उत्कृष्ट बलिङ प्रेरणामा नेपालको जित
१३ वैशाख २०८३
•
४ मिनेट पाठ
उत्कृष्ट बलिङ प्रेरणामा नेपालको जित
उत्कृष्ट बलिङ प्रेरणामा नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा संयुक्त अरब इमिरेट्स (युएई) माथि जित आत्मसात गरेको छ।




घरेलु भूमिमा कीर्तिपुरमा शनिबारदेखि सुरु त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले पाहुना टोली युएईमाथि ३७ रनको रोमाञ्चक जित निकालेको हो। लगातार चौथो हारपछि नेपाली टोली जित आत्मसात् गर्न सफल भयो। नेपालको जितमा दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनसँगै उत्कृष्ट बलिङ पनि महत्त्वपूर्ण रह्यो। कमजोर लक्ष्य दिए पनि बलिङमा राम्रो साथ पाउँदा नेपाल जित निकाल्न सफल भयो । नेपालका उपकप्तान दीपेन्द्रले अलराउन्ड प्रदर्शन गरे। उनले ७५ रनको इनिङसँगै एक विकेट पनि लिए । उनी म्यान अफ दी म्याच पनि भए। आठ राष्ट्र सम्मिलित लिग–२ (२०२३/०२७) को साइकलमा नेपालले पुछारको टोली युएईलाई हराएको हो।

विश्वकप छनोट यात्रामा दाबेदारी कायम राख्न नेपाल बाँकी खेल जित्नैपर्ने दबाब छ। यो जितले नेपाललाई राहत मिलेको छ। यो जितका बाबजुद नेपाल सातौं स्थानमा यथावत् छ । कुल २१ खेलबाट ६ जितसँगै नेपालले १४ अंक जोड्यो। जुन २१ खेलबाट पुछारमा रहेको युएईभन्दा चार अंकले मात्र बढी हो। पुछारमा रहेको युएईको यो १६ औं हार हो। युएईले १० अंक बनाएको छ। नेपाल र युएईसँगै ओमान यस शृंखलामा छन्। सोमबार युएई र ओमानबीच खेल हुनेछ । त्रिवि क्रिकेट मैदानमा कमजोर ब्याटिङ गरेको नेपालले २०१ रनको सामान्य लक्ष्य दिएको थियो। जबाफमा  युएई ४८.२ ओभरमा १६३ रनमा नै अलआउट हुन पुग्यो। बलरको उत्कृष्ट प्रदर्शनसँगै नेपाल जित निकाल्न सफल भयो।

मध्यम गतिका बलर करण केसीले उत्कृष्ट बलिङ गरे। ९.२ ओभरमा करणले चार विकेट लिँदै १९ रन मात्र खर्चिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए। ललित राजवंशीको नाममा एक विकेट रह्यो। २.६ ओभरमा दुई विकेट पतनपछि युएईको सुरुआत राम्रो हुन सकेन। ओपनर अदिव उस्मानी १ रन र मुहम्मद साहदाब २ रनमै पभेलियन फर्किए। अर्का ओपनर आर्यान्स शर्मा १८ रनमा आउट भए। ९.५ ओभरमा युएई ३९/३ को नाजुक अवस्थामा पुग्यो। यसपछि दबाबमा परेको युएईले खुलेर ब्याटिङ गर्न नै सकेन।

हर्मित सिंहले ३९ र कप्तान मोहम्मद वासिमले ३४ रन बनाए। यो नै सर्वाधिक ठूलो व्यक्तिगत रन रह्यो। अक्षदीप नाथले ३० रन जोड्दा निलान्स केस्वानीले समान १८ रनको योगदान गरे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सुखद प्रदर्शन गर्न सकेन। दीपेन्द्रको अर्धशतक बाबजुद नेपाल ४८.२ ओभरमा दुई सय रनमा अलआउट भयो। शीर्ष पाँच ब्याटर सस्तैमा आउट भएपछि नेपाल संकटमा प¥यो । २०.३ ओभरमा ९० रन जोड्दा नै घरेलु टोलीका पाँच ब्याटर आउट भए । तर, मध्य क्रमका ब्याटर दीपेन्द्रले ७५ रनको अर्धशतकीय योगदान दिँदै इनिङ समाले। ९० बलमा दीपेन्द्रले पाँच चौका र दुई छक्का प्रहार गरे। जुनेद सिद्दिकीको बलिङमा उनी दशौं विकेटका रूपमा आउट भए।

दीपेन्द्रले पाँचौं विकेटका लागि बसिर अहमदसँग ४१ रन र आठौं विकेटका लागि करण केसीसँग ४२ रनको साझेदारी गरे। यी साझेदारीले नै नेपाललाई दुई सय रनको आँकडा पार गर्न मद्दत मिल्यो। बसिर २० रनमा र करण २२ रनमा आउट भए। ३७ बल खेलेका करणको इनिङमा समान एक चौका र छक्का रह्यो। बसिरले ४० बलमा तीन चौका प्रहार गरे। त्यसअघि दोस्रो ओभरमै ओपनर आसिफ शेख ७ रनमै आउट भए र नेपालको सुरुआत खराब रह्यो। त्यो विकेटसँगै घरेलु टोली समालिन नै सकेन र एकपछि अर्को विकेट गुमायो। भीम सार्की १०, ओपनर कुशल भुर्तेल २४ र कप्तान रोहितकुमार पौडेल २ रनमा नै पभेलियन फर्किए। ११औं ओभरमा नेपाल ४९/४ को स्थितिमा पुग्यो।

अजय कुमारले ११औं ओभरको अन्तिम बलमा कप्तान रोहितलाई आउट गरे। यसपछि दीपेन्द्र क्रिजमा आए। अनुशासित ब्याटिङ गर्दै दीपेन्द्रले नेपाललाई सम्मानजनक योगफलतर्फ अग्रसर गराए। युएईको बलिङमा अजय कुमारले ९ ओभरमा एक मेडनसहित तीन विकेट लिँदा ३४ रन मात्र दिए। जुनेदले ९.२ ओभरमा तीन मेडनसहित ३३ रन खर्चेर तीन विकेट नै लिए। तनभिरको नाममा दुई विकेट रह्यो।

ओमानलाई सहज लिनु हुँदैन: रोहित

युएईसँगको खेलपछि पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहितले ओमानलाई सहज रूपमा लिएर खेल्न नहुने उल्लेख गरेका छन्। ओमन राम्रो टिम भएकाले उनीहरूलाई हलुका रूपमा लिन नहुने उनले बताएका हुन्। साथै रोहितले कमजोर लक्ष्य भए पनि जित निकाल्छौं भन्ने विश्वास व्यक्त गरेका छन्। युएईविरुद्धको खेलमा टोलीले देखाएको राम्रो क्यारेक्टर र आत्मविश्वास नै जितको मुख्य आधार रहेको उनको भनाइ छ। पहिलो इनिङमा ब्याटिङ अपेक्षाअनुसार नभएको रोहितले स्वीकार गरे। बलरहरूको प्रदर्शनबारे चर्चा गर्दै उनले सोमपाल कामीको स्पेललाई टर्निङ प्वाइन्ट मानेका छन्।

वसिम र अक्षदीप नाथको बलियो साझेदारी तोड्न सोमपालले लिएको दुई विकेट नै खेलको निर्णायक मोड भएको उनको ठहर छ। रोहितले सबैले राम्रो गरिरहेको र सिनियर खेलाडीको अनुभवलाई बिर्सनु नहुने बताएका छन्। पछिल्लो २/३ वर्षमा उनीहरूले टोलीका लागि धेरै योगदान दिएको उनको भनाइ छ। युएईका कप्तान वासिमले हारको मुख्य कारण खराब ब्याटिङ प्रदर्शन रहेको धारणा राखे । दुई सय १ रनको चुनौती पछ्याउने क्रममा ब्याटिङमा देखिएको कमजोरीले टोलीलाई असफलता दिलाएको उनले स्वीकारे। खेलमा आफू र अक्षदीप नाथ राम्रो अवस्थामा रहे पनि त्यसपछि विकेट  गुमाउनुले खेलको नतिजा बदलेको उनको भनाइ छ।

उनले नेपालको बलिङसँगै फिल्डिङको पनि प्रशंसा गरेका छन्। युएई र नेपाल दुवै लिग–२ को तालिकामा समान अवस्थामा रहेकाले यसपछिका खेलहरू दुवै टोलीका लागि अत्यन्त महत्त्वपूर्ण रहेको उनी बताउँछन्। हारबाट निरास भए पनि टोली सकारात्मक पक्षहरूलाई अघि बढाउँदै आगामी खेलहरूमा उत्कृष्ट पुनरागमन गर्ने उनको भनाइ छ।
अर्को समाचार
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
२ मिनेट अघि
•
१ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
जुम्ला। राष्ट्रिय खेलकुदको उत्सव बोकेको ओलम्पिक टर्च र ट्रफी शनिबार जुम्लामा आइपुगेको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसारका लागि सुरु गरिएको टर्च तथा ट्रफी टुर म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा जुम्ला पुगेको हो।




राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्दिरमा पुर्‍याएको छ। जुम्ला बजार परिक्रमा गराएर मन्दिरमा पुर्‍याइएको ट्रफी र ओलम्पिक टर्चले जिल्लामा राष्ट्रिय खेलकुदको माहोल सिर्जना गरेको छ। खेलकुदको राष्ट्रिय उत्सवलाई कर्णालीको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोड्ने उद्देश्यले गरिएको यस कार्यक्रमले जुम्लाको खेलकुद सम्भावनालाई समेत उजागर गरेको छ।

यसअघि शुक्रबार दैलेखको पवित्र धार्मिकस्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी ट्रफी टुरको शुभारम्भ गरिएको थियो। श्रीस्थानबाट सुरु भएको टर्च यात्रा जुम्ला हुँदै प्रतियोगिताको मुख्य खेलस्थल सुर्खेत पुगेर टुंगिनेछ।

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदप्रति जनउत्साह बढाउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्ले टर्च तथा ट्रफी टुर सञ्चालन गरेको हो। प्रतियोगिताको सन्देश देशभर पुर्‍याउनुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसमेत टुरले राखेको छ।

टर्च तथा ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा र कराँते खेलाडी मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडी सहभागी छन्।

म्याराथन धावक रोकायाले खेलकुदमा सफलता प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन र लगनशीलता आवश्यक पर्ने बताए। उनले खेलाडीले लक्ष्य प्राप्तिका लागि नियमित अभ्यास र समर्पणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

ओलम्पियन देबु थापाले जुम्लामा खेलकुदको सम्भावना राम्रो रहेको उल्लेख गर्दै त्यसलाई परिणाममा बदल्न खेलाडीलाई आवश्यक अवसर, प्रशिक्षण र पूर्वाधार उपलब्ध गराउनुपर्नेमा जोड दिए।

राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्चको आगमनले प्रतियोगिताको प्रचारप्रसारसँगै नयाँ पुस्तामा खेलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ। खेलकुदका दृष्टिले सम्भावनायुक्त कर्णालीमा प्रतिभाको पहिचान, विकास र अवसर विस्तार गर्नुपर्ने सन्देशसमेत टर्च टुरले दिएको छ।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस