
गैरआवसीय नेपाली संघ खेलकुद प्रतिष्ठानले आईतवार पत्रकार सम्मेलन गर्दै नवौंका लागि क्रिकेट टोलीको घोषणा गरेको हो। घोषणा गरिएको टोलीमा एनआरएनले सुनम गौतमलाई कप्तानको जिम्मेवारी दिने भएको छ भने उपकप्तान पृथु बास्कोटाले पाएका छन्।

टोलीको व्यवस्थापकीय जिम्मेवारी स्वम्भूराज डंगोललाई दिइएको छ। नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ तर पुरुष क्रिकेट भने भदौ २३ बाट सञ्चालन हुँदैछ। खेल कीर्तिपुर स्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा आयोजना हुँदैछ। नवौं राष्ट्रिय खेलकुद र नेपाल ट्वान्टी–२० लिग एकै समयमा रहेकोले पुरुष क्रिकेट पहिले नै हुने भएको छ। रासस