भरतपुरमा कराँतेका ३८० खेलाडीको स्तरवृद्धि
२५ कार्तिक २०७९
•
२ मिनेट पाठ
भरतपुरमा कराँतेका ३८० खेलाडीको स्तरवृद्धि
चितवनको भरतपुरमा एकैपटक कराँतेका ३८० खेलाडीको स्तरवृद्धि गरिएको छ। नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनको आयोजनामा भरतपुरको अङ्कुरम एकेडेमीका ३८० खेलाडीको स्तरवृद्धि गरिएको हो।  




कमिटीका सचिव सुजन दराईकाअनुसार खेलाडीको स्तरवृद्धिमा कक्षा ३ देखि कक्षा ९ सम्मका खेलाडीहरु सहभागी थिए। आज शुक्रबार विद्यालयमा आयोजना गरिएको कराँते स्तरवृद्धिमा ह्वाइट बेल्डबाट ओरेन्ज बेल्डमा ३६० जना र ओरेन्ज बेल्डबाट ओरेन्ज–ग्रिन बेल्डमा २० जना खेलाडी दीक्षित गरिएको दराईको भनाइ छ। खेलाडीहरुको स्तरवृद्धि तथा दीक्षन्त कार्यक्रममा तीन छात्र तथा तीन छात्रा गरी उत्कृष्ट छ खेलाडीलाई सम्मान गरिएको छ।  

कराँते महासंघ टेक्निकल कमिटी चितवनकी उपाध्यक्ष एवं अङ्कुरम एकेडेमीकी कराँते प्रशिक्षक जस्मिना खड्काकाअनुसार छात्रतर्फ सोहन दाहाल, संयन श्रेष्ठ र नवनित वर्मा तथा छात्रातर्फ अनाघा श्रेष्ठ, प्रत्युषा श्रेष्ठ र अभिन्या कार्की उत्कृष्ट भएका छन्। कराँते खेलाडीहरुको स्तरवृद्धि कार्यक्रममा कराँते महासंघ टेक्निकल कमिटी चितवनका अध्यक्ष टार्जन श्रेष्ठले नेपालमै पहिलो पटक धेरै खेलाडीहरु एकसाथ दीक्षित भएको बताए। हालसम्मकै सबैभन्दा बढी खेलाडीहरुको एकैपटक शुक्रबार स्तरवृद्धि गरिएको भन्दै श्रेष्ठले खेलाडीहरुलाई उत्कृष्ट हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विजेता हुन हौसला प्रदान गरेका छन्।  

कराँते खेलाडीहरुको स्तरवृद्धि कार्यक्रममा अङ्कुरम एकेडेमीका प्रिन्सिपल सुमन पौडेलले स्वागत मन्तव्य राखेका थिए। आज शुक्रबार दीक्षित भएका खेलाडीहरुलाई एकेडेमीका प्रिन्सिपल सुमन पौडेल सहित कराँते महासंघ टेक्निकल कमिटी चितवनका अध्यक्ष एवम् राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक टार्जन श्रेष्ठ, सुदिर श्रेष्ठ, अमर श्रेष्ठ, तीर्थराज श्रेष्ठलगायतले मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरेका थिए।  
अर्को समाचार
चितवनमा ठुलो परिमाणमा लागुऔषध सहित चार जना पक्राउ
१० माघ २०७९
•
१ मिनेट पाठ
चितवनमा ठुलो परिमाणमा लागुऔषध सहित चार जना पक्राउ
चितवनमा औषधिजन्य लागुऔषध सहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले चितवनमा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।  




पक्राउ पर्नेमा पर्सा जिल्ला स्थित छिपरमाई गाउँपालिका १का २८ बर्षिय महेश कुमार यादव,  २९ बर्षिय पप्पुप्रसाद यादव, चितवनको कालिका नगरपालिका ४का २४ बर्षिय निर्मल तिमिल्सिना र कालिका ३ का २३ बर्षिय आयुष खनाल रहेका छन्।  महेश र पप्पु माघ ६ गते राप्ती नगरपालिकाबाट पक्राउ परेका हुन्। उनीहरुको साथबाट प्रहरीले लागू औषध डाईजेपाम–१०६ एम्पुल, फेनार्गन –११२ एम्पुल र नुरफिन– ११२ एम्पुलगरी तीन सय तिस  एम्पुल लागुऔषध बरामद गरेको हो। यी दुई जनालाई  जिल्ला अदालत चितवनबाट म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी विजय राज पण्डितले जानकारी दिए।  

तिमिल्सिना र खनाल  माघ ७ गते कालिका नगरपालिका १बाट पक्राउ परेका हुन्। उनीहरुको साथबाट ट्रामडोल प्रतिवन्धित औषधी ट्रामा हाइड्रोक्लोराइड एक हजार ६८० ट्याब्लेट, ट्रामा हाइड्रोक्लोराइड आईपी ५० एमजि तीन हजार ट्याब्लेट, अनार्गन २५ एमजि एक हजार ९४५ ट्याब्लेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उनीहरुलाई  पूर्व सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। यी दुई जनालाई प्रतिबन्धित औषधी सहित आवश्यक कारवाहिको लागि औषधि व्यवस्था विभाग विगञ्जमा पठाईएको पण्डितले जानकारी दिए।  
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस