धनगढीमा शनिवारदेखि विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग शुरु भएको छ । संघिय ईकाई प्रहरी कार्यालयको मैदानमा भएको खेलमा विद्या भूषणले विजयी सुरुवात गरेको छ । कैलालीको गेटामा रहेको विद्या भूषणले धनगढीको लिटल फ्लावरलाई ७ विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ५२ रन बनाएको थियो । उस्का लागि सुवाश ऐरले ३७, नरेन भट्टले ३६, कप्तान विपिन रावलले १५ र राजकुमार शाहले १२ रनको योगदान गरे । बलिङमा विद्या भूषणका शेर मल्लले ३, विरेन्द्र नाथ र प्रदिप चन्दले २÷२ तथा सञ्जय केसीले १ विकेट लिएका थिए ।
१ सय ५३ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको विद्या भूषणले १७ दशमलव ५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाउन सफल भयो । विद्या भूषणका सुरुवाती ब्याट्सम्यान शेर मल्ल र विरेन्द्र नाथले १ सय २२ रनको साँझेदारी गरेका थिए । मल्लले ७० र नाथले ३७ रन बनाए । नरेन साउँदले अविजित रहदै २६ रनको योगदान गरे । लिटल फ्लावरका राजकुमार शाहले २ र विपिन रावलले १ विकेट लिए पनि टीमलाई जिताउन सकेनन् । खेलका म्यान अफ द म्याच विद्या भूषणका शेर मल्ल भए ।
लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा भएको प्रतियोगिताको धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर ओडले उद्घाटन गरेका थिए । देशभरका १६ बिद्यालयको सहभागिता रहेको प्रतियोगिता लिग कम नक आउटका आधारमा भईरहेकोे लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसका अध्यक्ष रामचन्द्र शाहीले बताए । प्रतियोगितमा काठमाडौँ र कञ्चनपुरका २÷२, रुपन्देही र दाङका एक÷एक र कैलालीका १० विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही ५÷५ हजार प्रदान गरिने छ । म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने छन् । बिद्यालयबाट नयाँ प्रतिभा जन्माउन र क्रिकेट प्रति अभिरुची बढाउन प्रत्येक बर्ष आयोजना हुदै आएको लिगको यो पाचौ संस्करण भएको शाहीले बताए ।