धादिङ जिल्ला टि २० क्रिकेट प्रतियोगिताको उपाधिको लागि त्रिपुरासुन्दरी र गजुरी धादिङ युवा क्लब भिड्ने भएका छन्। बुधबार चन्द्रोदय बहुमुखी क्याम्पसको मैदानमा भएको सेमिफाइनलमा गजुरी सामुदायिक विकास समाजले चरौदी समाज सुधार युवा क्लबलाई १ सय १९ रन र दोस्रो सेमिफाइनलमा त्रिपुरासुन्दरीले संवाहकलाई ६८ रनले हराउँदै फाइनलमा पुगेका हुन्।
चन्द्रोदय खेल मैदानमा टस जितेर ब्याटिङका थालेको गजुरीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो। गजुरीका शीर्षक्रमका ब्याटर उज्वल थापाले ४० बलमा ८ चौका र ९ छक्का सहित १ सय रनको अविजित शतकीय इनिङ खेले। चरौदीका एन्जल सिलवालले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिएका थिए। २ सय रनको विशाल विजयी लक्ष्य पछ्याएको चरौदी २० ओभरमा ८० रनमा अल आउट भयो। चरौदीका चन्द्रेश ठाकुरले सर्वाधिक ३२ रन बनाए। गजुरीका निरोज रिजालले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिएपछि चदौरी ब्याटिङ ध्वस्त बनेको थियो।सन्देश सापकोटा र प्रदीप गिरीले सम्मान २–२ विकेट लिए।
त्यस्तै अर्को सेमिफाइनलमा टस जितेर ब्याटिङ रोजेका त्रिपुरासुन्दरीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो। त्रिपुरासुन्दरीका कप्तान अमृत थापाले ४४ बलमा १२ चौका र ३ छक्का सहित ८५ रनको उत्कृष्ट इनिङ खेले। संवाहकका लागि राज कुमार , सुदीप पाठक, अमृत थापा र नवराजले सम्मान १/१ विकेट लिए। जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको संवाहक १७.४ बलमा १ सय ६ रनमै अल आउट भएको थियो। संवाहकका लागि सुदीप पाठकले सर्वाधिक १४ रन बनाए। अन्य ब्याटरको प्रदर्शन सम्झन लायक रहेन।
सन्दीपबाहेक अन्य कुनैपनि ब्याटरले क्रिजमा टिकेर दोहोरो अंकमा रन जोड्न सकेनन्। त्रिपुरासुन्दरीका श्री कृष्णले सर्वाधिक ३ विकेट लिए। अनिल अधिकारी र उदय थापाले २/२ विकेट लिए। फाइनल बिहीबार हुनेछ।
लिटल फ्लावर प्रिमियर लिगको पाँचौ संस्करण क्रिकेट प्रतियोगितामा हिमालयन ह्वाइट हाउस काठमाडौँले उपाधी जितेको छ । धनगढी स्थित संघिय ईकाई प्रहरी कार्यालयको खेल मैदानमा शनिवार भएको फाईनल खेलमा साविक विजेता समेत रहेको धनगढीको लिटल फ्लावर स्कुललाई ८० रनले जित हात पार्दै ह्वाइट हाउस च्याम्पियन बनेको हो । टस जितेर पहिले ब्याटिङ गरेको ह्वाइट हाउसले निर्धारित २० ओभर ९ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । उसका लागि गजेन्द्र बोहराले ७० र सतिश यादवले २९ रन बनाए । लिटल फ्लावरका राज कुमार शाहले ५ विकेट लिए । १ सय ६८ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको घरेलु टोली लिटल फ्लावरले १७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ८७ रन मात्रै बनाउन सक्यो । लिटल फ्लावरका लागि निशान्त बुढाऐरले १७ र पुष्करराज बडुले अविजित रहदै १४ रन बनाए । ह्वाइट हाउसका प्रतिश जिसीले ३ र स्वरुप श्रेष्ठले २ विकेट लिए । म्यान अफ द फाइनल ह्वाइट हाउसका गजेन्द्र बोहरा चुनिए । उपाधिसंगै ह्वाइट हाउसले नगद १ लाख २० हजारसहित ट्रफी प्राप्त गरेको छ भने लिटल फ्लावरले ६० हजार पाएको छ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी ह्वाइट हाउसका गजेन्द्र बोहरा भए । उनले नगद १० हजार पाए । यस्तै शारदा विद्या निकेतनका दिनेश ओड उत्कृष्ट ब्याट्सम्यान, ह्वाइट हाउसका सन्दिपजंग शाही उत्कृष्ट बलर र लिटल फ्लावरका सचिन भट्ट उदयमान खेलाडी भए । उनीहरुले ५/५ हजार प्राप्त गरे । लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सको आयोजनामा गत फागुन १५ देखि सुरु भएको प्रतियोगितामा देशभरका १६ टीमको सहभागिता रहेको थियो ।
लिक कम नक आउटमा खेलाइएको प्रतियोगितामा सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरि खेल खेलाईने थियो । लिग चरणमा प्रत्येक टिमले ३/३ खेल खेलेका थिए । उक्त खेलबाट समूह विजेता हिमालयन ह्वाइट हाउस काठमाडाैं, लिटल फ्लावर स्कुल, बाल बाटिका र शारदा सरस्वती ४ टिम सेमिफाईनल प्रवेश गरेका थिए । यस अघि बाल बाटिकालाई ३ विकेटले जित हात पार्दै लिटर फ्लावर र शारदा सरस्वतीलाई ८९ रनले जितेर ह्वाइट हाउस फाईनल प्रवेश गरेका थिए । आयोजक संस्थाका अध्यक्ष रामचन्द्र शाहीले अगामी बर्षमा पनि प्रतियोगितालाई अझ उन्नत र परिष्कृत रुपमा गर्ने बताएका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...