लिभरपुलसँगको बराबरीले चेल्सीका प्रशिक्षक खुसी
१४ भदौ २०७८
•
३ मिनेट पाठ
लिभरपुलसँगको बराबरीले चेल्सीका प्रशिक्षक खुसी
पहिलो हाफको इन्जुरी समयमा १० खेलाडीमा सीमित चेल्सीका प्रशिक्षका थोमस टुचेलले आफ्नो टोलीले बलियो प्रतिद्वन्द्वी लिभरपुलविरुद्ध सम्हालिएको प्रदर्शन गर्दै नयाँ सिजनमा बलियो भएको प्रमाणित गरेको बताएका छन्।  




प्रिमियर लिगअन्तर्गत शनिबारको खेलमा चेल्सीले लिभरपुलको घरेलु मैदान एनफिल्डमा १–१ को बराबरी खेल्दै अंक बाँड्दा प्रशिक्षक टुचेलले आफ्नो टोली नयाँ सिजनमा उपाधि लक्ष्यमा रहेको बताएका छन्। भ्रमणकारी टोली चेल्सीले लिभरपुलविरुद्ध २२औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। काई हार्भाट्जले हेडरमार्फत गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए। भरिभराउ दर्शकको साथ पाएको लिभरपुलविरुद्ध चेल्सीले अग्रता निकालेको थियो। चेल्सीको अग्रता धेरै समय टिकेन। पहिलो हाफको इन्जुरी समयमा मोहम्मद सालाहले पेनाल्टीबाट गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए।  

पछि परेको अवस्थामा आक्रामक देखिएको लिभरपुलले गोलका लागि प्रयास गर्दा चेल्सीका रेसी जेम्सले गोललाइनबाट बल बचाउने क्रममा हातले रोकेपछि लिभरपुलले पेनाल्टीको अवसर पाएको थियो। भिडियो सहायक रेफ्री (भिएआर) को सहयोगमा रेफ्रीले लिभरपुललाई पेनाल्टीको अवसर दिएका थिए। गोललाइनबाट गोल बचाएका रेनिसलाई रातो कार्डको दर्शन गराउँदै रेफ्रीले लिभरपुललाई पेनाल्टीको अवसर दिएका थिए।

स्ट्राइकर मोहम्मद सालाहले त्यसको सदुपयोग गर्दै टोलीलाई बराबरीको अवस्थामा ल्याए। त्यसपछि दोस्रो हाफतिर लम्किएको खेलमा योर्गान क्लोपको टोली लिभरपुलले कम खेलाडीको फाइदा उठाउन सकेन। दुवै टोलीले गोलका लागि केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् र १–१ को बराबरी खेल्दै अंक बाँडे।  

‘बलियो प्रतिद्वन्द्वीविरुद्ध सम्हालिएको प्रदर्शन गर्न सक्यौं। कम खेलाडी हुँदा पनि प्रतिस्पर्धात्मक खेल खेलेर अंक खोस्न सफल भयौं,’ चेल्सीका प्रशिक्षक थोमस टुचेलले भने, ‘टोलीले संयमित हुँदै देखाएको प्रदर्शनको म तारिफ गर्छु। किनभने म्यानचेस्टर सिटीको मैदानभन्दा पनि एन्फिल्ड भ्रमणकारी टोलीका लागि कठिन स्थल हो ।’

त्यसो त क्रिस्टियानो रोनाल्डो प्रिमियर लिगमा फर्किएका छन्। उनको आगमन पुरानो क्लब म्यानचेस्टर युनाइटेडमा भएसँगै म्यानचेस्टर सिटीलाई टाउको दुखाइको विषय भएको छ। किनभने उनको उपस्थितिमा युनाइटेडको सिटीलाई चुनौती कडा हुनेछ। यस्तै सुरुआती बलिया टोलीबीचको प्रतिस्पर्धाले प्रिमियर लिगको रोमाञ्चकतालाई बढाएको छ।  

बराबरी खेल्दै अंक बाँडेको चेल्सीले ३ खेलबाट ७ अंक बनाएको छ। शीर्ष स्थानको वेस्ट ह्याम युनाइटेडसँग समान ७ अंक भए पनि गोलअन्तरका आधारमा चेल्सी दोस्रो स्थानमा अटाएको हो। यस्तै घरेलु मैदानमा बराबरी खेल्दै चित्त बुझाएको हो। लिभरपुल पनि समान अंकका साथ तेस्रो स्थानमा छ। यसअघिको सिजनमा लिभरपुललाई उपाधि लक्ष्यमा पुग्न खेलाडीको क्रमबद्ध चोट समस्या टाउको दुखाइ भएको थियो। 

अहिले चोटमुक्त हुँदै खेलाडी फर्किए पनि सोचेअनुसार लिभरपुलले राम्रो सुरुआत गर्न सकेको छैन। भर्जिल भान डिज्क र जोइल माटिप चोट मुक्त हुँदै खेलमा फर्किएर रक्षापंक्ति सम्हाल्दा जोर्डन हेन्डरसन र फाविनोले मध्यक्रमको भूमिका निभाउन थालेका छन्। नतिजा सोचेजस्तो नआए पनि प्रशिक्षक क्लोप हतास भने छैनन्।  

‘सबै जनालाई कम खेलाडी भएको अवस्थामा खेल्न सहज हुन्छ भन्ने सोच छ। केवल बल पकडको अवस्थामा मात्र कम खेलाडी हुँदा फाइदा हो। कम हुँदा कुनै पनि विपक्षी टोलीले रक्षापंक्तिलाई बलियो बनाउन थाल्छ, जसलाई चिर्न कठिन हुन्छ,’ लिभरपुलका प्रशिक्षक क्लोपले भने, ‘सिजनको सुरुआत नै उत्कृष्ट टोलीसँग गरेका छौं। तीन खेल खेल्दा ७ अंक भएको छ। हेरौं लिग कसरी अगाडि बढ्छ ।’

चेल्सीले यसअघि भएको खेलमा इन्टर मिलानबाट आएका रोमेलु लुकाकुको उत्कृष्ट खेलको मद्दतमा आर्सनलमाथि २–० को जित निकालेको थियो। त्यसअघि लिगको पहिलो खेलमा क्रिस्टल प्यालेसमाथि ३–० को जित निकाल्दै सिजनको सुखद सुरुआत गरेको थियो।  

प्रिमियर लिगअन्तर्गत शनिबारै भएका अन्य खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई ५–० को फराकिलो पराजित गर्दा एभर्टनले ब्राइटनलाई २–० ले स्तब्ध बनायो। लेस्टर सिटीले नारिच सिटीमाथि २–१ को जित निकाल्यो भने न्युक्यासल युनाइटेड र साउथह्याम्पटन तथा वेस्ट ह्याम युनाइटेड र क्रिस्टल प्यालेसले २–२ गोलको बराबरी खेलेर अंक बाँडे। 
अर्को समाचार
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
७ मिनेट अघि
•
१ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
नेपालगन्ज। धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्। नेपालगन्जमा शनिबार भएको म्याराथनको १२ औं संस्कर २ घण्टा २० मिनेट २५ सेकेण्डमा ४२ किलो मिटर दुरी पार गर्दै उनले उपाधि हात पारेका हुन्।




उपाधि जितेसँगै केन्याली धावक मुरियुकीले दुई लाख रुपैयाँ प्राप्त गरे। म्याराथनमा २ घण्टा २२ मिनेट ५८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गरेका कुलबहादुर बस्नेत दोस्रो स्थानमा आएका छन्। उनले एक लाख रुपैयाँ प्राप्त गरे। यसैगरी २ घण्टा २४ मिनेट २९ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएका कृष्णबहादुर परियारले ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।

हाफ म्याराथनको महिलातर्फ राज्यलक्ष्मी रावतले उपाधि जितिन्। उनले नगद ५५ हजार प्राप्त गरिन्। उनले २१ किलोमिटर दुरिलाई १ घण्टा २७ मिनेट ३६ सेकेण्टमा पार गरेकी थिइन्। हाफ म्याराथनमै दोस्रो भएकी सम्झना लिम्बु र तेस्रो स्थानमा आएकी सरस्वती भट्टराईले क्रमशः नगद ३० र १५ हजार प्राप्त गरेका छन्।

निर्धारित दुरिलाई दुबै जनाले क्रमशः १ घण्टा २८ मिनेट ३० सेकेन्ट र १ घण्टा ३० मिनेट ३७ सेकेन्टमा पार गरेका थिए। विजेतालाई नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरी, मिस नेपाल दिपमाला ढकाल, के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदिप छाजेड लगायतले पुरस्कृत गरे।

धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि जितेका केन्याली धावक जुलियस मुरियुकी। तस्बिरः नागरिक 
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस