जिमन्याष्टिक फ्लोर म्याट आईपुग्यो, प्रशिक्षणको तयारी
०२ वैशाख २०७९
•
३ मिनेट पाठ
जिमन्याष्टिक फ्लोर म्याट आईपुग्यो, प्रशिक्षणको तयारी
साढे दुईदशकपछि जिमन्याष्टिकको नयाँ फ्लोर म्याट आईपुगेको छ। म्याट आइपुगेपछि जिमन्याष्टिकको आधारभूत प्रशिक्षण शुरु गराउने तयारी कास्की जिल्ला जिमन्याष्टिक संघले गरेको छ। म्याटकै अभावमा झण्डै साढे दुई दशकदेखि पोखरा रंगशालाभित्र जिमन्याष्टिकको प्रशिक्षण हुनै सकेको थिएन।  




गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले आर्थिक सहयोगमा भारतबाट ६ इन्च मोटाईको फ्लोर म्याट आईपुगेको छ। स्थानीय तहको निर्वाचनपछि जिमन्याष्टिकको गतिविधि शुरु गराउने संघले जनाएको छ। ‘फ्लोर म्याट आएको छ। अब जिमन्याष्टिकको अधारभूत प्रशिक्षण गराउन सकिन्छ,’ संघका अध्यक्ष योगेन्द्र गुरुङले भने, ‘अन्यत्र हल छैन। बहुउद्देश्यीय कभर्ड हलमै प्रशिक्षण गराउँछौं।’ जिमन्याष्टिकको पुरानो म्याट जीर्ण भएर काम नलाग्ने अवस्थामा छ।

प्रदेश सरकारले तीनलाख रुपैयाँ आर्थिक सहयोग गरेपछि जिमन्याष्टिकको फ्लोर म्याट भारतबाट खरीद गरी ल्याइएको हो। ‘रिङ, प्यारलल बार, साईड हर्स, स्प्रिङ बोर्ड लगायतका जिमन्याष्टिकका खेल सामाग्री आवश्यक रहेको संघका अध्यक्ष गुरुङ बताउँछन्। ‘ती सामान ल्याउन एक करोड भन्दा बढी खर्च हुन्छ,’ उनले भने, ‘जिमन्याष्टिकका सबै इभेण्टका प्रतिस्पर्धा राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश नै गरिएको छैन।’ उनका अनुुसार जापान जिमन्याष्टिक फेडेरेशनले नै सबै सामान सहयोग दिने प्रतिबद्धता समेत गरेको छ।  

प्रशिक्षक र सामान नहुदाँको पीडा वर्षौदेखि जिमन्याष्टिकले झेल्दै आएको संघका कोषाध्यक्ष एवं जिमन्याष्टिकका पूर्व राष्ट्रिय खेलाडी थमनबहादुर थापाले बताए। ‘पोखरा रंगशालामा जिमन्याष्टिकको प्रशिक्षण नभएको जुग नै भयो। वर्षैदेखि जिमन्याष्टिकका गतिविधि ठप्पै छ,’ उनले भने, ‘संघको नेतृत्व हामी आएपछि फ्लोर म्याट ल्याउन सफल भयौं अब प्रशिक्षण सुरु गराईने छ।’ 

पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा आफु सहभागि भएको सुनाउँदै त्यतिबेला पनि पुराना खेलाडीलाई बोलाएर टिम बनाएर राष्ट्रिय प्रतियोगिता खेल्न गएको यथार्थता सुनाए । ‘सामान थिएन। प्रशिक्षण छैन। पुराना साथीलाई बोलाएर सहभागि बन्यौं,’ उनले भने, ‘‘प्रशिक्षण नहुदाँ पदकको अपेक्षा गर्ने कुरै भएन।’ पोखराले जिमन्याष्टिकमा पदक जित्न नसकेको तीन दशक भन्दा बढी समय भएको ठम्याई संघको छ।  
हिजोको अवस्था भन्दा विल्कुल फरक छ। हिजो सामान थिए । तर पूर्वाधार थिएन। आज पोखरा रंगशालामा पूर्वाधार बन्दै गएका छन्। तर आवश्यक खेलकुद सामग्री छैन। पूर्वाधार नहुदाँ भए गरेको सामानबाटै जेनतेन प्रशिक्षण हुन्थ्यो। तर अहिले सामान पनि छैन। खेलाडी पनि छैनन्। प्रशिक्षणको टुंगो हुन्न। प्रशिक्षक नै नहुँदा प्रशिक्षण हुनै सक्ने अवस्था नभएको उनको भनाई थियो।  

कास्की जिल्ला जिमन्याष्टिक संघ सक्रिय नै छ। यद्यपी प्रशिक्षण गराउने तर्फ ध्यान दिएपनि प्रशिक्षकको अभावमा अड्किएको छ। कास्की जिल्ला जिमन्याष्टिक संघका अध्यक्ष गुरुङका अनुसार हिजो भएका प्रशिक्षकले पनि प्रशिक्षण नगराउँदाको दुर्दशा अहिले देखिएको छ। प्रशिक्षणनै नहुदाँ खेलाडी उत्पादन हुने सम्भावना नै भएको उनको ठम्याई छ। राष्ट्रिय खेलकुद परिषदले पनि जिमन्याष्टिकको लागि आवश्यक सामान उपलब्ध नगराईदिँदाको पीडा संघले भोग्दै आएको छ। ‘जिमन्याष्टिक संघको केन्द्रीय सदस्य समेत रहेका गुरुङले जिमन्याष्टिकको विकासको लागि आफैंले संघको नेतृत्व गरेका छन्। उनकै सक्रियतामा संघले ‘मदर अफ दि गेम’ जिमन्याष्टिकलाई नयाँ उचाईमा पुर्याउने लक्ष्य लिएको छ।  

कोभिड–१९ कै कारण प्रशिक्षक प्रशिक्षण गर्ने योजनालाई थाँती राखिएको उनले बताए। कोषाध्यक्ष थापाले गण्डकी प्रदेश खेलकुद परिषदले सञ्चालन गरेको तीन महिने प्रशिक्षकको तालिम समेत लिईसकेको सुनाए। नेपाल जिमन्याष्टिक संघले प्रदान गरेको एक महिने प्रशिक्षक कोर्ष समेत गरेर आएको बताउँदै आईसकेको फ्लोर म्याटमा प्रशिक्षण सुरु गराउने स्पष्ट पारे। उनका अनुसार ६ फिट लम्बाईका १२ वटा म्याट आईपुगेको छ।

तीनवटा म्याट अझै आउन बाँकी छ। तीन वटा म्याट आईसकेपछि प्रशिक्षण गराउने संघले जनाएको छ। संघले प्रदेश सरकार मार्फत आगामी आर्थिक वर्षको लागि १० लाख रुपैयाँ रातो किताबमै  जिमम्याष्टिकको लागि थप बजेट राखिएको छ।  
अर्को समाचार
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
२६ मिनेट अघि
•
१ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।




बेलबारी नगरपालिका-११ स्थित लक्ष्मीमार्गको डाँगिहाट रंगशालामा पुस ४ देखि १० गतेसम्म हुन लागेको प्रतियोगिताबारे आयोजक डाँगिहाट युथ क्लबले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको हो। क्लबका अध्यक्ष विक्रम बान्तवा राईले बेलबारी क्षेत्रको पहिचान विभिन्न क्षेत्रबाट भइरहँदा खेलकुदबाट पनि अझ व्यापक गर्न गोल्डकपको आयोजना गरिएको बताए। उनले यस क्षेत्र विभिन्न जातजाति, भाषाभाषी, धर्मसंस्कृतिको संगमस्थल रहेको हुँदा यसको आफ्नै छुट्टै महत्व र स्थान रहे पनि खेल क्षेत्रबाट अझ विशेष बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको प्रस्ट्याए।

प्रतियोगिता सुगम ठाउँमा गर्न जति सजिलो र सहज छ, त्योभन्दा पनि गाह्रो मोफसलको पनि यस्तो गाउँ झन् मोफसलमा कति गाह्रो र समस्याले गरेका छौं, अध्यक्ष बान्तवाले भने, ‘सुगम ठाउँमा हुने प्रतियोगितालाई प्रायोजक र आर्थिक सहयोग सबैतिरबाट जुट्छ। तर, सहरभन्दा बाहिर गाउँमा गरिने प्रतियोगितालाई प्रायोजन गर्न खोज्दैनन्। जसका कारण प्रतियोगिता भनेजस्तो गर्न सकिँदैन। हामीलाई यस क्षेत्रबाट विदेश जानुभएकाले र यहाँका स्थानीयवासी, व्यापारी र नगरपालिकाले सहयोग गर्दै आउनुभएको हुँदा आर्थिक समस्याकाबीच एउटा भव्य र सभ्य तरिकाले गोल्डकपको ९ औं संस्करणसम्म आइपुगेका छौं।’

प्रतियोगिताले निरन्तरता पाउनु हाम्रो आर्थिक गतिविधि पारदर्शिता पनि हो भन्ने लाग्छ, अध्यक्ष बान्तवाले भने। युवा वर्गलाई खेलकुद क्षेत्रमा आकर्षित गर्दै एउटा राम्रो खेलाडी उत्पादन गर्नुका साथै सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने विश्वासका साथ प्रतियोगिता गर्न लागेको उनले बताए। यो मैदानमा दैनिक १ सय जनाले प्रशिक्षण गर्दै आएका छन्।

प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहेको छ। आयोजक डाँगिहाट युथ क्लब, सिरहाको सलहेश युवा क्लब, काठमाडौंको विभागीय टोली नेपाल पुलिस क्लब, काठमाडौंको थ्रीस्टार क्लब, काठमाडौंकै प्लानिङ ब्वाइज क्लब, झापाको रेडस्टार क्लब, भोजपुरको भोजपुर जिल्ला फुटबल संघ र भारतको मिक्स क्लब खार्साङले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँका साथै ट्रफी प्राप्त गर्नेछन्। त्यस्तै व्यक्तिगततर्फ सर्वोत्कृष्ट खेलाडीले ५१ हजार, उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र मिडफिल्डरले जनही १७ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगिता आयोजना गर्दा करिब ७६ लाख १ हजार रुपैयाँ आम्दानी हुने र ७२ लाख ७४ हजार अनुमानित खर्च रहेको आयोजकले जनाएको छ।

प्रतियोगिता रनिङ शिल्ड भएकाले एक पटक झापा र एक पटक काठमाडौंको प्लानिङ ब्वाइज क्लबले लगिसकेका छन्। गतवर्ष काठमाडौंको प्लानिङ ब्वाइज क्लब र सिरहाको सलहेश युवा क्लबबीच भएको फाइनल खेलमा प्लानिङ क्लबले उपाधि जितेको थियो।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस