प्रधानमन्त्री कप महिला भलिबलको तयारी पुरा
०९ चैत्र २०७८
•
२ मिनेट पाठ
प्रधानमन्त्री कप महिला भलिबलको तयारी पुरा
आठौं प्रधानमन्त्रीकप आमन्त्रण महिला भलिबल प्रतियोगिताको टिसर्ट सार्वजनिक गरिदै। तस्बिर: नागरिक
आठौं प्रधानमन्त्रीकप आमन्त्रण महिला भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ। नेपाल भलिबल संघले चैत १० देखि १४ गतेसम्म नेपालगन्ज रंगशालास्थित कभर्ड हलमा उक्त प्रतियोगिता सञ्चालन गर्न लागेको हो।  




नेपालगन्ज रंगशालामा बुधबार आयोजित पत्रकार भेटघाटमा आयोजक संस्थाका अध्यक्ष टिएस ठकुरीले प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिए।

उनका अनुसार उक्त प्रतियोगितामा आयोजकसहित नेपालका शीर्ष चार र भारतका दुई वटा टिमको सहभागिता रहनेछ। लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तिसगढ स्पोर्ट्स एकेडेमी (महाराष्ट्र) र हरियाना स्पोर्ट्स क्लब सहभागी हुनेछन्।  

साविक विजेता समेत रहेको चर्चित एपिएफ क्लब यसपटक सहभागी नहुने आयोजकले जनाएको छ। एपिएफ क्लब सहभागी नहुने भएपछि प्रतियोगिता खल्लो हुने संकेत देखिएको छ। गतवर्ष एपिएफका खेलाडीले उत्कृष्ठ खेल प्रर्दशन गरेका थिए।  

प्रधानमन्त्री कपमा एपिएफले तीन पटक उपाधिक हात पारिसकेको छ। आयोजकले यसपटक एपिएफ क्लबले सहभागिता नजनाउने पत्रकार भेटघाट मार्फत जानकारी दिइसकेको छ। आयोजकका अनुसार प्रतियोगितामा हरेक दिन दुई खेल सञ्चालन गरिनेछ। प्रतियोगिताको पहिलो दिन नेपाल पुलिसविरुद्ध त्रिभुवन आर्मी क्लबले खेल्नेछ, भने अर्को खेल न्यु डायमन्ड एकेडेमी विरुद्ध आयोजक टिम लुम्बिनी युनाइटेड भिड्नेछ।  

प्रतियोगिताका विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो हुने टिमले एक लाख र चौथो हुनेले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपिएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपिएफ, छैटौंमा पुलिस र सातौंमा एपिएफ च्याम्पियन बनेका थिए। प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले उद्घाटन गर्ने भएका छन्।
अर्को समाचार
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
१ घण्टा अघि
•
१ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
जुम्ला। राष्ट्रिय खेलकुदको उत्सव बोकेको ओलम्पिक टर्च र ट्रफी शनिबार जुम्लामा आइपुगेको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसारका लागि सुरु गरिएको टर्च तथा ट्रफी टुर म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा जुम्ला पुगेको हो।




राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्दिरमा पुर्‍याएको छ। जुम्ला बजार परिक्रमा गराएर मन्दिरमा पुर्‍याइएको ट्रफी र ओलम्पिक टर्चले जिल्लामा राष्ट्रिय खेलकुदको माहोल सिर्जना गरेको छ। खेलकुदको राष्ट्रिय उत्सवलाई कर्णालीको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोड्ने उद्देश्यले गरिएको यस कार्यक्रमले जुम्लाको खेलकुद सम्भावनालाई समेत उजागर गरेको छ।

यसअघि शुक्रबार दैलेखको पवित्र धार्मिकस्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी ट्रफी टुरको शुभारम्भ गरिएको थियो। श्रीस्थानबाट सुरु भएको टर्च यात्रा जुम्ला हुँदै प्रतियोगिताको मुख्य खेलस्थल सुर्खेत पुगेर टुंगिनेछ।

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदप्रति जनउत्साह बढाउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्ले टर्च तथा ट्रफी टुर सञ्चालन गरेको हो। प्रतियोगिताको सन्देश देशभर पुर्‍याउनुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसमेत टुरले राखेको छ।

टर्च तथा ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा र कराँते खेलाडी मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडी सहभागी छन्।

म्याराथन धावक रोकायाले खेलकुदमा सफलता प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन र लगनशीलता आवश्यक पर्ने बताए। उनले खेलाडीले लक्ष्य प्राप्तिका लागि नियमित अभ्यास र समर्पणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

ओलम्पियन देबु थापाले जुम्लामा खेलकुदको सम्भावना राम्रो रहेको उल्लेख गर्दै त्यसलाई परिणाममा बदल्न खेलाडीलाई आवश्यक अवसर, प्रशिक्षण र पूर्वाधार उपलब्ध गराउनुपर्नेमा जोड दिए।

राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्चको आगमनले प्रतियोगिताको प्रचारप्रसारसँगै नयाँ पुस्तामा खेलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ। खेलकुदका दृष्टिले सम्भावनायुक्त कर्णालीमा प्रतिभाको पहिचान, विकास र अवसर विस्तार गर्नुपर्ने सन्देशसमेत टर्च टुरले दिएको छ।
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस