विराटनगरमा शनिबारदेखि इक्वालिटी कप लिग क्रिकेट प्रतियोगिता हुने भएको छ। नेपाल क्रिकेट फाउण्डेसनले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै क्रिकेट प्रतियोगिता आयोजनाको जानकारी दिएको हो।
फाउण्डेसनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठका अनुसार लैंगिक विभेद अन्त्य गर्न सहयोग हुने उद्देश्यका साथ महिलालगायत लैंगिक विभेदमा परेकालाई क्रिकेट खेलप्रति मोह जगाउनु पनि मुख्य उद्देश्य रहेको बताए। उनले लैंगिक विभेद मुक्त समाज बनाउनका लागि महिलालाई जागरुक बनाउनु पर्ने भएकाले पनि खेलमार्फत समाजमा महिलालगायत अन्य लैंगिक विभेदमा परेलाई अगाडि ल्याउनु पनि खेलको एउटा पक्ष हो।
फाउण्डेसनले महिला क्रिकेट खेलको विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसका अवसर पारेर इक्वालिटी कप क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको बताइएको छ। विराटनगर–१९ स्थित बैजनाथपुर खेल मैदानमा फागुन २१ देखि फागुन २४ गतेसम्म प्रदेश १ र मधेस प्रदेशको गरी ४ वटा महिला टिमको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागेको श्रेष्ठले जानकारी दिए।
प्रतियोगितामा प्रदेश १ को झापा, मोरङ र सुनसरी तथा मधेस प्रदेशबाट सप्तरीको सहभागिता रहेको छ। आगामी वर्ष अन्य थप्ने योजना रहेको जानकारी दिएको छ। राउण्ड रोबिन लिगका आधारमा खेल हुन्छ। शीर्ष दुई स्थानमा भएका टोलीबीच फाइनल खेल हुनेछ। प्रतियोगिता आयोजना गर्न करिब साढे ५ लाख रुपैयाँ खर्च हुने आयोजकले बताएको छ।
नेपालको महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्री, काजल श्रेष्ठ, अप्सरी बेगम, संगीता राई, सब्नम राईलगायतका खेलाडीले प्रतियोगितामा खेल्ने आयोजकले जानकारी दिएको छ।