नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुटिरहँदा गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले खेलाडीलाई पौष्टिक आहार(डाईट)को व्यवस्था गर्ने प्रतिबद्धता गरेको छ।
राष्ट्रियस्तरको प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने विभिन्न खेलका खेलाडीलाई तीन महिना पौष्टिक आहार उपलब्ध गराउने निर्णय गरेको छ। निर्णय अनुसार गण्डकी प्रदेशबाट खेल्ने खेलाडीलाई तीन महिना डाईटको व्यवस्था मन्त्रालयले नै गर्ने छ।
खेलाडी डाईटको लागि मन्त्रालयले ५ लाख रुपैयाँ छुट्टाएको छ। छुुट्टाइएको बजेटबाट सबै खेलका खेलाडीलाई समेट्दै डाईट व्यवस्था गरिने मन्त्रालयले जनाएको छ। ‘डाईटको लागि सम्बन्धित खेलसँग खेलाडीको नामावली संकलन मागिएको छ।’
गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुुरुङले भने–‘सबै संघले नामावली दिएपछि ठोस निर्णय गर्ने छौं। अहिले संघहरुले नै खेलाडीको नामावली दिईसकेका छैनन्।’ उनका अनुुसार आगामी बैशाखदेखि खेलाडीलाई डाईटको व्यवस्था गर्ने सम्भावना रहेको छ। तर कतिपय संघलाई भने खेलाडीको डाईटको विषयमा जानकारी नै नभएको प्रतिक्रिया दिएका छन्।
मन्त्रालय तथा परिषद्ले नै सार्वजनिक सूचना एवं संघहरुलाई पत्राचार नभएको गुनासो गरेका छन्। मन्त्रालयले डाईटको लागि पोखराकै कम्पनीहरुसँग छलफल भईरहेको उनले बताए। खेलाडीलाई ड्राई फुड्सको रुपमा प्रोटिन एवं क्यालोरियुक्त चना, बदाम, काजुुको सातुु र फलफुल उपलब्ध गराईने उपाध्यक्ष गुरुङले बताए।
‘प्रोटिन, क्लाल्सियमयुक्त डाईटको व्यवस्था गर्नुपर्छ। खेलाडीलाई आवश्यकता अनुुसार डाईटको खुवाउने योजनासहित काम अघि बढाइएको छ।’ उनको भनाई थियो। कम्पनीसँग गरिएको छलफल अनुसार एक केजीले एकजना खेलाडीलाई २० दिन पुुग्ने उनले बताए। ‘कम्पनीले बताए अनुसार एक केजीले एकजना खेलाडीलाई २० दिन पुुग्छ।’
उपाध्यक्ष गुरुङले सुनाए। खेलाडीलाई प्रोटिन, क्याल्सियमयुुक्त डाईट खुवाउनुपर्ने मन्त्रालयले बताउँदै आएको छ। ‘खेलाडीको काम खेल्ने हो। डाईट हामीले व्यवस्था गरिदिन्छौं।’ युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले सार्वजनिक कार्यक्रममै अभिव्यक्ति दिदैं आएका छन्। मन्त्रालयले प्रत्येक खेलसँग १० जना खेलाडीको नामावली मागेको छ।
टिम गेमका खेलाडीलाई त्यही अनुुसार व्यवस्था गर्नुपर्ने देखिन्छ। मन्त्रालयका अनुसार तीन महिना ३५० जना खेलाडीलाई नियमित रुपमा डाईटको व्यवस्था गरिने छ। संघहरुसँग खेलाडीको नाम मागेपनि कतिपय संघहरुले खेलाडीको नाम पठाउन नसक्दा निर्णय ढिला भएको समेत गण्डकी प्रदेश युवा तथा खेलकुद परिषदले जनाएको छ।
कास्की जिल्ला भलिबल संघले बिहीबारदेखि सामुदायिक विद्यालयस्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिता आयोजना गर्दै छ। ‘विद्यालयस्तरीय प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरेर मन्त्रालयमा खेलाडीको नाम पठाउँछौं।’ कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीमप्रसाद पराजुलीले भने–‘खेलाडी छनोट नभईसकेको हुदाँ नाम पठाउन ढिलाई भएको हो। प्रतियोगिता लगत्तै खेलाडी छनोट गरेर नाम पठाउँछौं।’
कास्की जिल्ला तेक्वान्दो संघले पनि खेलाडीको नामावली दुुईदिनभित्र पठाउने अध्यक्ष कुमार गुरुङले बताए। कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले खेलाडीलाई डाईट खुवाउने मन्त्रालयको निर्णय बारे कुनै जानकारी नै नभएको प्रतिक्रिया दिए।
कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन श्रेष्ठले पनि मन्त्रालय खेलाडीलाई उपलब्ध गराउने डाईटको विषयमा कुनै जानकारी नपाएको प्रष्टयाए। एथलेटिक्स संघ कास्कीका पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य गजबहादुर गुरुङले समेत खेलाडीलाई डाईट खुवाउने विषयमा जानकारी नभएको प्रतिक्रिया दिए।