स्पेनिस ला लिगा अन्तर्गत बिहीबार भएको खेलमा अंकतालिकाको शीर्ष टोली रियाल मड्रिडले ६–० को फराकिलो जित निकाल्दा लेभान्टेको रेलिगेसन संघर्ष टार्ने सम्भावना कठिन भएको छ।
फराकिलो जित निकाल्ने क्रममा भिनिसियस जुनियरले ह्याट्रिक पूरा गर्दा करिम बेन्जिमाले एक गोल थपे। बेन्जिमाले रियालका लागि सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी (राउल)को कीर्तिमान बराबरी समेत गरेका छन्। राउलको तीन सय २३ गोलको कीर्तिमान बेन्जिमाले बराबरी गरेका हुन। चार सय ५१ गोल गरेका क्रिस्टियानो रोनाल्डो सर्वाधिक गोलकर्ता छन्। उपाधि पक्का गरिसकेको रियालले रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको लेभान्टेलाई सुरुआतबाट नै दबाबमा राखेको थियो। सोही क्रममा भिनिसियस जुनियरको ह्याट्रिक पूरा गरे।
यद्यपि, १३औं मिनेटमा फेरल्यान्ड मेन्डीको गोलबाट रियालले सुरुआती अग्रता लिएको थियो। १९औं मिनेटमा करिम बेन्जिमाले रियालको अग्रता दोब्बर पारे। यस गोलसँगै बेन्जिमा रियालबाट सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा रहेका राउलको तीन सय २३ गोलको कीर्तिमानसँग बराबरी गरे। ३४औं मिनेटमा रोर्डिगोले रियालका लागि तेस्रो गोल गरे। पहिलो हाफको अन्तिम मिनेटमा भिनिसियसले गोल गर्दै रियाललाई ४–० को अग्रता दिलाएका थिए।
अधिकांस समय बलमा पकड जमाएको रियालले दोस्रो हाफमा पनि लयलाई निरन्तरता दियो। ६८औं मिनेटमा रियालको अग्रता ५–० मा पुर्याएका भिनिसियसले खेल सकिन सात मिनेट बाँकी रहँदा गोल थप्दै ह्याट्रिक पूरा गरे। जितसँगै शीर्ष स्थानको रियालको ३६ खेलबाट ८४ अंक छ। ३६ खेलबाट २९ अंक जोडेको लेभान्टे भने अंकतालिकाको पुछारमा छ। दोस्रो स्थानमा रहेको बार्सिलोनाको समान ३६ खेलबाट ७२ अंक छ।