यु–१९ महिला टोलीको बिदाइ
२१ मंसिर २०७८
•
२ मिनेट पाठ
यु–१९ महिला टोलीको बिदाइ
नेपालले साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेको छ। बंगलादेशमा आयोजना हुने साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने टोलीको बिदाइ कार्यक्रममा मुख्य प्रशिक्षक हरिओम श्रेष्ठ र कप्तान अन्जना रानामगरले उपाधि जित्ने लक्ष्यका साथ चुनौती प्रस्तुत गर्ने बताएका हुन्।




अन्जनाको कप्तानीमा साफ खेल्ने २३ सदस्यीय नेपाली टोलीलाई सोमबार बिदाइ गरिएको थियो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले बिदाइ गरेका हुन्।

सो अवसरमा सदस्यसचिव घिसिङले विजेता बन्ने मनोबलका साथ खेल्न आग्रह गर्दै परिषद्ले राष्ट्रिय टोलीको प्रदर्शन सुधारका लागि योजना बनाएको समेत बताए।

एन्फा अध्यक्ष शेर्पाले पनि नेपाली टोलीको तयारी राम्रो रहेकाले उपाधि जित्नेमा आफूहरू ढुक्क रहेको विश्वास व्यक्त गरे। आगामी डिसेम्बर ११ देखि २२ सम्म ढाकामा आयोजना हुने प्रतियोगितामा पाँच राष्ट्रले चुनौती प्रस्तुत गर्दै छन्।

आयोजक बंगालदेशसँगै नेपाल, भुटान,भारत र श्रीलंकाले प्रतियोगितामा भाग लिनेछन्। नेपाली टोली मंगलबार बंगलादेशतर्फ प्रस्थान गर्दै छ। मुख्य प्रशिक्षक श्रेष्ठले आइतबार २३ सदस्यीय नेपाली महिला खेलाडीको नाम सार्वजनिक गरेका थिए।

गोलकिपर अन्जनाको कप्तानीमा रहेको टोलीमा सावित्री किशन, अंकिता राई, सलोनी रानामगर, सविना चौधरी, मञ्जुकुमारी खड्का, हिमा रावत, प्रतीक्षा चौधरी, सुष्मा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर, विमला विक, रश्मिकुमारी घिसिङ,सदिपा भोलान, चन्द्रा भण्डारी, खुश्मा राई, दीपा शाही, कुसुम खतिवडा, सविता रानामगर,सरस्वती हमाल, प्रीति राई, अमिशा कार्की र मेनुकाकुमारी आले मगर छन्। प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ तारिखमा खेल्नेछ।

नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध १५ तारिखमा तथा तेस्रो खेलमा भुटानविरुद्ध १७ तारिखमा खेल्ने तालिका छ। यस्तै आफ्नो चौथो खेलमा नेपालले भारतविरुद्ध डिसेम्बर १९ मा प्रतिस्पर्धा गर्नेछ। राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्। फाइनल डिसेम्बर २२ मा हुनेछ।
अर्को समाचार
सुवासको ह्याट्रिकमा पुलिसलाई सफलता
२४ पौष २०८०
•
१ मिनेट पाठ
सुवासको ह्याट्रिकमा पुलिसलाई सफलता
अन्तिम १० मिनेटमा सुवास बमले ह्याट्रिक गरेपछि नेपाल पुलिस क्लबले जारी एन्फा यु-१६ युथ लिगमा सोमबार फ्रेन्ड्स क्लबमाथि ३-१ को रोमाञ्चक जित निकालेको छ।




सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा निर्धारित समयको आठ मिनेट बाँकी छँदासम्म फ्रेन्ड्स १–० ले अगाडि थियो। तर, अन्तिम समयमा सुवास चम्कँदा पुलिसले रोमाञ्चक जित निकाल्यो।

जितसँगै पुलिस आठ खेलबाट १४ अंक बटुल्दै अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। फ्रेन्ड्स भने सात खेलबाट ९ अंकसहित सातौं स्थानमा यथावत् छ।

पहिलो हाफ गोलरहित बराबरीमै सकियो। तर, दोस्रो हाफमा चार गोल भयो। ४७औं मिनेटमा अंकित थापाको गोलबाट फ्रेन्ड्सले अग्रता लियो। तर, अन्तिम समयमा त्यो अग्रता जोगाउन सकेन र पुलिसले तीन गोल फर्कायो।

सुवासले ८३औं मिनेटमा पेनाल्टी गोलबाट पुलिसलाई १–१ को  स्थितिमा ल्याए। उनले दुई मिनेटपछि नै दोस्रो गोल गर्दै पुलिसलाई अग्रता दिलाए। इन्जुरी समयको ९३औं मिनेटमा सुवासले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे।

समान आठ खेलबाट मच्छिन्द्र १७ अंक र संकटा १६ अंकसहित शीर्ष दुई स्थानमा छन्। ‘ए’ डिभिजन लिग खेल्ने १० क्लबका युथ टोलीले एन्फा यु–१६ खेलिरहेका छन्। 
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस