लिग वान क्लब वायकोम्बे वान्डरर्समाथि ६–१ को फराकिलो जित निकाल्दै प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले लिग कपको उपाधि दाबेदारी बलियो देखाउँदा लिभरपुलले नर्विच सिटीलाई ३–० ले हराएको छ
इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले तेस्रो डिभिजनको क्लब वायकोम्बे वान्डरर्सलाई ६–१ ले पराजित गर्दा रियाद महरेजले दुई, केभिन डी ब्रुयना, फिल फोडिन, टोरेस र पाल्मरले एक/एक गोल गरे। बलियो सिटीविरुद्ध सुरुआती अग्रता भने वायकोम्बेले हालानको गोलबाट लिएको थियो। एकेडेमीका केही खेलाडीलाई स्थान दिइएको खेलमा युवा खेलाडीले परिपक्व खेल देखाउँदा फराकिलो जित निश्चित भएको थियो।
‘म एकेडेमीका युवा खेलाडीलाई धन्यवाद भन्न चाहन्छु। उनीहरूले आफ्नो भूमिकालाई राम्रोसँग निर्वाह गरेका छन्,’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘बार्सिलोनामा हुर्किएको म भाग्यमानी थिएँ। बार्सिलोना एकेडेमीका सात खेलाडी हुँदा हामीले च्याम्पियन्स लिगको उपाधि उचाल्न सफल भएका थियौं।
यस्तै संयोग सिटीको एकेडेमीमा मिल्ने मैले अपेक्षा गरेको छु।’ यस्तै लिभरपुलले नर्विच सिटीमाथि ३–० को जित निकाल्दा जापानका कुमी मिनामिनोको खेल उत्कृष्ट रह्यो। मिनामिनोको दुई गोल सहयोगमा लिभरपुलले नर्विचलाई ३–०ले हराएको हो।
खेलको चौथो मिनेटमा मिनामिनोको गोलमा लिभरपुलले अग्रता बनाएको थियो। दोस्रो हाफमा डिभोग ओगिरीले गोल गरेपछि क्लबको अग्रता दोब्बर भएको थियो। खेल सकिन १० मिनेटअघि मिनामिनोले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको जित निश्चित गरेका थिए।
नौ खेलाडी परिवर्तन भएको लिभरपुलको खेलमा केही युवा खेलाडीलाई पनि स्थान दिइएको थियो। उनै युवा खेलाडीले प्रशिक्षक योर्गान क्लोपको निर्देशनलाई अक्षरस पालना गर्दा लिभरपुलको टोलीले स्पष्ट जित निकाल्न सकेको हो।
लिग कपअन्तर्गत मंगलबारै भएको अर्को खेलमा ब्रेन्टफोर्डले ओल्डह्याममाथि ७–० को फराकिलो जित निकाल्दा अन्य खेलमा विजयी हुँदै बर्नली, लिड्स युनाइटेड, साउथह्याम्पटन, स्टोक सिटी र सन्डरल्यान्डले पनि अन्तिम १६ मा स्थान बनाएका छन्।