एनपिएल: फेरि विराटनगर र सुदूरपश्चिमबीच नै भिडन्त
२१ मंसिर २०८२
•
५ मिनेट पाठ
एनपिएल: फेरि विराटनगर र सुदूरपश्चिमबीच नै भिडन्त
सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा पूर्णविराम लगाउँदै विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा सोही टोलीसँग पहिलो क्वालिफायरमा भेट तय गरेको छ।




लिगको आफ्नो अन्तिम खेलमा आक्रामक ब्याटिङसँगै विराटनगरले कीर्तिपुरमा शनिबार सुदूरपश्चिममाथि ६ विकेटको सनसनीपूर्ण जित निकाल्यो। फराकिलो जितसँगै विराटनगर नेट रनरेटका आधारमा दोस्रो स्थानमा उक्लियो। यो नतिजाअघि काठमान्डु गोर्खाज तेस्रो स्थानमा झर्‍यो।

अब पहिलो क्वालिफायरमा विराटनगर र सुदूरपश्चिमबीच मंगलबार प्रतिस्पर्धा हुनेछ। लगातार दोस्रो सिजन काठमान्डुका लागि नेट रनरेट विशेष बन्यो। गत सिजन पनि कर्णाली याक्ससँग नेट रनरेटमा पछि हुँदा काठमान्डु प्लेअफमा पुग्न असफल भएको थियो। यसपल्ट पनि पहिलो क्वालिफायर यात्रामा काठमान्डुका लागि नेट रनरेट बाधक बन्यो। यो खेलअघि नै सुदूरपश्चिमले शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने पक्का भइसकेको थियो।

त्यसैले लिगको अन्तिम खेल सुदूरपश्चिमभन्दा काठमान्डुको लागि विशेष महत्त्व राख्दथ्यो। सुदूरपश्चिमको जित या विराटनगरको सामान्य जितले काठमान्डु दोस्रो स्थानमा नै रहन्थ्यो तर नतिजा अप्रत्याशित र सनसनीपूर्ण निस्कियो। अपराजित सुदूरपश्चिममाथि विराटनगरले उत्कृष्ट जित दर्ता गर्‍यो। त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले एक सय ४८ रनको लक्ष्य दियो तर विराटनगर लिगको दोस्रो स्थानमा रहन १३.५ ओभरमा जित आवश्यक बन्यो। तब मात्र नेट रनरेट सुधार हुँदा विराटनगर दोस्रो स्थानमा पुग्थ्यो। विराटनगरका ओपनर फाप डुप्लेसिस र साम हेजलेटले पनि सुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै त्यो लक्ष्य पूरा गर्ने संकेत गरे।

फाप र हेजलेट चम्किएपछि विराटनगरले ११.५ ओभरमै जित निकाल्यो र नेट रनरेटमा दोस्रो स्थानमा उक्लियो। फापले १९ बलमा र २६ बलमा अर्धशतक पूरा गरे। फाप र सामले ७.१ ओभरमा ९७ रनको साझेदारी गर्दै यादगार सुरुआत दिलाए।

साम २७ बलमा ५१ रन जोडेर आउट भए । उनले तीन चौका र चार छक्का प्रहार गरे। २० बल खेलेका फाप पनि ५० रनमा आउट भए। उनले पाँच चौका र चार छक्का हिर्काए । दुई आउट भएपछि मार्टिन गप्टिलले आक्रामक ब्याटिङ जारी राखे। ९ बल खेलेका उनी २२ रनमा रनआउट हुन पुगे । तीन बलमा तीन छक्कासहित प्रतिश जिसी १३ रनमा अविजित रहे।

सुदूरपश्चिमको बलिङमा अविनाश बोहोराले दुई र हरमित सिंहले एक विकेट लिए। सुदूरपश्चिमले ६ बलर प्रयोग गरे र सबै महँगा भए। समान सात खेलबाट समान जितसँगै विराटनगर र काठमान्डुले १० अंक जोडे तर नेट रनरेटका आधारमा विराटनगर दोस्रो स्थानमा उक्लियो। अब विराटनगरले पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग नै खेल्नेछ।

इलिमिनेटरमा काठमान्डु र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्नेछ। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेटको क्षतिमा एक सय ४७ रनको योगफल बनाएको थियो। मध्य क्रमका ब्याटर आरिफ शेख ४५ रनमा नटआउट रहे। यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। ३२ बलमा उनले एक चौका र दुई छक्का हिर्काए।

पावरप्लेमा एक विकेट मात्र गुमाए पनि सुदूरपश्चिमले ३६ रन मात्र जोड्यो। ओपनर विनोद भण्डारी १५ रनमा आउट भए। १३ बल खेलेका उनले तीन चौका हिर्काए। यो विकेटपछि सुदूरपश्चिमले सुस्त ब्याटिङ गर्‍यो। अर्का ओपनर जोस ब्राउन पनि २५ बलमा २४ रन जोडेर आउट भए। उनको इनिङमा एक चौका र दुई छक्का थियो तर तेस्रो विकेटका लागि आरिफ र ईशान पाण्डेबीच ७२ रनको महत्त्वपूर्ण साझेदारी बन्यो।

१७औं ओभरमा सन्दीप लामिछानेले ईशानलाई ३८ रनमा आउट गर्दै साझेदारी तोडे। इसानले ३५ बलमा समान दुई चौका र छक्का प्रहार गरे। अर्को बलमा सन्दीपले हरमित सिंहलाई पभेलियनको बाटो देखाए। त्यसपछि कप्तान दीपेन्द्रले १९ रन जोड्दै आरिफलाई साथ दिए । दीपेन्द्रले ११ बलमा दुई छक्का प्रहार गरे। विराटनगरको बलिङमा कप्तान सन्दीपले चार ओभरमा तीन विकेट लिँदा २० रन मात्र दिए । यससँगै सन्दीप सर्वाधिक (१५ विकेट) विकेटकर्ताको सूचीमा शीर्ष स्थानमा नै रहे। विरानगरले आठ बलर प्रयोग गर्‍यो । डेथ ओभरमा बलिङ गरेका प्रतीशले दुई विकेट लिए। उनले एक ओभरमा चार रन मात्र दिए। बसिर अहमदको नाममा एक विकेट रह्यो।

पोखरा पाँचौंमा

ओपनरद्वय एडम रोसिङ्टन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखरा एभेन्जर्सले दोस्रो सिजनको आफ्नो अन्तिम खेलमा चितवन राइनोजमाथि आठ विकेटको जित निकालेको छ।

यो जितसँगै पोखराले सात खेलबाट ६ अंकसहित पाँचौं स्थानमा रहेर दोस्रो सिजनको यात्रा टुङ्गाएको छ। हारपछि चितवन भने एक स्थान तल रह्यो। चितवनले समान खेलबाट चार अंक जोड्यो। त्रिवि क्रिकेट मैदानमा चितवनले एक सय २१ रनको सामान्य लक्ष्य दियो। पोखराले दुई विकेट मात्र गुमाए पनि लक्ष्य पूरा गर्न संघर्ष गर्‍यो। कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले १९.४ ओभरमा लक्ष्य भेट्टायो। ओपनरद्वय रोसिङ्टनले ६५ र अर्जुनले ४३ रनको अविजित योगदान दिए । ४८ बल खेलेका रोसिङ्टनले पाँच छक्का र चार चौका प्रहार गरे। ५३ बलमा अर्जुनले दुई चौका र एक छक्का हिर्काए।

यी दुईले पहिलो विकेटका लागि एक सय रनको साझेदारी गरे। यो नै जितको आधार बन्यो। चितवनको बलिङमा सैफ जेब र रिजन ढकालले समान एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले पूरै ओभरमा ६ विकेट गुमाउँदै एक सय २० रनको न्युन योगफल बनाएको थियो।

शीर्ष तीन ब्याटर अर्जुन साउद १, डविड मालन ५ र रवि बोपारा १ रनमा नै आउट भए र चितवनको खराब सुरुआत भयो। यससँगै दबाबमा परेको चितवनले खुलेर ब्याटिङ गर्न नै सकेन। देव खनालले ३५, कप्तान कुशल मल्लले २३ र सैफ जेबले १७ रनमा आउट भए। अल्पेश रामदानी ३३ रनमा नटआउट रहे।

पोखराको बलिङमा धनन्जय लक्षणले तीन तथा विपिन खत्री, किरण ठगुन्ना र रोहित चन्दले समान एक विकेट लिए। अब लिगको अन्तिम खेलमा आइतबार कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। पराजित हुने टोलीले लिगको पुछारमा रहेर दोस्रो सिजन पूरा गर्नेछ।  
अर्को समाचार
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
२ मिनेट अघि
•
१ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
जुम्ला। राष्ट्रिय खेलकुदको उत्सव बोकेको ओलम्पिक टर्च र ट्रफी शनिबार जुम्लामा आइपुगेको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसारका लागि सुरु गरिएको टर्च तथा ट्रफी टुर म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा जुम्ला पुगेको हो।




राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्दिरमा पुर्‍याएको छ। जुम्ला बजार परिक्रमा गराएर मन्दिरमा पुर्‍याइएको ट्रफी र ओलम्पिक टर्चले जिल्लामा राष्ट्रिय खेलकुदको माहोल सिर्जना गरेको छ। खेलकुदको राष्ट्रिय उत्सवलाई कर्णालीको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोड्ने उद्देश्यले गरिएको यस कार्यक्रमले जुम्लाको खेलकुद सम्भावनालाई समेत उजागर गरेको छ।

यसअघि शुक्रबार दैलेखको पवित्र धार्मिकस्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी ट्रफी टुरको शुभारम्भ गरिएको थियो। श्रीस्थानबाट सुरु भएको टर्च यात्रा जुम्ला हुँदै प्रतियोगिताको मुख्य खेलस्थल सुर्खेत पुगेर टुंगिनेछ।

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदप्रति जनउत्साह बढाउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्ले टर्च तथा ट्रफी टुर सञ्चालन गरेको हो। प्रतियोगिताको सन्देश देशभर पुर्‍याउनुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसमेत टुरले राखेको छ।

टर्च तथा ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा र कराँते खेलाडी मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडी सहभागी छन्।

म्याराथन धावक रोकायाले खेलकुदमा सफलता प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन र लगनशीलता आवश्यक पर्ने बताए। उनले खेलाडीले लक्ष्य प्राप्तिका लागि नियमित अभ्यास र समर्पणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

ओलम्पियन देबु थापाले जुम्लामा खेलकुदको सम्भावना राम्रो रहेको उल्लेख गर्दै त्यसलाई परिणाममा बदल्न खेलाडीलाई आवश्यक अवसर, प्रशिक्षण र पूर्वाधार उपलब्ध गराउनुपर्नेमा जोड दिए।

राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्चको आगमनले प्रतियोगिताको प्रचारप्रसारसँगै नयाँ पुस्तामा खेलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ। खेलकुदका दृष्टिले सम्भावनायुक्त कर्णालीमा प्रतिभाको पहिचान, विकास र अवसर विस्तार गर्नुपर्ने सन्देशसमेत टर्च टुरले दिएको छ।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस