गण्डकी प्रदेश सरकार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी
२० वैशाख २०७९
•
३ मिनेट पाठ
गण्डकी प्रदेश सरकार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको लागि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले ५ करोड २० लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ। प्रदेश मुख्यमन्त्रीसहित विभागीय मन्त्री, अर्थमन्त्री लगायत खेलकुद परिषदको उपस्थितिमा भएको छलफलमा राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बजेट प्रस्ताव गरिएको हो।  




‘विभागीय मन्त्रीको उपस्थितिमा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिवले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मंगलबार बसेको छलफलमा आवश्यक बजेट प्रस्ताव पेश गर्नुभएको थियो।’ सरकारका प्रवक्ता एवं भौतिक योजना तथा पूर्वाधार मन्त्री कुमार खड्काले भने, ‘मन्त्रालयले गरेको प्रस्तावलाई प्रदेश सरकारले थप छलफल पछि टुग्याउने निर्णय गरेको छ।’ प्रवक्ता खड्काले गण्डकी प्रदेशको प्रतिष्ठाको विषय भएकोले बजेटकै कारण व्यवधान हुन नहुने मुख्यमन्त्रीको निर्देशन रहेको समेत बताए।  

‘बजेटकै कारण नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा व्यवधान आउन हुँदैन।’ मुख्मन्त्रीको भनाई उदृत गर्दै प्रवक्ता खड्काले भने,‘राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको प्रतिष्ठासँग जोडिएको छ।’ पोखरामा ३९ वर्षको अन्तरालमा दोस्रो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जमर्को भएको हो। २०४० सालमा पोखरा रंगशालामा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो।  

गण्डकी खेलकुद परिषदले बजेटको प्रस्ताव गरिरहँदा पोखरा रंगशालामा भने संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी प्रशिक्षण भने शुरु गरेको आभाष भएको छैन्। फुटबल मैदान पूर्ण रुपमा बन्द छ। एथलेटिक्स ट्रयाक बन्द गरिएको छ। ट्रयाक एण्ड फिल्डको प्रतियोगिता हुने फुटबल मैदान प्रवेशमा प्रतिबन्ध लगाइएको छ। यसले खेलाडीहरुले प्रशिक्षण गर्न पाएको अवस्था छैन्।  

पौडी पोखरी पोखरा रंगशालामा निर्माण गर्ने योजना थियो। नवौंलाई लक्षित गर्दै पौडी पोखरी निर्माण गर्ने भन्दै राष्ट्रिय खेलकुद परिषदले कोरोना काल(लकडाउनको समयमा) बजेट छुट्टाएपनि टेण्डर आह्वान नहुदाँ निर्माणको काम अघि बढ्न सकेन। सुटिङ पोखरामा छैन्। सुटिङको लागि आवश्यक गन(बन्दुक) तथा त्यसलाई प्रयोग हुने गोली समेत उपलब्ध नभएको खेलाडीहरु बताउँछन्।  

आगामी जेठ २२देखि २८ गतेसम्म हुने प्रतियोगितामा ३६ खेल समावेश हुनेछन्। दुई खेल केवल प्रदर्शनीको लागि मात्रै समावेश गरिएको छ। परम्परागत छेलो र क्यानोनिङ प्रदर्शनी खेलको रुपमा समावेश गरिएको छ। गण्डकीमा खेल गतिविधि अत्यधिक हुने भए पनि राष्ट्रियस्तरका प्रतियोगितामा गण्डकीको नतिजा भने अत्यन्तै कमजोर हुने गरेको छ। नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा गण्डकी छैटौं नम्बरमा थियो। उक्त प्रतियोगितामा ७ वटा प्रदेशका अतिरिक्त ३ वटा विभागीय टोली सहभागी थिए। अहिले भने एनआरएनको टोली समेत थपिएर ११ वटा टोलीबीच प्रतियोगिता हुने भएको छ। प्रदेशका सबै जिल्लामा कम्तीमा पनि एक खेलको प्रतियोगिता हुने गरी व्यवस्थापन मिलाउने तयारी प्रदेश सरकार जुटेको छ। प्रदेशका ११ वटै जिल्लामा खेलहरु खेलाउने प्रस्ताव दुई वर्ष अघि नै राष्ट्रिय खेलकुद परिषदमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले प्रस्ताव पठाईसकेको थियो।  

राष्ट्रिय खेलकुद प्रतियोगितामा ७ हजार खेलाडी, २ हजार व्यवस्थापक र १ हजार रेफ्री गरी कम्तीमा १० हजार जना प्रत्यक्ष संलग्न हुनेछन्। यसले खेल गतिविधि मात्र नभए पोखराको पर्यटनमा समेत राम्रैसँग प्रवर्द्धन हुनेछ। बैठकमा अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयराज आचार्य, प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी दिवेश लोहनी, सशस्त्र प्रहरी बलका बाहिनीपति बाबुराम पाण्डे, नेपाली सेनाका प्रतिनिधि, खेलकुद मन्त्रालय, प्रदेश खेलकुद परिषद्का अधिकारीहरु सहभागी थिए।
अर्को समाचार
मनाङे भन्छन्: राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलमा नभई पर्यटनमा लाभ
१६ वैशाख २०७९
•
३ मिनेट पाठ
मनाङे भन्छन्: राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलमा नभई पर्यटनमा लाभ
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक तयारी गर्न बजेट प्रदेशमा बजेट आईसकेको छैन। बजेट नआउँदा जिल्ला छनोट, प्रदेश छनोटसँगै क्याम्प सञ्चालन गर्न अन्यौल बढेको छ। गण्डकी प्रदेश आयोजक हो। तर आयोजकसँग सल्लाह नै नगरेर राष्ट्रिय खेलकुद परिषद र मन्त्रालयले निर्णय गरेको आरोप गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले लगाएको छ।  




‘सल्लाह गरेर निर्णय गरेको छैन। त्यसमा पनि बजेट आएकै छैन। बजेट नआउँदा कसरी सम्भव छ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न समस्या छ,’ गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनाङे)ले भने, ‘परिषद्ले आयोजना गर्यो भने हामी सहभागि मात्रै बन्ने हो। तर उपलब्धी शून्य हुन्छ।’ उनले गण्डकी प्रदेशले आफैं आयोजक बनेर पनि राष्ट्रिय प्रतियोगितामा पदकको अपेक्षा गर्न सकिने अवस्था नभएको बताए। पालिकाबाट खेलाडी छनोट गरेर जिल्ला र प्रदेश छनोट टुंग्याउनुपर्ने भन्दै छनोट प्रक्रिया टुंग्याउन पर्याप्त समय नपुग्ने जिकिर गरे।  

खेलकुदलाई बजेट छैन भनेर प्रदेश सरकारले घटाईदिएको गुनासो समेत उनको थियो। परिषद्ले ९० करोड रुपैयाँ बजेट छुुट्टाउने तयारी गरेको भन्दै मन्त्री गुरुङले सातै प्रदेशलाई १० करोड रुपैयाँको दरमा दिए केही हदसम्म तयारी गर्न सकिने स्पष्ट पारे। ‘पैसा छैन भनेर चुपचाप बसेका थियौं,’ मन्त्री गुरुङले भने, ‘स्पोर्टसको हिसाबले राष्ट्रिय खेलकुद प्रतियोगिता काम छैन् । टुरिजमको हिसाबमा ठिकै छ।’ कोरोनाले ठप्प भएको पर्यटन क्षेत्रमा प्रतियोगिताले राहत दिने भन्दै पर्यटन क्षेत्रलाई उकास्न यो प्रतियोगिताले प्रेरित गर्ने उनको भनाई थियो।  

‘स्पोर्टसको हिसाबमा राष्ट्रिय प्रतियोगिताबाट हात उठाएको छु। जुन बजेट केन्द्रले दिन्छ  त्यसमा मन्त्रालयको तर्फबाट अनुगमन मात्रै गर्ने हा।’ मन्त्री गुरुङले भने। राष्ट्रिय प्रतियोगितामा बनाईने विभिन्न उपसमितिमा मन्त्रालय नबस्ने जनाउँदै मन्त्री गुरुङले राष्ट्रिय प्रतियोगितामा हुने भ्रष्टाचारलाई नियन्त्रणको काम गरिने बताए।  
राष्ट्रिय प्रतियोगितामा सहभागिता मात्रै जनाउने ध्येय गण्डकी प्रदेश खेलकुद मन्त्रालयको छ। ‘हामीले सहभागिता जनाउने मात्रै हो। कमजोरी देख्छु। खेलाडीको ट्रेनिङ छैन्। तीन विभागिय क्लब बाहेक सातै प्रदेशको केवल सहभागिता मात्रै हुन्छ,’ उनको भनाई थियो। यतिबेला देश चुनावमय बनेको छ। चुनावमा सबै क्षेत्र होमिएको छ। खेलाडीहरु पनि राजनीतिक दलमा आवद्ध छन्। चुनावमा खेलाडीहरु प्रचारप्रसारमा जुटेका छन्। ‘खेलाडी सबै चुनावी अभियानमा होमिएको छन्। प्रचारप्रसारमा छन्। चुनावमा खेलाडी नजाउ भन्न सकिदैन्। नजाउ भनेर खेलाडीलाई ट्रेनिङ गराईराख्ने अवस्था पनि छैन्,’ मन्त्री गुरुङको अभिव्यक्ति थियो ।  

प्रदेश सरकारले पनि खेलकुदलाई प्राथमिकतामा राखेको छैन्। खेलकुद क्षेत्रलाई आवश्यक बजेट नदिदाँ पूर्वाधार र प्रतियोगिता सञ्चालन गर्न नसकिएको गुनासो मन्त्री गुरुङको थियो। ‘अहिले बजेट नभएको अवस्था छ। मौसम पनि त्यति राम्रो होईन। तीन महिनापछि धकेलेर आयोजना गर्दा ठिकै हुन्छ,’ उनले भने, ‘पोखरामा बनाउनुपर्ने पौडी पोखरी र सुटिङ रेन्ज बनाउन भ्याउँथ्यौं।’ उनले राष्ट्रिय प्रतियोगिता तयारीमा रहदाँ अझैपनि पोखरा रंगशाला खुला हुन नसकेको बताए। एथलेटिक्स ट्रयाक र फुटबल मैदान अझै बन्द रहेको उल्लेख गर्दै मन्त्री गुरुङले एथलेटिक्स र फुटबल मैदान खुुला गरेर खेलाडीलाई प्रशिक्षण गराउने बातावरण मिलाउनुपर्नेमा जोड दिए।  

पोखरा महानगर खेलकुद विकास समितिले नवौंको तयारीकै लागि महानगरले केही खेल आयोजना गरिएको समितिका अध्यक्ष दिपकबहादुर गोदारले बताए । ‘हामीले अहिले नवौंको लागि तयारी गर्ने योजना अनुसार महानगरको थोरै बजेटबाटै निरन्तर प्रतियोगिता गर्दै आएका छौं।’ अध्यक्ष गोदारले भने, ‘प्रतियोगिताबाटै खेलाडी छनोट गरेर राखिएको छ।’ उनले मार्शल आर्टसको लागि १४ लाख रुपैयाँ महानगरले छुट्टाएको उल्लेख गरे। उनका अनुसार क्याम्प भनेकै खेलाडीको ट्रेनिङ हो भन्दै केही खेलको ट्रेनिङ चलिरहेको छ। उनले टेबल टेनिस, भलिबल, व्याडमिन्टन लगायतको खेलका प्रतियोगिता सञ्चालन गरिसकिएको जानकारी दिए। 
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
यो पनि पढौँ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस