खेलकुदमा २०७८: आठ महिना शून्य, चार महिना व्यस्त
३० चैत्र २०७८
•
३ मिनेट पाठ
खेलकुदमा २०७८: आठ महिना शून्य, चार महिना व्यस्त
त्रासै त्रासको बीचमा रुमलिएको खेलकुदले यो वर्ष फड्को मार्यो। पछिल्लो चारमहिना यता खेलकुदका गतिविधिले गतवर्षको कोभिड–१९ को सन्त्रासलाई ओझेलमै राख्यो। खेलकुद गतिविधिले पोखरालाई खेलकुदकै राजधानी भएको थप प्रष्ट्याईदियो।  एकपछि अर्को गरी आयोजना गरिएको खेलकुद प्रतियोगिताले खेलाडीलाई पनि व्यस्त बनायो। आठमहिना शून्यता रहँदा पुस यता खेलाडीको व्यस्तता बढ्यो ।  




यो अवधिमा सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा ‘आईटिएफ इन्टरनेशनल यु–१८ टेनिस’ प्रतियोगिता रह्यो। कोभिडको नयाँ भेरियन्टको रुपमा देखापरेको ओमिक्रोनको त्रास बढ्दै गएको अबस्थामा कास्की जिल्ला टेनिस संघले आईटिएफ यु–१८ प्रतियोगिताको आयोजना र व्यवस्थापन गर्यो। सर्किट १ र २ गरी १० देशका १८० जना स्वदेशी तथा विदेशी खेलाडी पोखरा रंगशालाको टेनिस कोर्टमा आईपुगेका थिए। ‘ओमिक्रोनको त्रास नभएको भए आईटिएफकै थप कार्यक्रम पोखरामा गर्न सकिन्थ्यो,’ कास्की जिल्ला टेनिस संघका सचिव नविन श्रेष्ठले भने, ‘यु–१८ को कार्यक्रमले पोखराको सुस्ताएको पर्यटनलाई उकास्ने प्रयास गर्यो।

त्यस्तै यो वर्ष टेनिसको माहोल पनि बन्यो। टेनिसको गन्तव्यको रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण समेत गर्यो।’ कास्की जिल्ला टेनिस संघले उमेर समूहको प्रतिस्पर्धालाई समेत प्राथमिकता राख्यो। जुनियर तथा सिनियर एवं भेट्रान टेनिसको आयोजना गर्यो।  

नेपाल ट्रायथोलन संघले आयोजना गरेको एशिया ट्रायथोलन कप तथा साउथ एशियन ट्रायथोलन च्याम्पिनसिप एवं दुवाथोलनले पनि खेल पर्यटन प्रवद्र्धनमा इँटा थप्ने काम गर्यो। सुस्ताएको पर्यटनलाई समेत यी प्रतियोगिताले राहत दिलायो। ७ देशका महिला र पुरुष गरी ६२ जनाले सहभागिता जनाएका थिए। अधिकांश भारतीय खेलाडी सहभागि थिए। ट्रायथोलन गतवर्ष कोभिड–१९ कै कारणले रोकिएको थियो। ‘ट्रायथोलनले पोखराको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ,’ नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले भने, ‘केवल ट्रायथोलनको विकास मात्रै होईन पर्यटन प्रवद्र्धनमा सहयोगी भूमिका खेल्यो।’  

नेपाल भुतपुर्व खेलाडी मञ्चको पोखरा अन्तर्राष्ट्रिय म्याराथनसँगै मोफसलकै प्रतिष्ठित आहा रारा गोल्डकप, टाईगर ग्रुपको महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताले खेलकुदमा नयाँ उचाई थप्यो। आर्चरी संघ कास्कीले पोखरामै पहिलो पटक गण्डकी प्रदेशस्तरीय आर्चरी च्याम्पियनसिप गर्यो। 
स्थानीयस्तरमै कास्की जिल्ला क्रिकेट संघले आयोजना गरेको शनिबारीय टी–२० क्लब च्याम्पियसिप, पोखरा महानगर खेलकुद विकास समितिले आयोजना गरेको कास्की जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगिता, टेबलटेनिस प्रतियोगिता, अन्तरवडास्तरीय भलिबल प्रतियोगिता, कास्की जिल्ला भलिबल संघले आयोजना गरेको विद्यालयस्तरीय सिर्जना कप भलिबल प्रतियोगिता, कास्की जिल्ला बास्केटबल संघले आयोजना गरेको माविस्तरीय बास्केटबल प्रतियोगिता आयोजना गरेका थिए।  

खेल–पर्यटनसँगै यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताले भने योवर्ष ऐतिहासिक उपलब्धी दिलायो। धनगढीमा आयोजित यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकी प्रदेशले पहिलो पटक उपाधि जित्दै ऐतिहासिक सफलता प्राप्त गर्यो। ‘महिला क्रिकेटको लागि यो ऐतिहासिक उपलब्धी हो,’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल बताउँछन्।  

त्यस्तै भेट्रान तर्फ पनि उत्तिकै प्रतियोगिता आयोजना गरिए। राष्ट्रिय भेट्रान टेबल टेनिस, कास्की ह्याण्डबल संघले आयोजना गरेको भेट्रान ह्याण्डबल प्रतियोगिताले पनि उमेर समूहका खेलाडीलाई एरिनामा उतार्यो। अन्तराष्ट्रिय खेलाडी सहभागिता जनाउने सम्भावना बोकेका खेल आयोजना र व्यवस्थापन गर्नुपर्ने खाँचो छ। खेल पर्यटन प्रवद्र्धनको लागि पनि खेलहरुले त्यस तर्फ ध्यान दिन जरुरी छ। पोखरा रंगशालामा पूर्वाधारसँगै खेलकुदका गतिविधि बढेका छन्। केही खेल भने शून्यमै रह्यो। 
अर्को समाचार
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
३७ मिनेट अघि
•
१ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।




बेलबारी नगरपालिका-११ स्थित लक्ष्मीमार्गको डाँगिहाट रंगशालामा पुस ४ देखि १० गतेसम्म हुन लागेको प्रतियोगिताबारे आयोजक डाँगिहाट युथ क्लबले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको हो। क्लबका अध्यक्ष विक्रम बान्तवा राईले बेलबारी क्षेत्रको पहिचान विभिन्न क्षेत्रबाट भइरहँदा खेलकुदबाट पनि अझ व्यापक गर्न गोल्डकपको आयोजना गरिएको बताए। उनले यस क्षेत्र विभिन्न जातजाति, भाषाभाषी, धर्मसंस्कृतिको संगमस्थल रहेको हुँदा यसको आफ्नै छुट्टै महत्व र स्थान रहे पनि खेल क्षेत्रबाट अझ विशेष बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको प्रस्ट्याए।

प्रतियोगिता सुगम ठाउँमा गर्न जति सजिलो र सहज छ, त्योभन्दा पनि गाह्रो मोफसलको पनि यस्तो गाउँ झन् मोफसलमा कति गाह्रो र समस्याले गरेका छौं, अध्यक्ष बान्तवाले भने, ‘सुगम ठाउँमा हुने प्रतियोगितालाई प्रायोजक र आर्थिक सहयोग सबैतिरबाट जुट्छ। तर, सहरभन्दा बाहिर गाउँमा गरिने प्रतियोगितालाई प्रायोजन गर्न खोज्दैनन्। जसका कारण प्रतियोगिता भनेजस्तो गर्न सकिँदैन। हामीलाई यस क्षेत्रबाट विदेश जानुभएकाले र यहाँका स्थानीयवासी, व्यापारी र नगरपालिकाले सहयोग गर्दै आउनुभएको हुँदा आर्थिक समस्याकाबीच एउटा भव्य र सभ्य तरिकाले गोल्डकपको ९ औं संस्करणसम्म आइपुगेका छौं।’

प्रतियोगिताले निरन्तरता पाउनु हाम्रो आर्थिक गतिविधि पारदर्शिता पनि हो भन्ने लाग्छ, अध्यक्ष बान्तवाले भने। युवा वर्गलाई खेलकुद क्षेत्रमा आकर्षित गर्दै एउटा राम्रो खेलाडी उत्पादन गर्नुका साथै सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने विश्वासका साथ प्रतियोगिता गर्न लागेको उनले बताए। यो मैदानमा दैनिक १ सय जनाले प्रशिक्षण गर्दै आएका छन्।

प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहेको छ। आयोजक डाँगिहाट युथ क्लब, सिरहाको सलहेश युवा क्लब, काठमाडौंको विभागीय टोली नेपाल पुलिस क्लब, काठमाडौंको थ्रीस्टार क्लब, काठमाडौंकै प्लानिङ ब्वाइज क्लब, झापाको रेडस्टार क्लब, भोजपुरको भोजपुर जिल्ला फुटबल संघ र भारतको मिक्स क्लब खार्साङले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँका साथै ट्रफी प्राप्त गर्नेछन्। त्यस्तै व्यक्तिगततर्फ सर्वोत्कृष्ट खेलाडीले ५१ हजार, उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र मिडफिल्डरले जनही १७ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगिता आयोजना गर्दा करिब ७६ लाख १ हजार रुपैयाँ आम्दानी हुने र ७२ लाख ७४ हजार अनुमानित खर्च रहेको आयोजकले जनाएको छ।

प्रतियोगिता रनिङ शिल्ड भएकाले एक पटक झापा र एक पटक काठमाडौंको प्लानिङ ब्वाइज क्लबले लगिसकेका छन्। गतवर्ष काठमाडौंको प्लानिङ ब्वाइज क्लब र सिरहाको सलहेश युवा क्लबबीच भएको फाइनल खेलमा प्लानिङ क्लबले उपाधि जितेको थियो।
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस