गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा
१० मंसिर २०८३
•
७ मिनेट पाठ
गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा
बझाङका गाउँगाउँमा पछिल्लो समय क्रिकेटको आकर्षण बढ्दै गएको छ। कुनै समय मोबाइल तथा टेलिभिजनका स्क्रिनमा राष्ट्रिय टोलीको खेल हेरेर रमाउने ग्रामीण क्षेत्रका युवा अहिले आफैँ मैदानमा उत्रिएर क्रिकेट खेल्न थालेका छन्।  




दसैँ, तिहार र छठ पर्वको अवसर पारेर आयोजना हुने सांस्कृतिक तथा खेलकुद कार्यक्रमसँगै गाउँगाउँमा क्रिकेट प्रतियोगिता सञ्चालन हुन थालेपछि स्थानीय खेलाडीमा नयाँ उत्साह थपिएको हो।

खेलमैदानको अभाव, सीमित स्रोतसाधन र पर्याप्त सरकारी लगानी नहुँदा पनि बझाङका युवाले खेतबारी, खुला चौर तथा उपलब्ध खाली ठाउँलाई क्रिकेट मैदानका रूपमा प्रयोग गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन्। पछिल्लो समय नेपाल प्रिमियर लिग (एनपिएल) ले क्रिकेटप्रति थप आकर्षण जगाएपछि जिल्लाका विभिन्न गाउँमा प्रतियोगिताको विस्तार हुँदै गएको छ।

बाँस्काटिया युवा जागरण अभियानका क्रिकेट संयोजक चक्रजङ्ग रोकायाको पहलमा यस वर्ष खप्तडछान्ना गाउँपालिकामा पहिलोपटक क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो।

दसैँ–तिहारको अवसरमा गाउँमा सांस्कृतिक तथा खेलकुद कार्यक्रम गर्ने तयारी भइरहेका बेला सुरु भएको प्रतियोगितामा बाँस्काटियामा १८ वटा टोलीले नाम दर्ता गरी प्रतिस्पर्धामा उत्रिएका थिए। मोबाइल तथा टेलिभिजनमा राष्ट्रिय टोलीको खेल हेर्दै आएका स्थानीय युवाका लागि आफ्नै गाउँमा क्रिकेट खेल्ने अवसर नयाँ अनुभव बन्यो।

खेतमा आयोजना गरिएको प्रतियोगितामा विभिन्न टोलीले उत्कृष्ट प्रदर्शन गरे। सामान्य मानिएका टोलीले समेत प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेपछि दर्शक उत्साहित बने। गाउँका किशोर तथा युवाले खेतबारी, बाटोघाटो र खुला ठाउँमा खेल्दै सिकेको क्रिकेटले प्रतियोगितामा राम्रो प्रदर्शन गरेको आयोजकको भनाइ छ।

क्रिकेट संयोजक चक्रजङ्ग रोकाया भन्छन्, 'हाम्रो खप्तडछान्ना गाउँपालिकामा पनि यस्तो प्रतिभा छ भन्ने हामीले कल्पना नै गरेका थिएनौँ। खेतबारी, बाटोघाटो र खुला ठाउँमा खेल्दै आएका युवा तथा किशोरको खेलले दर्शकको मन जित्यो। सामान्य भनिएका टोलीले  उत्तिकै राम्रो प्रदर्शन गरे। यो नै हामी आयोजकका लागि सफलता हो।'

स्थानीयस्तरमा क्रिकेट प्रतियोगिता आयोजना भएपछि गाउँका युवाले आफ्नो प्रतिभा देखाउने अवसर पाएका छन्। खेलप्रतिको रुचि र सहभागिता बढ्दै जाँदा आगामी दिनमा अझ व्यवस्थित प्रतियोगिता सञ्चालन गर्न सकिने विश्वास आयोजकले गरेका छन्।

बाँस्काटियामा क्रिकेट प्रतियोगिता सम्पन्न भएको एक सातामै खप्तडछान्ना गाउँपालिका–४ माझिगाउँमा अर्को प्रतियोगिता आयोजना भयो। जिम्माल युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा दुई दर्जनभन्दा बढी टोली सहभागी भएका थिए।

प्रतियोगितामा विजेताका लागि रु एक लाख ५० हजार राशिको पुरस्कारको व्यवस्था गरिएको थियो भने उपविजेताले रु ४० हजार प्राप्त गरेका थिए। आकर्षक पुरस्कार र स्थानीय युवाको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको थियो।

जिम्माल युवा क्लबका संयोजक मुकेश रोकायाका अनुसार माझिगाउँमा विगत चार वर्षदेखि नियमित रूपमा क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएको छ।  

वडास्तरीय प्रतियोगितामा विभिन्न वडा तथा गाउँका टोली सहभागी हुने गरेका छन्। 'वडास्तरीय प्रतियोगितामा वडा तथा गाउँबाट टोली प्रतिस्पर्धामा उत्रिन्छन्। यहाँबाट उत्कृष्ट खेलाडी छनोट गरेर बाहिरका प्रतियोगितामा सहभागी हुन्छौँ। त्यहाँबाट ट्रफी जितेर गाउँ फर्किंदा सबैलाई खुसी लाग्छ। यहाँ नियमित खेल भइरहँदा खेलाडी र गाउँ दुवैलाई फाइदा भएको छ,' उनले भने।

स्थानीय क्लबको सक्रियताले क्रिकेटलाई गाउँको खेलकुद संस्कृतिका रूपमा स्थापित गर्न सहयोग पुगेको छ। नियमित प्रतियोगिताले खेलाडीलाई अभ्यास गर्ने, आफ्नो क्षमता पहिचान गर्ने र अन्य टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेको छ।

गाउँगाउँमा फैलिँदै क्रिकेटको लहर

दसैँ, तिहार र छठ पर्वको अवधिभर बझाङ जिल्लाका दर्जनभन्दा बढी स्थानमा क्रिकेट प्रतियोगिता आयोजना भएका छन्। पहिले निश्चित ठाउँमा सीमित रहेको क्रिकेट अहिले ग्रामीण बस्तीहरूमा समेत फैलिँदै गएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) बझाङका अध्यक्ष प्रविन्द्र धामीका अनुसार जिल्लाका बुंगल, दुर्गाथली, सुर्मा र जयपृथ्वी नगरपालिकामा क्रिकेट प्रतियोगिता सञ्चालन हुन थालेको एक दशकभन्दा बढी भइसकेको छ। पछिल्लो समय भने गाउँ गाउँमा प्रतियोगिता हुन थालेका छन्। 'सुरुमा निश्चित ठाउँमा मात्रै हुने क्रिकेट प्रतियोगिता अहिले गाउँगाउँमा पनि हुन थालेका छन्। यसले जिल्लामा क्रिकेटप्रतिको आकर्षण बढेको देखाउँछ,' उनले भने।

स्थानीय तह, युवा क्लब तथा विभिन्न अभियानको सहकार्यमा प्रतियोगिता आयोजना हुन थालेपछि क्रिकेटको पहुँच ग्रामीण क्षेत्रमा विस्तार हुँदै गएको छ। खेलकुदलाई मनोरञ्जनका रूपमा मात्र नभई प्रतिभा पहिचान र युवालाई सकारात्मक गतिविधिमा जोड्ने माध्यमका रूपमा लिन थालिएको उनले बताए।

एनपिएलपछि गाउँमा थप उत्साह

नेपाल प्रिमियर लिग (एनपिएल) सुरु भएपछि बझाङका गाउँमा क्रिकेटप्रतिको आकर्षण थप बढेको छ। एनपिएलको प्रभावसँगै तलकोट गाउँपालिकामा ‘तलकोट प्रिमियर लिग’ सञ्चालन हुन थालेको छ।

बर्सेनि लाखौँ रुपैयाँ पुरस्कार राखेर आयोजना हुने उक्त प्रतियोगिता कहिले पालिकास्तरीय त कहिले वडास्तरीय रूपमा सञ्चालन हुँदै आएको छ। स्थानीय तहको खेलकुद शाखाले सहयोग गर्न थालेपछि विभिन्न पालिकामा क्रिकेट प्रतियोगिता आयोजना गर्ने क्रम बढेको हो।

मष्टा गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख एवम् शिक्षा अधिकृत पृथुराज जोशी स्थानीयस्तरमा प्रतिभावान् खेलाडी हुन सक्ने भएकाले उनीहरूलाई आफ्नो क्षमता देखाउने अवसर दिन प्रतियोगिता आयोजना गरिँदै आएको बताउँछन्। 'हाम्रा गाउँमा पनि प्रतिभावान खेलाडी हुन सक्छन्। उनीहरूले आफ्नो प्रतिभा देखाउनका लागि खेल आयोजना गर्नुपर्छ भन्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्दै आएका छौँ,' उनले भने।

उनका अनुसार वडासँगको सहकार्यमा खेलकुद क्षेत्रमा लगानी गर्ने गरिएको छ। स्थानीयस्तरमा प्रतियोगिता आयोजना हुँदा खेलाडीले आफ्नो क्षमता देखाउन पाउनाका साथै खेलप्रति समुदायको रुचि बढ्दै गएको छ।

एनपिएलमा विभिन्न जिल्लाका खेलाडीले फरक फरक टोलीबाट खेल्ने अवसर पाएपछि ग्रामीण क्षेत्रका युवामा क्रिकेटप्रति आकर्षण बढेको छ। राष्ट्रिय तथा व्यावसायिक प्रतियोगितामा स्थानीय खेलाडीको सहभागिताले गाउँका युवालाई क्रिकेटमा भविष्य खोज्न प्रेरित गरेको छ।

पिठातोला लायन्स किङ कोब्रा टोलीका खेलाडी कपिल जोशीका अनुसार एनपिएलपछि गाउँगाउँमा क्रिकेट प्रतियोगिता आयोजना गर्ने क्रम बढेको हो। 'पहिले हामीलाई क्रिकेटप्रति खासै चासो हुँदैनथ्यो। एनपिएल सुरु भएपछि जताततै खेल हुन थाले। विभिन्न जिल्लाका राम्रा खेलाडीले पनि विभिन्न टोलीबाट खेल्ने अवसर पाए। त्यसपछि गाउँगाउँमा पनि क्रिकेट प्रतियोगिता हुन थाले,' उनले भने।

खेलमैदानको अभाव, खेतबारीमै प्रतिभा

क्रिकेटप्रतिको आकर्षण बढ्दै गए पनि बझाङका विभिन्न गाउँमा व्यवस्थित खेलमैदानको अभाव छ। क्रिकेट खेल्न आवश्यक मैदान, पिच तथा अन्य पूर्वाधार नहुँदा खेलाडीले खेतबारी र खुला चौरमै अभ्यास तथा प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता छ।

कपिल जोशीका अनुसार क्रिकेटका लागि जिल्लाका गाउँमा पर्याप्त मैदान छैनन्। सरकारले पनि आवश्यक पूर्वाधार निर्माणमा पर्याप्त लगानी गर्न सकेको छैन। 'क्रिकेटका लागि कुनै ठाउँमा पनि व्यवस्थित मैदान छैन। सरकारले पर्याप्त लगानी गरेको छैन। तैपनि गाउँगाउँका प्रतिभा खेतमा देखिन थालेका छन्। यो सुखद पक्ष हो,' उनले भने।

बझाङका गाउँमा परम्परादेखि भलिबल र देउडा सांस्कृतिक तथा खेलकुद गतिविधिका अभिन्न अङ्गका रूपमा रहँदै आएका छन्। गाउँका मेला, पर्व र उत्सवमा भलिबल प्रतियोगिता तथा देउडा कार्यक्रम आयोजना हुने चलन अझै पनि छ।

पछिल्लो समय भने क्रिकेट र ब्याडमिन्टनजस्ता खेलले ग्रामीण क्षेत्रमा प्रवेश पाएका छन्। यसले गाउँका मेला तथा पर्वलाई थप विविध र आकर्षक बनाएको छ।

खप्तडछान्ना एकीकृत विकास मञ्चका अध्यक्ष पुष्पराज रोकाया ‘अक्षर खेती’का अनुसार बझाङका विभिन्न स्थानका मेलामा भलिबल र देउडा अनिवार्यजस्तै हुने गरेको छ। अहिले त्यससँगै क्रिकेट र ब्याडमिन्टनले स्थान पाउन थालेका छन्। 'बझाङका विभिन्न ठाउँका मेलामा भलिबल र देउडा अनिवार्यजस्तै छ। तर, अहिले क्रिकेट र ब्याडमिन्टनले प्रवेश पाएको छ। विभिन्न खेल आयोजना हुँदा मेला रोमाञ्चक बन्न थालेका छन्,' उनले भने। रासस
अर्को समाचार
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
३४ मिनेट अघि
•
१ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
जुम्ला। राष्ट्रिय खेलकुदको उत्सव बोकेको ओलम्पिक टर्च र ट्रफी शनिबार जुम्लामा आइपुगेको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसारका लागि सुरु गरिएको टर्च तथा ट्रफी टुर म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा जुम्ला पुगेको हो।




राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्दिरमा पुर्‍याएको छ। जुम्ला बजार परिक्रमा गराएर मन्दिरमा पुर्‍याइएको ट्रफी र ओलम्पिक टर्चले जिल्लामा राष्ट्रिय खेलकुदको माहोल सिर्जना गरेको छ। खेलकुदको राष्ट्रिय उत्सवलाई कर्णालीको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोड्ने उद्देश्यले गरिएको यस कार्यक्रमले जुम्लाको खेलकुद सम्भावनालाई समेत उजागर गरेको छ।

यसअघि शुक्रबार दैलेखको पवित्र धार्मिकस्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी ट्रफी टुरको शुभारम्भ गरिएको थियो। श्रीस्थानबाट सुरु भएको टर्च यात्रा जुम्ला हुँदै प्रतियोगिताको मुख्य खेलस्थल सुर्खेत पुगेर टुंगिनेछ।

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदप्रति जनउत्साह बढाउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्ले टर्च तथा ट्रफी टुर सञ्चालन गरेको हो। प्रतियोगिताको सन्देश देशभर पुर्‍याउनुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसमेत टुरले राखेको छ।

टर्च तथा ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा र कराँते खेलाडी मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडी सहभागी छन्।

म्याराथन धावक रोकायाले खेलकुदमा सफलता प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन र लगनशीलता आवश्यक पर्ने बताए। उनले खेलाडीले लक्ष्य प्राप्तिका लागि नियमित अभ्यास र समर्पणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

ओलम्पियन देबु थापाले जुम्लामा खेलकुदको सम्भावना राम्रो रहेको उल्लेख गर्दै त्यसलाई परिणाममा बदल्न खेलाडीलाई आवश्यक अवसर, प्रशिक्षण र पूर्वाधार उपलब्ध गराउनुपर्नेमा जोड दिए।

राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्चको आगमनले प्रतियोगिताको प्रचारप्रसारसँगै नयाँ पुस्तामा खेलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ। खेलकुदका दृष्टिले सम्भावनायुक्त कर्णालीमा प्रतिभाको पहिचान, विकास र अवसर विस्तार गर्नुपर्ने सन्देशसमेत टर्च टुरले दिएको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस