नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।
शनिबार घोषणा गरिएको १५ सदस्यीय टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने दीपेन्द्रसिंह ऐरी उपकप्तान रहेका छन्।
क्यानले घोषणा गरेको टोलीमा लेग स्पिनर सन्दीप लामिछाने, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुलशन झा र शाहब आलम रहेका छन्।
नेपाली टोली आइसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज खेल्न यूएई प्रस्थान गर्नेछ।
यो सिरिज अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म आयोजना हुनेछ। यस सिरिजमा नेपालले घरेलु टोली यूएई र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।
काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ। क्राइष्टचर्चमा दोस्रो दिनको खेलको समाप्तिमा भारतले ६ विकेट गुमाएर ११६ रन बनाएको छ। यो अवस्थामा भारत २४० रनले पछि छ। लोकेश राहुल २५ रनमा आउट हुँदा रिसब पन्त २३ र देभदत्त पाडिकलले २१ रन बनाए। अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। कायल जेमिसन र जाकोब डफीले समान २ तथा माट हेन्री र नाथन स्मिथले समान एक विकेट लिए। यसअघि ५ विकेटको क्षतिमा २४६ रनबाट आज दोस्रो दिनको खेल थालेको घरेलु टोली न्युजिल्यान्ड ३५६ रनमा अलआउट भयो। किबिज टोलीका लागि टम ब्लुन्डेलले ८९ र कप्तान टम लाथमले ५९ रन बनाए। भारतका लागि आकाश दीपले ५ विकेट लिए। अन्सुल काम्बोज र गुरनुर ब्रारले समान २ तथा वासिङटन सुन्दरले एक विकेट झारे। २ खेलको सिरिजको पहिलो खेल भने बराबरीमा सकिएको थियो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...