भारोत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गिय सञ्जु चौधरीको परिवारलाई बीमा वापतको रकम प्रदान गरिएको छ।
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार मृतक सञ्जुकी आमा राप्ती सोनारी २ निवासी सुन्दरमोती थारुलाई ५४ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो।
कम्पनीका प्रदेश प्रमुख भोज कुँवर, वरिष्ठ अभिकर्ता माधव अधिकारी लगायतले चेक हस्तान्तरण गरेका थिए। सञ्जुको परिवारलाई बीमाङ्क दावी वापत ५० लाख, बोनस वापत १ लाख ४० हजार र अन्तरिम बोनस वापत २ लाख ८० हजार रुपैयाँ प्रदान गरिएको हो।
कम्पनीले सञ्जुको असामयिक निधन भएकोमा मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक सहानुभूती प्रकट पनि गरेको छ। सञ्जु आफ्नै कोठामा झुन्डिएको अवस्थामा गत बैशाख अन्तिम सातातिर मृत अवस्थामा फेला परेकी थिइन्।
१३औँ दक्षिण एसियाली खेलकुद (साग)की स्वर्णपदक जितेकी चौधरीले आत्महत्या नै गरेको प्रहरीले निस्कर्ष निकालेको थियो। उनी सागमा स्वर्ण जित्ने पहिलो महिला नेपाली खेलाडी हुन्।