नेपाल प्रिमियर लिग: बलिङले लय नसमाउँदा दबाबमा पोखरा
०६ मंसिर २०८२
•
५ मिनेट पाठ
नेपाल प्रिमियर लिग: बलिङले लय नसमाउँदा दबाबमा पोखरा
किफायती बलिङ गर्न चुकिरहेको पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा लगातार दोस्रो हारपछि दबाबमा परेको छ।




कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले कीर्तिपुरमा शुक्रबार सुदूरपश्चिम रोयल्ससँग १८ रनले नतिजा सुम्पिएपछि दोस्रो सिजनमा दोस्रो हार सामना गरेको छ। बलिङले लय समाउन नसक्दा पोखराले फेरि हार सामना गरेको हो। अघिल्लो खेलमा पनि पोखराले किफायती बलिङ गर्न नसक्दा विराटनगर किङ्ससँग ५३ रनको फराकिलो हार बेहोरेको थियो।

विराटनगरविरुद्ध पोखराले दुई सय २१ रनको लक्ष्य पछ्याएको थियो, जुन अहिलेसम्म एनपिएलकै सबैभन्दा ठूलो लक्ष्य पनि हो। दोस्रो खेलमा पनि पोखराका बलर महँगा साबित भए। फेरि पहिले बलिङ गरेको पोखराले विशाल लक्ष्य सामना गर्नुपर्‍यो।

बलरले किफायती बलिङ गर्न नसक्दा विशाल लक्ष्य पछ्याउने क्रम दोस्रो खेलमा पनि जारी रह्यो। त्रिवि क्रिकेट मैदानमा पहिले टस जितेर बलिङ गर्ने पोखराको निर्णय सही बन्न सकेन। पोखराले ६ बलर प्रयोग गर्‍यो। तीमध्ये चार बलरले १० रनभन्दा माथि प्रतिओभर रन खर्चिए। अघिल्लो खेलमा पोखराले ६ बलर नै प्रयोग गरेको थियो। सबै बलरले १० रनभन्दा माथि प्रतिओभर खर्चिएका थिए। सुदूरपश्चिमविरुद्ध पनि बलिङ खराब भएपछि पोखरा दुई सय रनभन्दा माथिको लक्ष्य नजिक देखिन्थ्यो तर, अन्तिम पाँच ओभरमा लय समात्दा फेरि कीर्तिमानी लक्ष्य पछ्याउनबाट बचे पनि हार टार्न भने असफल भयो। सुदूरपश्चिमले अन्तिम पाँच ओभरमा ३३ रन जोड्दा पाँच विकेट नै गुमाएको थियो।

यद्यपि, सुदूरपश्चिम एक सय ९४ रनको विशाल लक्ष्य दिन सफल भयो। जबाफमा पूरै ओभर खेले पनि पोखराले आठ विकेट गुमाउँदै एक सय ७५ रन मात्र बनाउन सक्यो। खराब बलिङपछि लगातार दोस्रो हार सामना गरे पनि पोखराका प्रशिक्षक राजीव कुमारले आफ्ना बलरको बचाउ गरे। उनले आफ्नो टोलीमा राम्रो बलर रहे पनि कहिलेकाहीँ योजनाभन्दा बाहिर हुने उल्लेख गरे। ‘हाम्रो टोलीमा राम्रै बलर छन्  तर, टी ट्वान्टीमा कहिलेकाहीँ लक्ष्यभन्दा विपरीत हुन जान्छ,’ प्रशिक्षक राजीवले भने,‘हामीसँग अझै पाँच खेल छन् र पुनरागमन गर्ने अवसर छ।’

विशाल लक्ष्य पछ्याएको पोखराको सुरुआत पनि राम्रो हुन सकेन। लगातार दोस्रो खेलमा पनि पोखराको ओपनिङ साझेदारी राम्रो भएन।

ओपनर दिनेश खरेल फेरि दोहोरो अंकमा रन नबनाउँदै आउट भए। सुदूरपश्चिमसँग उनी र अर्का एडम रोसिङ्टनबीच तालमेल मिलाउन नसक्दा पोखरा सुरुमै दबाबमा पर्‍यो। पहिलो ओभरमै एडम १ रनमै रनआउट भए। पाँचौं ओभरमा तीन ब्याटर सस्तै आउट भए। तेस्रो ओभरमा हरमित सिंहले दिनेशलाई पनि हेमन्त धामीबाट क्याच गराए। त्यसपछि किरण ठगुन्ना ९ रनमै पभेलियन फर्किए। यद्यपि, चौथो विकेटका लागि कप्तान कुशल र जिमी निसामबीच ७५ रनको महत्त्वपूर्ण साझेदारी बन्यो। यी दुई लेब्याटिङ गर्दा पोखराले पूर्ण दबाब बनायो। यद्यपि, १२औं ओभरमा सुदूरपश्चिम कप्तान दीपेन्द्रसिंह ऐरीले निसामलाई बोल्ड गर्दै ठूलो सफलता दिलाए।

पहिलो दुई बलमा निसामले लगातार छक्का प्रहार गर्दै दीपेन्द्रमाथि दबाब बनाए। तर, तेस्रो बलमा दीपेन्द्रले उनलाई बोल्ड गरे। फेरि पोखरामाथि दबाब बढ्यो। निसामले २५ बलमा ४७ रन जोडे। उनले दुई चौका र पाँच छक्का प्रहार गरे। उनी आउट हुँदा पोखरा ११.३ ओभरमा ९५/४ को स्थितिमा पुग्यो। त्यसपछि कुशलले साथ पाउन सकेनन् । सुमित बर्मा ६ रनमा क्याच भए। दबाबमा परेका कुशल पनि १६औं ओभरमा ठूलो सट खेल्ने चक्करमा बोल्ड भए। उनले ३२ बलमा ५३ रन जोडे। उनको इनिङमा समान चार चौका र छक्का थियो। यो विकेटपछि सुदूरपश्चिमले खेलमा पूर्ण दबाब बनायो।

कप्तान कुशलले ५३ रनको अर्धशतकीय इनिङ खेले। पोखराले लगातार विकेट गुमाउँदै खेल सुम्पियो। अभिशेक तिवारी १३ बल खेलेर ३ रनमा आउट भए। आठौं नम्बरमा ब्याटिङ गर्न आएका डान डाउथवेटले १६ बलमा ३७ रन जोडे पनि जित दिलाउन सकेनन्। उनले एक चौका र पाँच छक्का हिर्काए। सुदूरपश्चिमको बलिङमा हरमित सिंहले दुई तथा स्कट कुग्गेलिन, दीपेन्द्रसिंह, हेमन्त धामी, अविनाश बोहोरा र नरेन साउदले समान एक विकेट लिँदै पोखरालाई लक्ष्य पूरा हुन दिएनन्। पोखराले लगातार दोस्रो खेलमा राम्रो ब्याटिङ गरे पनि सामान्य स्थितिमा पुर्‍याए पनि पर्याप्त भएन। पोखरामाथि खराब बलिङको चिन्ता बढेको छ। यता, उपविजेता सुदूरपश्चिमले पनि लगातार दोस्रो जित निकाल्दै यसपल्ट पनि क्वालिफायरको दाबेदारी दिएको छ।

पहिलो खेलमा सुदूरपश्चिमले काठमान्डु गोर्खाजमाथि २९ रनको जित निकालेको थियो। सुदूरपश्चिमका बलर हेमन्त धामीले जित भइरहँदा टोलीमा राम्रो वातावरण सिर्जना हुने प्रतिक्रिया दिए। हेमन्तले शीर्ष क्रमका ब्याटर जोस ब्राउन, विनोद भण्डारी र क्रिस लिनले राम्रो ब्याटिङ गर्दै राम्रो योगफल बनाउँदा सहज भएको उल्लेख गरे। तर, अन्तिम केही ओभरमा राम्रो हुन नसक्दा दुई सय रन पार गर्ने योजना पूरा नभएको हेमन्त बताउँछन्। त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा सात विकेटको क्षतिमा एक सय ९३ रनको लक्ष्य जोड्यो। ओपनरद्वय जोस ब्राउनले ६८ रन र विनोद भण्डारीले ४३ रनको योगदान दिए।

यी दुईले पहिलो विकेटका लागि एक सय ८ रनको शतकीय इनिङको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए। जिमी निसामले ११औं अ‍ेोभरमा ब्राउनलाई किरण ठगुन्नाबाट क्याच गराए।  ब्राउनले ३५ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे। विकेटकिपर तथा ब्याट्सम्यान भण्डारीले भने सुस्त ब्याटिङ गर्दै अर्को छेउ समाले। उनले दोस्रो विकेटका लागि क्रिस लिनसँग ३४ रनको साझेदारी गरे। क्रिसले १३ बलमा ३१ रन जोड्दै आक्रामक ब्याटिङ गरे। तेस्रो विकेटका रूपमा आउट हुनुअघि उनले चार चौका र दुई छक्का हिर्काए। १३औं ओभरमा क्रिस आउट हुँदा सुदूरपश्चिमले १४२÷२ को राम्रो स्थितिमा थियो। सुदूरपश्चिमले १४.३ ओभरमा एक सय ५० रनको आँकडा पार गरेको थियो।

त्यसपछि सुदूरपश्चिमले राम्रो साझेदारी बनाउन सकेन र लगातार विकेट गुमायो। बाँकी सात ओभरमा सुदूरपश्चिमले पाँच विकेट गुमाउँदा ४७ रन जोड्यो। कप्तान दीपेन्द्रले १० बलमा समान एक चौका र छक्कासहित १५ रन जोडे। दीपेन्द्र १६औं ओभरमा डान डाउथवेटको बलमा आउट भए। लगत्तै ओभरमा विनोद पनि आकाश चन्दको बलमा सिकार भए। ओपनर विनोदले ४२ बलमा ६ चौका हिर्काए। त्यसपछि आएका ब्याटरले राम्रो रन नै बटुल्न सकेनन्। हरमित सिंह ४ रन, स्कट कुग्गेलिन ८ र आरिफ शेख शून्यमा नै पभेलियन फर्किए । पोखराको बलिङमा जिमी निसामले तीन विकेट तथा डान र आकाश चन्दले समान दुई विकेट लिए।  
अर्को समाचार
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
२ घण्टा अघि
•
१ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
क्राइष्टचर्चमा दोस्रो दिनको खेलको समाप्तिमा भारतले ६ विकेट गुमाएर ११६ रन बनाएको छ। यो अवस्थामा भारत २४० रनले पछि छ। 
लोकेश राहुल २५ रनमा आउट हुँदा रिसब पन्त २३ र देभदत्त पाडिकलले २१ रन बनाए। अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। 
कायल जेमिसन र जाकोब डफीले समान २ तथा माट हेन्री र नाथन स्मिथले समान एक विकेट लिए। 
यसअघि ५ विकेटको क्षतिमा २४६ रनबाट आज दोस्रो दिनको खेल थालेको घरेलु टोली न्युजिल्यान्ड ३५६ रनमा अलआउट भयो। किबिज टोलीका लागि टम ब्लुन्डेलले ८९ र कप्तान टम लाथमले ५९ रन बनाए। 
भारतका लागि आकाश दीपले ५ विकेट लिए। अन्सुल काम्बोज र गुरनुर ब्रारले समान २ तथा वासिङटन सुन्दरले एक विकेट झारे। 
२ खेलको सिरिजको पहिलो खेल भने बराबरीमा सकिएको थियो। 


देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस