कर्णाली चिनाउँदै जुम्ला-रारा दौड
२६ वैशाख २०८३
•
४ मिनेट पाठ
कर्णाली चिनाउँदै जुम्ला-रारा दौड
जुम्ला-रारा अल्ट्रा म्याराथन सुरु। तस्बिर : गाेल्डेन/नागरिक
जुम्लाको चिसो बिहानसँगै शनिबार खलंगाको आकाश पञ्चेबाजाको धुनले गुञ्जियो। चन्दननाथ तथा भैरवनाथको गेटअगाडि सयौँ मानिसको भीड थियो। कोही हात हल्लाउँदै खेलाडीलाई शुभकामना दिइरहेका थिए, कोही मोबाइलमा दृश्य कैद गर्दै थिए। त्यही भीडको बीचबाट सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन सुरु भयो। 




जुम्लाको दुर्गम भूगोल, कठोर जीवन र अथाह सम्भावनालाई विश्वसामु चिनाउने उद्देश्य बोकेको यो दौड खेल प्रतियोगितामा मात्रै होइन, कर्णालीको पहिचान र संघर्ष पनि बनेको छ। सदरमुकाम खलंगास्थित बालमन्दिर नजिकैबाट सुरु भएको म्याराथनको उद्घाटन पूर्व वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलगाईले सिठी फुकेर गरेका थिए। बिहान ६ बजे सुरु भएको ५४ किलोमिटर लामो दौड जुम्लाबाट मुगुको रारा तालसम्म पुगेर टुंगिनेछ।

आयोजक कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीका अनुसार मुख्य अल्ट्रा म्याराथनमा १ सय ३५ जना धावक सहभागी छन्। यसबाहेक १० किलोमिटर दौडमा २ सय र पाँच किलोमिटर दौडमा ६ सय खेलाडी सहभागी भएका छन्। तीन विधा गरी एक हजारभन्दा बढी खेलाडी यस वर्ष मैदानमा उत्रिएका छन्। प्रतियोगितामा नेपाली सेना नम्बर २४ बाहिनीका बाहिनीपति अर्जुन बस्नेतदेखि लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकसम्मको उपस्थिति देखिएको छ। 

भारत र फ्रान्सका धावकहरूको सहभागिताले यस प्रतियोगिताको अन्तर्राष्ट्रिय पहुँच विस्तार हुँदै गएको छ। मन्जुश्री ट्रेल रेसका विजेता खेलाडीहरू पनि यसपटक जुम्ला पुगेका छन्। कर्णालीमा खेलकुद अझै पनि पूर्वाधार अभाव, सीमित अवसर र आर्थिक कठिनाइबीच संघर्ष गरिरहेको क्षेत्र हो। तर, जुम्ला–रारा अल्ट्रा म्याराथनले यही कठिन भूगोललाई अवसरमा रूपान्तरण गर्ने प्रयास गरिरहेको छ। दुर्गम हिमाली बाटो, उकालो–ओरालो र कठोर मौसमलाई चुनौती दिँदै धावकहरू अगाडि बढिरहेका दृश्यले कर्णालीको जीवनशैलीकै प्रतिबिम्ब झल्काउँछ।

विश्वकिर्तिमानी धावक हरीबहादुर रोकायाले जुम्ला–रारा म्याराथन एउटा इभेन्ट नभई खेलाडी उत्पादन गर्ने विद्यालय बनेको बताए। 'कर्णालीमा प्रतिभा अभाव छैन, अवसर अभाव हो,' उनले भने, 'यस्ता प्रतियोगिताले गाउँका युवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्ने आत्मविश्वास दिन्छन्।'

म्याराथन सुरु हुनुअघि खलंगामा उत्सवजस्तै माहोल देखिन्थ्यो। स्थानीय महिलाहरू परम्परागत पोसाकमा पञ्चेबाजा बजाउँदै खेलाडीलाई बिदाइ गरिरहेका थिए। गाउँबस्तीबाट आएका सर्वसाधारण बिहानैदेखि सडक किनारमा उभिएर धावकलाई हौसला दिइरहेका थिए। कर्णालीका दुर्गम बस्तीमा सामान्यतया नदेखिने यस्तो चहलपहलले सदरमुकामलाई एक दिनका लागि खेल उत्सवमा रूपान्तरण गरेको थियो। प्रतियोगिता खेलसँगै पर्यटन प्रवर्द्धनको अभियान पनि बनेको छ।

जुम्लाको चन्दननाथ, भैरवनाथ मन्दिर क्षेत्र, खलंगा बजार हुँदै रारासम्म फैलिएको प्राकृतिक सौन्दर्यलाई विश्वसामु चिनाउने उद्देश्य आयोजकको छ। हिमाल, जंगल, उकालो पहाड र रारा तालको दृश्यले धावक मात्र होइन, साहसिक पर्यटनप्रेमीलाई समेत आकर्षित गरिरहेको छ। पूर्व मन्त्री चौलगाईले जुम्ला–रारा अल्ट्रा म्याराथन कर्णालीको साहसिक पर्यटन प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यम बनेको बताए। उनका अनुसार प्रतियोगिताले कर्णालीको सांस्कृतिक पहिचान र खेल पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उल्लेखनीय योगदान पुर्याएको छ। यस वर्ष प्रतियोगिताको दूरी ५१ किलोमिटरबाट बढाएर ५४ किलोमिटर बनाइएको छ।

आयोजकका अनुसार प्रतियोगितालाई थप चुनौतीपूर्ण र अन्तर्राष्ट्रिय स्तरको बनाउन दूरी थप गरिएको हो। पुरस्कार राशिसमेत आकर्षक बनाइएको छ। प्रथम हुनेले एक लाख रुपैयाँ, द्वितीय हुनेले ७५ हजार रुपैयाँ र तृतीय हुनेले ५० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसपटकदेखि जुम्लाकी स्वर्गीय अमृता कठायत को सम्झनामा महिला खेलाडीमध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई जनही २५ हजार रुपैयाँ अतिरिक्त पुरस्कार प्रदान गरिने भएको छ। सान्त्वना तथा पाँचौँ स्थान हासिल गर्ने खेलाडीलाई जनही २०/२० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

उत्कृष्ट तथा सम्भावनाशील खेलाडीलाई बालोदय बोर्डिङ सेकेन्डरी स्कुल ले छात्रवृत्ति कार्यक्रममा समेट्ने जनाएको छ। छनोट प्रक्रिया कर्णाली स्पोर्ट्स क्लबले गर्नेछ। आयोजकले प्रतियोगितालाई वातावरण संरक्षणसँग पनि जोडेको छ। जुम्लादेखि रारासम्म पुग्ने खेलाडीहरूको सम्झनामा सहभागी संख्याका आधारमा वृक्षरोपण गरिने जनाइएको छ। साथै, दौडमा सहभागी खेलाडी र व्यवस्थापनमा खटिने व्यक्तिहरूको पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरिएको छ।

कर्णाली खेलकुद क्लबको आयोजना तथा स्थानीय तहहरूको समन्वयमा सञ्चालन भइरहेको यो प्रतियोगिता अहिले कर्णालीकै सबैभन्दा ठूलो खेलकुद पहिचानमध्ये एक बनेको छ। दुर्गम भूगोल, सीमित साधन र कठिन जीवनबीच पनि कर्णालीले खेलकुदमार्फत सम्भावनाको नयाँ बाटो खोजिरहेको सन्देश जुम्ला–रारा अल्ट्रा म्याराथनले दिएको छ।

१० किलोमिटर (१८ वर्षमुनि) तर्फ प्रथम,द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ मेडल प्रमाणपत्र वितरण गरिएको छ। भने ५ किलोमिटरतर्फका विजेताले ५ हजार, ३ हजार र २ हजार रुपैयाँ मेडलसहित प्रमाणपत्र दिइएको थियो। उनीहरू सबैलाई पूर्व मन्त्री चाैलगाईद्वारा वितरण गरिएको थियो।
अर्को समाचार
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
१ घण्टा अघि
•
१ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
जुम्ला। राष्ट्रिय खेलकुदको उत्सव बोकेको ओलम्पिक टर्च र ट्रफी शनिबार जुम्लामा आइपुगेको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसारका लागि सुरु गरिएको टर्च तथा ट्रफी टुर म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा जुम्ला पुगेको हो।




राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्दिरमा पुर्‍याएको छ। जुम्ला बजार परिक्रमा गराएर मन्दिरमा पुर्‍याइएको ट्रफी र ओलम्पिक टर्चले जिल्लामा राष्ट्रिय खेलकुदको माहोल सिर्जना गरेको छ। खेलकुदको राष्ट्रिय उत्सवलाई कर्णालीको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोड्ने उद्देश्यले गरिएको यस कार्यक्रमले जुम्लाको खेलकुद सम्भावनालाई समेत उजागर गरेको छ।

यसअघि शुक्रबार दैलेखको पवित्र धार्मिकस्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी ट्रफी टुरको शुभारम्भ गरिएको थियो। श्रीस्थानबाट सुरु भएको टर्च यात्रा जुम्ला हुँदै प्रतियोगिताको मुख्य खेलस्थल सुर्खेत पुगेर टुंगिनेछ।

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदप्रति जनउत्साह बढाउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्ले टर्च तथा ट्रफी टुर सञ्चालन गरेको हो। प्रतियोगिताको सन्देश देशभर पुर्‍याउनुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसमेत टुरले राखेको छ।

टर्च तथा ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा र कराँते खेलाडी मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडी सहभागी छन्।

म्याराथन धावक रोकायाले खेलकुदमा सफलता प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन र लगनशीलता आवश्यक पर्ने बताए। उनले खेलाडीले लक्ष्य प्राप्तिका लागि नियमित अभ्यास र समर्पणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

ओलम्पियन देबु थापाले जुम्लामा खेलकुदको सम्भावना राम्रो रहेको उल्लेख गर्दै त्यसलाई परिणाममा बदल्न खेलाडीलाई आवश्यक अवसर, प्रशिक्षण र पूर्वाधार उपलब्ध गराउनुपर्नेमा जोड दिए।

राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्चको आगमनले प्रतियोगिताको प्रचारप्रसारसँगै नयाँ पुस्तामा खेलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ। खेलकुदका दृष्टिले सम्भावनायुक्त कर्णालीमा प्रतिभाको पहिचान, विकास र अवसर विस्तार गर्नुपर्ने सन्देशसमेत टर्च टुरले दिएको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस