मुस्ताङ बन्यो हाईअल्टिच्युट ‘स्पोर्टस हब’
२४ जेष्ठ २०७९
•
३ मिनेट पाठ
मुस्ताङ बन्यो हाईअल्टिच्युट ‘स्पोर्टस हब’
उपल्लो मुस्ताङस्थित विश्वकै अग्लो ४ हजार ७ सय मिटर उचाईमा रहेको प्रस्तावित गल्फ कोष। तस्बिर गोविन्द भट्टराईको फेसबुकबाट ।
खेलकुदका धेरै योजना छन। केही योजना दीर्घकालिन छन्। योजनाहरु अघि सार्दै निर्माणको काम पनि अगाडि बढेको छ।  




गण्डकी प्रदेश सरकारले मुस्ताङको बारागुँ मुक्तिक्षेत्र गाँउपालिकामा हाईअल्टिच्युट खेल मैदान(ट्रेनिङ सेन्टर) निर्माणको योजना अघि सारेको छ। केन्द्र सरकारको पनि हाईअल्टिच्युट खेल मैदान बनाउने प्रस्ताव छ। प्रदेश सरकारले मुस्ताङमा बनाउन अघि सर्दा केन्द्रले जुम्लालाई रोजेको छ।

प्रदेश र केन्द्र सरकारको तादम्यता नमिले दुवै ठाउँमा हाईअल्टिच्युट टे«निङ सेन्टर बन्न कठिनाई सरोकारवालाको चिन्ता छ। दुवै सरकारको समन्वयमा लगानी हुनुपर्ने पर्वतीय खेलकुद महासंघले आवश्यकता औंल्याउँदै आएको छ। एकै ठाँउमा हाईअल्टिच्युट मैदान बनाउन लगानी गर्नुपर्ने खाँचो महासंघले देखेको छ।  

‘जुम्लामा भन्दा मुस्ताङमा हाई अल्टिच्युट खेल मैदान बनाउन सहज र राम्रो देखिन्छ,’ पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले भने, ‘सडक र हवाई सञ्जालले मुस्ताङलाई जोडिसकेको छ। यसले पनि मुस्ताङमा सहज देखिन्छ।’ प्रदेश सरकारको योजना भित्र परेको मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकैको बारागँु क्षेत्रमा निर्माणाधिन हाईअल्टिच्युट खेल मैदान निरीक्षण गरेर फर्किएपछि अध्यक्ष भट्टराईले प्रदेश र केन्द्र सरकारको लगानी हुनुपर्नेमा जोड दिए।  

‘मुस्ताङलाई हवाई सेवाले जोडेको  । सडक पहँुच पनि छ। राजमार्गको स्तरोन्नति समेत हुदैछ,’ उनले थपे, ‘दुवै सरकारको लगानी एउटै योजनामा हुनुपर्छ।’ मुक्तिनाथ मन्दिर नजिकै बारागुँ क्षेत्रमा हाईअल्टिच्युटका लागि ५ सय रोपनी क्षेत्रफलमा सम्याउने काम भएको उनले बताए। स्थानीय तहबाट समेत बजेट छुट्टाउँदै जमिन सम्याउने काम भईरहेको उनले जानकारी गराए। प्रस्तावित हाईअल्टिच्युट सेन्टर ३ हजार ६ सय मिटरको उचाईमा पर्छ।  

मुस्ताङमा हाईअल्टिच्युट टे«निङ सेन्टर मात्रै नभई उपल्लो क्षेत्रमा गल्फ कोर्ष सहित खेलकुदका अन्य पूर्वाधार निर्माणाधिन अवस्थामा छन्। उपल्लो मुस्ताङस्थित नेपाल–चीन बोर्डर(कोरला नाका) नजिकै गल्फ कोर्ष बनाउने योजना डेढबर्ष अघिकै हो। योजना अनुसार सडक निर्माण गरिएको छ। ‘गल्फ कोर्षसम्म पुग्ने बाटो निर्माण भईसकेको छ। त्यसको लागि ५०÷६० लाख रुपैयाँ खर्च भईसकेको छ,’ अध्यक्ष भट्टराईले सुनाए।  

लोमान्थाङमा खेलग्राम निर्माण शुरु गरिएको दुई वर्ष बित्यो। समुद्री सहतदेखि ३ हजार ७ सय ५० मिटरको उचाईमा निर्माणाधिन खेलग्राम गण्डकी प्रदेशकै उचाईको खेलग्राम बन्ने छ। खेलग्राममा फुटबल मैदानसहित, लन टेनिस कोर्ट, भलिबल तथा बास्केटबल कोर्ट समेत निर्माण गर्ने योजना रहेको लोमान्थाङबाट निर्वाचित गण्डकी प्रदेश सदस्य  इन्द्रधारा विष्टले सुनाए। किमलिङमा निर्माणाधिन खेलग्राम ३ सय ८ मिटर लम्बाई र १२० मिटर चौडाईको छ। मैदानको पूर्व तर्फ  १ सय २० मिटर लम्बाईको पर्खाल लगाइसकिएको छ। पर्खाल ५ मिटर अग्लो र सवा दुई मिटर चौडाईको छ। उत्तर तर्फ १५ सय दर्शक क्षमताको प्यारापिट बनाउने योजनासहित काम गरिएको छ। योजनाको लागि सरकार तथा स्थानीय तहबाट डेढ करोड रुपैयाँ बजेट छुट्टाइएको थियो।  

खेलग्राम निर्माणपछि पोखरापछिको सबैभन्दा ठूलो स्पोर्टस हब बन्ने छ ‘कोरला–जोमसोम–बेनी– पोखरा जोड्ने राजमार्ग बन्दै छ स्तरोन्नतिको काम हुदैंछ,’ अध्यक्ष भट्टराईले भने। उनले गल्फ कोर्ष विश्वकै उत्कृष्ट कोर्ष बन्ने दावी समेत गरेका छन्। ‘कोर्ष मात्रै बनाएर हुदैन्। दीर्घकालिन योजना र कार्यक्रमलाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्राण्डिङ गर्न जरुरी छ,’ उनले भने, ‘निर्माणपछि सञ्चालन र दिगो विकासको लागि रणनीतिक योजना बनाउन सकिएन भने कोर्षको औचित्य हुदैन।’ उनका अनुसार विदेशी गल्फर ल्याउने कार्यक्रम बनाउन सकिएको अवस्थामा ‘वल्र्डक्लास कोर्ष’ बन्न सक्छ।  
अर्को समाचार
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
१ घण्टा अघि
•
१ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
जुम्ला। राष्ट्रिय खेलकुदको उत्सव बोकेको ओलम्पिक टर्च र ट्रफी शनिबार जुम्लामा आइपुगेको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसारका लागि सुरु गरिएको टर्च तथा ट्रफी टुर म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा जुम्ला पुगेको हो।




राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्दिरमा पुर्‍याएको छ। जुम्ला बजार परिक्रमा गराएर मन्दिरमा पुर्‍याइएको ट्रफी र ओलम्पिक टर्चले जिल्लामा राष्ट्रिय खेलकुदको माहोल सिर्जना गरेको छ। खेलकुदको राष्ट्रिय उत्सवलाई कर्णालीको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोड्ने उद्देश्यले गरिएको यस कार्यक्रमले जुम्लाको खेलकुद सम्भावनालाई समेत उजागर गरेको छ।

यसअघि शुक्रबार दैलेखको पवित्र धार्मिकस्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी ट्रफी टुरको शुभारम्भ गरिएको थियो। श्रीस्थानबाट सुरु भएको टर्च यात्रा जुम्ला हुँदै प्रतियोगिताको मुख्य खेलस्थल सुर्खेत पुगेर टुंगिनेछ।

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदप्रति जनउत्साह बढाउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्ले टर्च तथा ट्रफी टुर सञ्चालन गरेको हो। प्रतियोगिताको सन्देश देशभर पुर्‍याउनुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसमेत टुरले राखेको छ।

टर्च तथा ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा र कराँते खेलाडी मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडी सहभागी छन्।

म्याराथन धावक रोकायाले खेलकुदमा सफलता प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन र लगनशीलता आवश्यक पर्ने बताए। उनले खेलाडीले लक्ष्य प्राप्तिका लागि नियमित अभ्यास र समर्पणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

ओलम्पियन देबु थापाले जुम्लामा खेलकुदको सम्भावना राम्रो रहेको उल्लेख गर्दै त्यसलाई परिणाममा बदल्न खेलाडीलाई आवश्यक अवसर, प्रशिक्षण र पूर्वाधार उपलब्ध गराउनुपर्नेमा जोड दिए।

राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्चको आगमनले प्रतियोगिताको प्रचारप्रसारसँगै नयाँ पुस्तामा खेलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ। खेलकुदका दृष्टिले सम्भावनायुक्त कर्णालीमा प्रतिभाको पहिचान, विकास र अवसर विस्तार गर्नुपर्ने सन्देशसमेत टर्च टुरले दिएको छ।
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस