साईक्लिष्ट थापालाई नेशनल गेम खेल्न साईकलकै समस्या
१४ भदौ २०७९
•
३ मिनेट पाठ
साईक्लिष्ट थापालाई नेशनल गेम खेल्न साईकलकै समस्या
साईक्लिष्ट जमुना थापा
कोभिडले लकडाउन लाग्यो। लकडाउनले आर्थिक समस्या बनायो। जागिर थिएन्। आर्थिक समस्या बढेपछि  भएको  साईकल बेच्नु पर्यो। साईकल बेचेर आएको पैसाले घरको खर्च जोहो भयो।  




तर अहिले साईकल अभावले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा रजत पदक विजेता जमूना थापा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्ने कि नखेल्ने दुविधामा छिन्। लकडाउनले आर्थिक समस्या परेपछि साईक्लिङमा डाउनहिल इभेण्टमा प्रतिस्पर्धा गर्दै आएकी थापालाई घरेलु शहरमै आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता अन्यौल बनेको छ। रजत पदक जित्दै उनले इतिहास कोरिन्। उनको कोरिएको इतिहासमा राज्यले गर्विलो अनुभव गर्यो। तर अहिले खेलाडीले साईकल अभावमा भोग्नुपरेको पीडालाई सहजीकरण गर्ने तर्फ सरोकार निकायको देखिदैन्।  

उनले भनिन्, 'भएको साईकल लकडाउनमा बेचें। आम्दानी थिएन्। घर खर्च चलाउन साईकल बेचिदिएँ। साईकल मेनटेन गर्न पनि खर्च थिएन्। खर्च नभएपछि साईकल बेच्नु पर्यो। बेचेको पैसाले घर खर्च समेत टर्यो।’ 

थापाले आम्दानी नभएकै कारण साईकल फेरी किनेर प्रतियोगिता खेल्न सक्ने अवस्था नभएको बताईन्। ‘साईकल छैन्। म्यानेज भयो भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्छु’, उनले भनिन्,‘नभए गेम खेल्दिन्।’ थापाकाे अनुपस्थितमा साईकलमा आउने पदक समेत गुम्ने सम्भावना छ।  

डाउनहिल इभेण्टमा प्रतिस्पर्धा गर्ने साईकल खरीद गर्न उनको ल्याकत छैन्। सहयोगको प्रतिबद्धता आएको छ। तर यही  भदौ १६ गतेदेखि प्रदेशस्तरीय छनोट हुदैं छ। छनोटमा समेत सहभागिता जनाउन साईकल छैन्। साईकल नहुदाँ प्रदेश छनोटमा सहभागिता जनाउने विषयमा समेत अन्यौल बढेको छ। 

उनले भनिन्, ‘साईकललाई ३/४ लाख रुपैयाँ पर्छ। दैनिक भाडा तिरेर खेल्न समेत भाडा तिर्न कठिनाई छ। दैनिक २ हजारदेखि ४ हजारसम्म भाडा तिर्नुपर्छ। तर भाडा तिरेर साईकल ल्याउन सकिन्न।’  

थापाको पीडालाई मलम लगाउन कास्की जिल्ला साईक्लिङ दौडधुपमा छ। यद्यपी ठोस उपलब्धी भने भएको छैन्। आर्थिक समस्याकै कारण उनले लकडाउनमा साईकल बेचेको भन्दै संघका अध्यक्ष शंकर भण्डारीले सागमा पदक विजेता खेलाडीले राष्ट्रिय प्रतियोगितामा साईकलकै अभावमा सहभागिता जनाउन नसक्नु दुखद हुने बताए। ‘उनीसँग साईकल छैन्। संघले पनि किनेर दिन सक्ने क्षमता छैन्।’ अध्यक्ष भण्डारीले भने, ‘प्रतियोगितामा खेल्न नेपाल साईक्लिङ संघले साईकलको दिने प्रतिबद्धता गरेको छ। तर प्रशिक्षण गर्न तत्कालै खाँचो छ।’  

भाडामा साईकल ल्याउन दैनिक २ देखि ४ हजार रुपैयाँ लाग्ने जानकारी संघले पाएको उल्लेख गर्दै उनले प्रदेश खेलकुद परिषदले दैनिक १ हजारसम्म व्यवस्था गर्ने प्रतिबद्धता गरेको जिकिर गरे। थापाले प्रतिस्पर्धा गर्ने डाउनहिल नै हो। अन्य इभेण्टमा उनले प्रतिस्पर्धा गरेकी छैनन्। उनले साईक्लिङ गर्न नपाएपनि आफुलाई फिट राखेको स्पष्ट पारिन्। अध्यक्ष भण्डारीले साईक्लिष्ट थापालाई साईकल उपलब्ध गराईदिन खेलकुदका सबै निकायसँग सहयोगको अपिल गरेका छन्। साईकल किन्नको लागि आर्थिक सहयोग जुटाईदिन समेत उनले आग्रह गरेका छन्।  

‘साईकल सहयोगको लागि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री, गण्डकी खेलकुद परिषद, राष्ट्रिय खेलकुद परिषदका सदस्यसम्म गुहार मागेको छु।’ उनले भने, ‘सहयोगको लागि सबै सकारात्मक छन्। तर ठोस निर्णय कसैले गरेनन्।’ सबैसँग अपिल गरेपछि प्रतिबद्धता मात्रै आएको उनको भनाई थियो। प्रतिबद्धता भन्दा पनि साईकल तत्कालै उपलब्ध गराउनुपर्ने सम्बन्धित सरोकार निकायलाई उनले ध्यानाकर्षण गराएका छन्। 
अर्को समाचार
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
४१ मिनेट अघि
•
१ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
जुम्ला। राष्ट्रिय खेलकुदको उत्सव बोकेको ओलम्पिक टर्च र ट्रफी शनिबार जुम्लामा आइपुगेको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसारका लागि सुरु गरिएको टर्च तथा ट्रफी टुर म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा जुम्ला पुगेको हो।




राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्दिरमा पुर्‍याएको छ। जुम्ला बजार परिक्रमा गराएर मन्दिरमा पुर्‍याइएको ट्रफी र ओलम्पिक टर्चले जिल्लामा राष्ट्रिय खेलकुदको माहोल सिर्जना गरेको छ। खेलकुदको राष्ट्रिय उत्सवलाई कर्णालीको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोड्ने उद्देश्यले गरिएको यस कार्यक्रमले जुम्लाको खेलकुद सम्भावनालाई समेत उजागर गरेको छ।

यसअघि शुक्रबार दैलेखको पवित्र धार्मिकस्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी ट्रफी टुरको शुभारम्भ गरिएको थियो। श्रीस्थानबाट सुरु भएको टर्च यात्रा जुम्ला हुँदै प्रतियोगिताको मुख्य खेलस्थल सुर्खेत पुगेर टुंगिनेछ।

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदप्रति जनउत्साह बढाउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्ले टर्च तथा ट्रफी टुर सञ्चालन गरेको हो। प्रतियोगिताको सन्देश देशभर पुर्‍याउनुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसमेत टुरले राखेको छ।

टर्च तथा ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा र कराँते खेलाडी मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडी सहभागी छन्।

म्याराथन धावक रोकायाले खेलकुदमा सफलता प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन र लगनशीलता आवश्यक पर्ने बताए। उनले खेलाडीले लक्ष्य प्राप्तिका लागि नियमित अभ्यास र समर्पणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

ओलम्पियन देबु थापाले जुम्लामा खेलकुदको सम्भावना राम्रो रहेको उल्लेख गर्दै त्यसलाई परिणाममा बदल्न खेलाडीलाई आवश्यक अवसर, प्रशिक्षण र पूर्वाधार उपलब्ध गराउनुपर्नेमा जोड दिए।

राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्चको आगमनले प्रतियोगिताको प्रचारप्रसारसँगै नयाँ पुस्तामा खेलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ। खेलकुदका दृष्टिले सम्भावनायुक्त कर्णालीमा प्रतिभाको पहिचान, विकास र अवसर विस्तार गर्नुपर्ने सन्देशसमेत टर्च टुरले दिएको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस