वेस्ट इन्डिजको पहिलो जित
१३ कार्तिक २०७८
•
२ मिनेट पाठ
वेस्ट इन्डिजको पहिलो जित
आन्द्रे रसेलले अन्तिम ओभरमा कसिलो बलिङ गरेसँगै वेस्ट इन्डिजले बंगलादेशलाई ३ रनले हराउँदै आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा पहिलो जित हात पारेको छ।




शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३९ रन मात्र जोड्न सक्यो।

जितका लागि बंगलादेशलाई अन्तिम ओभरमा १३ रन आवश्यक थियो। रसेलको पहिलो बलमा अफिफ हौसेनले २ रन लिए। दोस्रो बलमा बंगलादेशले १ रन बाई पायो। रसेलको तेस्रो, चौथो र पाँचौं बलमा बंगलादेशका कप्तान महमदुल्लाले लगातार २/२ रन बनाए।

जितका लागि अन्तिम बलमा बंगलादेशलाई ४ रन आवश्यक रहँदा रसेलले डट बल गरेपछि वेस्ट इन्डिजले महत्त्वपूर्ण २ अंकका साथ अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राखेको हो। ग्रुप वानमा ३ खेलको समाप्तिमा २ अंक जोडेको वेस्ट इन्डिज पाँचौं स्थानमा छ।

अंकविहीन बंगलादेश छैटौं स्थानमा छ। ग्रुप वानमा इङ्ल्यान्ड र अस्ट्रलेलिया समान ४ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् भने समान २ अंक जोडेका दक्षिण अफ्रिका र श्रीलंका क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

दुवै समूहका शीर्ष दुुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। वेस्ट इन्डिजले यसअघि पहिलो खेलमा इङ्ल्यान्ड र दोस्रो खेलमा दक्षिण अफ्रिकालाई नतिजा सुम्पिएको थियो।

बंगलादेशको भने प्रतियोगितामा यो लगातार तेस्रो हार हो। बंगलादेश पहिलो खेलमा श्रीलंकासँग ५ विकेट र दोस्रो खेलमा इङ्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो। बंगलादेशका लिट्टन दासले सर्वाधिक ४४ र मोहमदुल्लाले अविजित ३१ रनको योगदान गरे।

यसअघि टस हारेर ब्याटिङका लागि आएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रनको योगफल खडा गरेको थियो। वेस्ट इन्डिजका निकोलास पुरनले सर्वाधिक ४० र रोस्टन चेसले ३९ रनको योगदान गरे।

१२ रन जोड्दा ओपनर इविन लुइसलाई गुमाएको वेस्ट इन्डिजले थप ६ रन जोड्दा अर्का ओपनर क्रिस गेललाई गुमायो। ३२ रन जोड्दा वेस्ट इन्डिजले सिमरोन हेटमायरलाई तेस्रो विकेटका रूपमा गुमायो।

६२–४ को स्थितिमा ब्याटिङका लागि आएका पुरन र चेसले पाँचांै विकेटका लागि ५७ रनको साझेदारी गर्र्दै वेस्ट इन्डिजको इनिङ उकासेका थिए। पुरनले २२ बलमा १ चौका र ४ छक्का प्रहार गर्दा चेसले ४६ बलमा २ चौका प्रहार गरे। बंगलादेशका मेहदी हसन, मुस्ताफिजुर रहमान र सोरिफुल इस्लामले समान २ विकेट लिए।
अर्को समाचार
शाइ होपको शतकमा भारतविरुद्ध वेस्ट इन्डिजको ऐतिहासिक जित
२४ असोज २०८३
•
२ मिनेट पाठ
शाइ होपको शतकमा भारतविरुद्ध वेस्ट इन्डिजको ऐतिहासिक जित
भारतविरुद्ध दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा शाइ होपले विस्फोटक शतक प्रहार गरेपछि वेस्ट इन्डिजले ऐतिहासिक जित निकालेको छ। भारतले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा होपले ४५ बलमै आफ्नो दोस्रो टी-२० अन्तर्राष्ट्रिय शतक पूरा गर्दै वेस्ट इन्डिजलाई कीर्तिमानी सफल रन चेज दिलाएका हुन्।




झारखण्डको राँचीमा गएराती भएको खेलमा होपको उत्कृष्ट ब्याटिङसँगै वेस्ट इन्डिजले भारतविरुद्ध टी-२० अन्तर्राष्ट्रियमा आफ्नो उच्च सफल रन चेज पूरा गरेको हो। यससँगै वेस्ट इन्डिजले आफ्नो टी-२० अन्तर्राष्ट्रिय इतिहासकै सबैभन्दा ठूलो सफल लक्ष्य पछ्याउने कीर्तिमानसमेत बनाएको छ।

वेस्ट इन्डिजको जितमा होपलाई शेरफेन रदरफोर्डले उत्कृष्ट साथ दिए। छैटौँ ओभरमा ५८ रनमा तीन विकेट गुमाएको अवस्थामा क्रिजमा आएका रदरफोर्डले ३७ बलमा ८४ रन बनाए। उनले सात छक्का र सात चौका प्रहार गर्दै होपसँग चौथो विकेटका लागि १२० रनको महत्त्वपूर्ण साझेदारी गरे।

रदरफोर्डले आक्रामक ब्याटिङ गर्दा होपले इनिङ्सलाई सम्हाल्दै अन्तिम चरणमा रनको गति तीव्र बनाए। रोमारियो सेफर्डले पनि १३ बलमा ३४ रनको योगदान दिएपछि वेस्ट इन्डिजले भारतको बलिङ आक्रमणलाई दबाबमा राख्न सफल भयो।

यसअघि भारतले सञ्जु सामसनको आक्रामक ब्याटिङमा विशाल योगफल तयार पारेको थियो। सामसनले ४० बलमा ८२ रन बनाए। उनले भारतीय इनिङ्सलाई गति दिँदै वेस्ट इन्डिजका बलरमाथि दबाब सिर्जना गरेका थिए।

त्यसपछि श्रेयस अय्यर र तिलक वर्माले पनि आक्रामक ब्याटिङ गर्दै भारतको योगफल उकासे। तिलकले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गरे। उक्त ओभरमा भारतले २३ रन जोडेको थियो।

वेस्ट इन्डिजका रोस्टन चेज भने बलिङमा प्रभावशाली रहे। उनले चार ओभरमा २४ रन खर्चेर तीन विकेट लिए। उनको किफायती बलिङले भारतलाई बलियो स्थितिमा पुर्‍याए पनि होप र रदरफोर्डको आक्रामक ब्याटिङ रोक्न भारतीय टोली असफल भयो।

मयंक यादवले पनि तीन विकेट लिए। तर रदरफोर्ड र होपको साझेदारीले खेलको दिशा नै परिवर्तन गरिदियो। अन्तिम चरणमा होपले लगातार ठूला सट खेल्दै वेस्ट इन्डिजलाई जितसम्म पुर्‍याए।

यस जितसँगै वेस्ट इन्डिजले भारतविरुद्धको दोस्रो टी-२० मा आफ्नो ब्याटिङ शक्तिको प्रभावशाली प्रदर्शन गरेको छ। भ्रमणका पाँचवटै अन्तर्राष्ट्रिय खेलमा लक्ष्य पछ्याउँदै जित हासिल गरेको वेस्ट इन्डिजका लागि यो सफलता थप विशेष बनेको छ।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस