करिब दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय फुटबल खेलेको नेपाली राष्ट्रिय पुरुष टोली लामो समय पछिको पुनरागमन सुखद बनाउन असफल भएको छ।
घरेलु मैदानमा तीन वर्षपछि बंगलादेशलाई आतिथ्यता गरेको नेपालले पहिलो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरीको नतिजा सामना गरेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउँदा यो मैदानमा नेपाली पुरुष टोलीको फिफा र एएफसीका अधिकारिक प्रतियोगिता हुन सकिरहेको छैन। तर, शनिबार लामो समयपछि पुरुष टोली दशरथ रंगशालामा मैदानमा फर्किए। तथापि, दर्शकको भने आशातित साथ पाउन सकेन। यो रंगशालाको क्षमता करिब १५ हजार हो। त्यसमध्ये एन्फाले २५ प्रतिशत स्थान खाली राख्ने उल्लेख गरेको थियो। तर, दशरथ रंगशालामा ५० प्रतिशत समर्थक पनि आएनन्। म्याच रिपोर्टअनुरूप चार हजार आठ सय ८ दर्शक मैदानमा उपस्थित रहे।
नेपाली राष्ट्रिय फुटबल टोलीका अनुभवी खेलाडी रोहित चन्दले लामो समयपछि रंगशालामा फुटबल भएकाले धेरै दर्शक आउने आशामा आफू रहेको बताए। तर, आशा गरे अनुरूप हुन नसकेको उनले उल्लेख गरे। ‘हामी लामो समयपछि यो मैदानमा खेलेका हौं। मैले आजको खेलमा धेरै दर्शक आउनु हुन्छ भन्ने सोचेको थिएँ। तर, सोचेअनुरूप रहेन। धेरै दर्शक हुँदा थप प्रोत्साहन र जोश बढ्ने थियो,’ उनले भने।
नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसका लागि दशरथ रंगशालामा यो पहिलो अन्तर्राष्ट्रिय खेल हो। तर, पहिलोपल्ट घरेलु मैदान प्रशिक्षण गरेका रसले सुखद नतिजा भने दिलाउन सकेनन्।
तर पनि उनी नेपाली खेलाडीको प्रदर्शनबाट सन्तुष्ट देखिए। तथाथि फिनिसिङमा केही समस्या रहेको र सुधार गर्नुपर्ने उनले उल्लेख गरे। ‘ठूलाठूला टोली र मिलियन खर्च गरिएका खेलाडी पनि फिनिफिङमा चुक्छन्। आज हाम्रो खेलमा पनि त्यस्तै रह्यो। आगामी दिनमा सुधार गर्न आवश्यक छ,’उनले भने,‘दशरथ रंगशालामा पहिलोपल्ट खेल्दा धेरै खुसी छु।’
शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश दुवै टोलीले केही अवसर बुनेका थिए। तर, गोल निकाल्न भने सकेनन्। यससँगै नेपाल र बंगलादेश बिचको १५औं भेटमा बराबरीको नतिजा निस्कियो। यी दुई टोलीले छैटौंपल्ट बराबरीको नतिजा सामना गरेका हुन्।
नेपालले गोलका लागि केही अवसर बनायो। पाहुना टोलीले अवसर सिर्जना गर्दै नेपालको रक्षापंक्तिलाई चुनौती दियो। तर, गोल निकाल्न असफल रह्यो। पहिलो हाफमा दुवै टोलीले समान आक्रमण बुने। यस क्रममा दुवै टोलीका गोलकिपर बाधक रहे। खेलको १०औं मिनेटमा बंगलादेशले पहिलो खतरा बुनेको थियो। कप्तान जमल भुयाँको कर्नर प्रहारमा राकिब होसेनको हेड मार्फत बलले पोस्टको दिशा लियो। तर, नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले त्यो प्रयासलाई असफल बनाए। खेलको मध्यतिर नेपालले पनि अवसर बुन्यो। लेफ्ट साइडबाट मणि लामाको फ्रिकिक प्रहारमा डिफेन्डर अनन्त तामाङले बललाई हेडर मार्फत दोस्रो बारको दिशा देखाए।
तर, गोलकिपर मोहम्मद सुजोन होसेन चलाखी गर्दै नेपालको प्रयास सफल हुन दिएनन्। यससँगै बंगलादेशलाई ठूलो राहत मिल्यो। यसअघि अञ्जन विष्टलाई भुयाँले फउल गरेका थिए। त्यस क्रममा नेपालले सेटपिस अवसर प्राप्त गरेको थियो। तर, सफलता पाउन सकेन। केही मिनेटमै त्यही क्षेत्रमा नेपाली खेलाडीको अर्को फ्रिकिक प्रहार सफल रहेज। मणिको प्रहारलाई बंगाली गोलकिपर सुजोनले सहजै नियन्त्रणमा लिए। पहिलो हाफ सकिन ६ मिनेट बाँकी रहँदा पाहुना टोलीले राम्रो अवसर बुन्यो। तर, सुमोन रेजाले गरेको प्रहार क्रस बारभन्दा माथिबाट बाहिरियो। किरण अगाडि बढेको अवस्थामा बक्सभित्रबाट सुमोनले गोलको प्रयास गरे पनि सफल हुन सकेन।
दोस्रो हाफमा पनि दुवैले केही आक्रमण बुने । ६८औं मिनेटमा फरवार्ड जिलेस्पीजंग कार्कीले बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार सुजोनले सहजै नियन्त्रणमा लिए। १० मिनेटपछि मोहम्मद ताज उदिनले बक्स बाहिरबाट गोलको प्रयास गरे। उनको प्रहारलाई किरणले मुस्किलले नियन्त्रणमा लिए। ताज वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। त्यसपछि पनि गोल निस्किएन र नेपालले घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरीमै चित्त बुझायो। अब दोस्रो मैत्रीपूर्ण खेल आगामी सेप्टेम्बर ९ तारिखमा हुनेछ।
बराबरीपछि बंगलादेशका प्रशिक्षक जाबियर क्याब्रेराले अघिल्लोपल्ट भन्दा नेपाली टोली थप बलियो रहेको बताए। ‘खेल प्रतिस्पर्धा हुने अपेक्षा थियो। दुवै टोलीले बराबरजस्तो अवसर बनाए । नेपाल बलियो हो र पछिल्ला समय उसले सुधार गरिरहेको छ,’ उनले भने,‘बंगलादेशले पनि राम्रो खेल्यो र बराबरीको नतिजा निस्कियो। बंगलादेशको यो टोलीले जहाँ र जोसँग खेले पनि राम्रो गर्नसक्छ। हाम्जा चौधरी भएको भए अझै राम्रो हुन्थ्यो।’
नेपालले बंगलादेशसँग पछिल्लोपल्ट सन् २०२२ को सेप्टेम्बरमा खेलेको थियो। दशरथ रंगशालमा नै भएको उक्त खेलमा नेपालले ३–१ को जित निकालेको थियो। यसपल्ट पनि त्यो नतिजा जारी राख्ने लक्ष्यमा नेपाली टोली थियो। तर, नेपाली टोली असफल रह्यो। नेपाल र बंगलादेशबीच यो कुल १५ खेल हो। नेपाली टोलीले पाँचपल्ट र बंगलादेशले चार खेल जितेको छ। ६ खेलको नतिजा बराबरीमा नै टुङ्गिएका छन्।