दबाबमा श्रीलंका
०१ साउन २०७९
•
२ मिनेट पाठ
दबाबमा श्रीलंका
साहिन साह अफ्रिदीको उत्कृष्ट बलिङप्रेरित पाकिस्तानले शनिबारदेखि सुरु पहिलो टेस्टमा श्रीलंकामाथि दबाब बनाएको छ।




पहिलो दिनको खेल समाप्तीमा पाकिस्तान २४-२ को स्थितिमा छ। पाकिस्तान पहिलो इनिङमा श्रीलंकाभन्दा १ सय ९८ रनले पछि छ। तथापि, पाकिस्तानका महत्त्वपूर्ण ब्याट्सम्यान अझै क्रिजमा रहेकाले श्रीलंकामाथि दबाब परेको छ। अजहर अली ३ रन र कप्तान बाबर आजम १ रनमा क्रिजमा छन्। ओपनर अब्दुल्लाह साफिक १३ रन जोड्दै पवेलियन फर्किए भने इमाम उल हक २ रनमा आउट भए। अब्दुल्लाहलाई प्रभात जयसुर्याले एलबिडब्लु शिकार बनाए। इमामलाई पनि कसुन राजिथाले एलबिडब्लु शिकार बनाए।

यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले ६६.१ ओभरमा सबै विकेट गुमाउँदा २ सय २२ रनको योगफल तयार पार्‍यो। ११ रन जोड्दा कप्तान तथा ओपनर दिमुथ करुणारत्नेलाई गुमाएपछि श्रीलंकाको गतिलो सुरुआत हुन सकेन। १ रन मात्र जोडेका करुणारत्नेलाई अफ्रिदीले बोल्ड गरे।

दोस्रो विकेटका लागि ओपनर ओसादा फर्नान्डो र कुशल मेन्डिसले ४९ रनको साझेदारीका साथ श्रीलंकाको इनिङ उकास्ने संकेत गरे। मेन्डिसले यासिर साहको बलमा मोहम्मद रिजवानबाट क्याच हुनुअघि ३५ बलमा तीन चौकाको मद्दतमा २१ रन जोडे। हसन अलीको बलमा मोहम्मद रिजवानबाट क्याच हुनुअघि फर्नान्डोले ३५ रन जोडे।

४९ बलमा उनले पाँच चौका हिर्काए। त्यसपछि ब्याटिङका लागि आएका पूर्वकप्तान एन्जेलो म्याथ्युजले खाता नै खोल्न सकेनन्। म्याथ्युजलाई यासिरले नासिम शाहबाट क्याच गराए। दिनेश चान्डिमलले ७६ रन र माहिस थिकसानाले ३६ रन जोड्दै श्रीलंकाको इनिङ उकास्ने प्रयास गरे। अन्य ब्याटरले भने सम्हालिएको प्रदर्शन गर्न सकेनन्। चान्डिमले १ सय १५ बलमा १० चौका र एक छक्का हिर्काए। थिकसानाले ६५ बलमा चार चौका र एक छक्का प्रहार गरे।

चान्डिमलले गत साता अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा दोहोरो सतक पूरा गरेका थिए। श्रीलंकाले अस्ट्रेलियाविरुद्धको दुई टेस्टको शृंखला १–१ को बराबरीमा टुङ्गाएको थियो। पहिलो टेस्ट १० विकेटले हारेको श्रीलंका दोस्रो टेस्टमा एक इनिङ र ३९ रनले विजयी भयो।

१३३–८ को स्थितिमा रहेको श्रीलंकाको इनिङ चान्डिमल र थिकसानाले नवौं विकेटका लागि ४४ रनको साझेदारी गर्दैै उकासे। अफ्रिदीले १४ ओभरमा तीन मेडनसहित ५८ रन खर्चदै चार विकेट लिए। हसन अली र यासिर शाहको नाममा दुई विकेट रह्यो। नासिम र मोहम्मद नवाजले समान एक विकेट निकाले।
अर्को समाचार
जुरेल र पडिक्कलको शतकमा भारत बलियो, श्रीलंका ८ रनमै २ विकेट गुमाएर दबाबमा
०९ भदौ २०८३
•
२ मिनेट पाठ
जुरेल र पडिक्कलको शतकमा भारत बलियो, श्रीलंका ८ रनमै २ विकेट गुमाएर दबाबमा
श्रीलंकाविरुद्धको दोस्रो तथा अन्तिम टेस्टमा भारतले बलियो पकड बनाएको छ। कोलम्बोस्थित सिंहली स्पोर्ट्स क्लब मैदानमा सोमबार सकिएको दोस्रो दिनको खेलमा भारतले पहिलो इनिङ्स ९ विकेट गुमाएर ५०३ रनमा घोषणा गरेपछि जवाफी ब्याटिङमा आएको श्रीलंका ८ रनमै २ विकेट गुमाएर दबाबमा परेको छ।




भारतको विशाल योगफलमा विकेटकिपर ब्याटर ध्रुव जुरेल नायक बने। उनले १७७ बलमा ११५ रनको अविजित शतकीय इनिङ्स खेले। जुरेलले नौ चौका र दुई छक्का प्रहार गर्दै टेस्ट करिअरको दोस्रो शतक पूरा गरे। उनको संयमित ब्याटिङले भारतलाई ५०० रनको आँकडा पार गराउन महत्वपूर्ण भूमिका खेल्यो।

जुरेललाई ऋषभ पन्तले पनि उत्कृष्ट साथ दिए। चोटका कारण पहिलो दिन केही समय मैदानबाहिर रहेका पन्तले पुनः ब्याटिङ गर्दै ६३ रन बनाए। जुरेल र पन्तबीच सातौँ विकेटका लागि ११२ रनको महत्वपूर्ण साझेदारी बनेपछि भारतले खेलमा आफ्नो नियन्त्रण थप बलियो बनाएको थियो।

यसअघि देवदत्त पडिक्कलले पनि शानदार शतक प्रहार गरेका थिए। उनले ११७ रन बनाएर भारतलाई बलियो आधार दिएका थिए। यशस्वी जायसवालले ४५, कप्तान शुभमन गिलले ५० र रविन्द्र जडेजाले ४३ रनको योगदान दिए। श्रीलंकाका लागि असिथा फर्नान्डोले ३ विकेट लिए भने प्रभात जयसूर्या र केशरा नुवान्थाले दुई-दुई विकेट लिए।

भारतले ५०३ रनमा इनिङ्स घोषणा गरेपछि जवाफी ब्याटिङमा आएको श्रीलंकाले सुरुवातमै दुई विकेट गुमायो। प्रसिद्ध कृष्णले लाहिरु उदारालाई १ रनमा आउट गरे भने मानव सुथारले प्रभात जयसूर्यालाई २ रनमा एलबीडब्लूको सिकार बनाए। खेल रोकिँदा श्रीलंका ३ ओभरमा ८ रनमा २ विकेट गुमाएर भारतभन्दा ४९५ रनले पछाडि छ।

दुई खेलको शृंखलामा भारत यसअघि नै १-० ले अगाडि छ। पहिलो टेस्ट भारतले १६५ रनले जितेको थियो। दोस्रो टेस्टमा पनि भारतले विशाल योगफल बनाएर सुरुवातमै श्रीलंकाका दुई विकेट झारेपछि घरेलु टोलीमाथि शृंखला जोगाउने ठूलो दबाब परेको छ।

यद्यपि दोस्रो दिनको खेल वर्षाका कारण पटक-पटक प्रभावित भएको थियो। खराब मौसमका कारण खेल निर्धारित समयभन्दा नै अगाडि रोकिएको थियो। तेस्रो दिन पनि वर्षाले खेलमा प्रभाव पार्न सक्ने सम्भावना रहेको छ, जसले भारतको जिततर्फको यात्रालाई केही चुनौती दिन सक्छ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस