्दै जनकपुरले आक्रामक सुरुआत गर्‍यो।

दोस्रो विकेटका लागि सदाकत र अनिलले ७९ रनको महत्त्वपूर्ण साझेदारी गरे। सदाकत १३औं र अनिल १६औं ओभरमा आउट भए। अनिलको विकेटसँगै जनकपुर १५.३ ओभरमा १५६/४ को स्थितिमा थियो। लफ्टी इटन ११ रनमा रनआउट भए तर, आदित्य महताले ७ बलमा दुई चौका र एक छक्कासहित १८ रन जोडे।

राम्रो ब्याटिङ गरे पनि बलिङ चल्न नसक्दा चितवनले हार बेहोर्‍यो। आठ बलर प्रयोग गरे पनि चितवनले तीन विकेट मात्र निकाल्यो। सबै बलर महँगा रहे। चितवनले पूरै ओभरमा पाँच विकेट गुमाउँदै एक सय ७७ रनको योगफल बनायो। ओपनरद्वय अर्जुनले ५२ रन र मालनले ८० रनको इनिङ खेल्दै  टोलीलाई राम्रो योगफलतर्फ डोर्‍याए। पहिलो विकेटका लागि यी दुईले एक सय १२ रनको शतकीय साझेदारी गरे। १३.४ ओभरमा लफ्टीले अर्जुनलाई कृष्णमूर्तिद्वारा क्याच गराउँदै ब्रेक थ्रु दिलाए। अर्जुनले ३९ बलमा चार चौका र तीन छक्का प्रहार गरे। एक छेउबाट मालनले इनिङ अगाडि बढाए तर सइब जैब ७ रन र रवि बोपारा ३ रनमै पभेलियन फर्किए। १९औं ओभरमा मालन आउट भए।

उनले ५४ बलमा चार चौका र पाँच छक्का हिर्काए। कप्तान कुशल मल्लले १४ बलमा नटआउट ३० रन जोडे। उनको इनिङमा समान दुई चौका र छक्का रह्यो। पहिलो ओभरमा मेडन भए पनि चितवनले पावर प्लेमा ३८ रन जोड्यो। चितवनले १३.२ ओभरमा सय रन पूरा गर्‍यो तर अन्तिम ४६ बलमा चितवनले ७६ रन जोड्दै राम्रो योगफल बनायो। जनकपुरको बलिङमा माज सदाकत, अनिल साह, रूपेश सिंह र लफ्टीले समान एक विकेट लिए। सात बलर प्रयोग गरेको जनकपुरका लागि सदाकतले मात्र किफायती बलिङ गरे। चार ओभरमा उनले एक मेडनसहित २३ रन मात्र दिए।
अर्को समाचार
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
२ घण्टा अघि
•
१ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
क्राइष्टचर्चमा दोस्रो दिनको खेलको समाप्तिमा भारतले ६ विकेट गुमाएर ११६ रन बनाएको छ। यो अवस्थामा भारत २४० रनले पछि छ। 
लोकेश राहुल २५ रनमा आउट हुँदा रिसब पन्त २३ र देभदत्त पाडिकलले २१ रन बनाए। अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। 
कायल जेमिसन र जाकोब डफीले समान २ तथा माट हेन्री र नाथन स्मिथले समान एक विकेट लिए। 
यसअघि ५ विकेटको क्षतिमा २४६ रनबाट आज दोस्रो दिनको खेल थालेको घरेलु टोली न्युजिल्यान्ड ३५६ रनमा अलआउट भयो। किबिज टोलीका लागि टम ब्लुन्डेलले ८९ र कप्तान टम लाथमले ५९ रन बनाए। 
भारतका लागि आकाश दीपले ५ विकेट लिए। अन्सुल काम्बोज र गुरनुर ब्रारले समान २ तथा वासिङटन सुन्दरले एक विकेट झारे। 
२ खेलको सिरिजको पहिलो खेल भने बराबरीमा सकिएको थियो। 


उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस