बेलारूसद्वारा टोकियो ओलम्पिकबाट निकालिएकी स्प्रिन्टर क्रिस्टिना सिमानौस्कायालाई पोल्यान्डले मानवीयताका आधारमा भिसा अनुमति प्रदान गरेको छ। पोल्यान्डका डेपुटी परराष्ट्रमन्त्री मार्चिन प्रिडेचले टोकियो ओलम्पिकबाट निष्कासित बेलारूसकी २४ वर्षीया क्रिस्टिनालाई ह्युमनिटरियन भिसा उपलब्ध गराउने सोमबार बताएका हुन्। क्रिस्टिनाले पनि पोल्यान्डका डिप्लोम्याटलाई टोकियोबाटै सम्पर्कसमेत गरिसकेकी छन्। ‘उनले पोलिस डिप्लोम्याटसँग सम्पर्क गरिसकेकी छन्। हामी उनलाई ह्युमनिटरियन भिसा उपलब्ध गराउँछौं। उनको खेल करियरलाई थप अगाडि बढाउन केकस्तो आवश्यकता पर्छ त्यो पनि सहयोग गर्छौं,’ परराष्ट्रमन्त्री मार्चिनले ट्विटमार्फत उल्लेख गरेका छन्। उनले क्रिस्टिनालाई अफ्ठ्यारो परेको समयमा पोल्यान्ड सहयोग गर्न तयार रहेको र टोकियोमा रहेको पोल्यान्डको दूतावासमा सुरक्षा दिनेसमेत बताए।
‘राजनीतिक कारणले देश फर्कन नचाहने र बेलारूस छोड्न चाहने नागरिकलाई पोल्यान्ड सहयोग गर्न तयार छ,’ पोल्यान्डका परराष्ट्रमन्त्री मार्चिनले भने। पोल्यान्डकै अधिकारीले पनि क्रिस्टिना यसै हप्ता पोल्यान्ड आइपुग्ने जनाएका छन्। क्रिस्टिनाका पति आर्सनी जानेभिचले पनि उनी पोल्यान्ड नै जान सक्ने बताएका छन्। ‘उनी पोल्यान्ड नै जान सक्नेछिन्,’ युक्रेनको राजधानी किभमा रहेका आर्सनीले भने। उनले छिट्टै पोल्यान्डमै क्रिस्टिनासँग भेट हुने पनि बताएका छन्। आर्सनी बेलारूसमा बस्ने भए पनि असुरक्षाको कारण किभ पुगेका थिए।
किन क्रिस्टिना बेलारूस फर्किइनन् ?
क्रिस्टिना बेलारूसबाटै टोकियो ओलम्पिक खेल्न पुगेकी थिइन्। तर, त्यहाँ पुगेपछि बेलारूसको टोलीसँग उनको विवाद उत्पन्न भयो। उनले टोकियो ओलम्पिकमा सय मिटर दौडतर्फ प्रतिस्पर्धा गरे पनि हिटबाट पार गर्न सकिनन्। उनी ओलम्पिकमा दुई सय मिटर दौडकी पनि खेलाडी हुन्। तर, त्यहाँ गएपछि क्रिस्टिनाले आफ्नै राष्ट्रिय टोलीबारे सार्वजनिक आलोचना गर्दै असन्तुष्टि व्यक्त गरिन्। उनले केही खेलाडी अयोग्य हुँदाहुँदै पनि सर्ट नोटिसमा उनीहरूलाई ओलम्पिकमा चार सय मिटरको प्रतिस्पर्धामा सहभागी गराइएको भन्दै आलोचना गरेकी थिइन्। त्यसपछि बेलारूसले उनलाई कारबाही गर्दै दुई सय मिटर र चार सय मिटरको दौडबाट हटायो।
उनलाई टोकियोबाट फिर्ता पठाउन विमानस्थलमा लगेको थियो। यद्यपि, घर फर्किन अस्वीकार गर्दै उनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)लाई हस्तक्षेप गर्न आग्रह गरिन्। सामाजिक सन्जालमा भिडियो सार्वजनिक गर्दै उनले आफ्नो मन्जुरीबिना ओलम्पिकबाट निकालिएको बताएकी थिइन्। ‘मेरो अनुमतिबिना उनीहरूले बाहिर निकाल्ने प्रयास गरिरहेका छन्। यसबारे हस्तक्षेप गर्न आइओसीलाई अपिल गर्छु,’ उनले भनेकी छन्। उनको आग्रहअनुरूप आइओसीले पनि त्यस विषय जानकारी प्राप्त भएको र बेलारूस ओलम्पिक कमिटीसँग स्पष्टीकरण माग्यो।
बेलारूसको ओलम्पिक टोलीले भने भावनात्मक र मनोवैज्ञानिक स्थितिको कारण क्रिस्टिनालाई टोलीबाट हटाइएको दाबी गरेको छ। त्यसैबीच क्रिस्टिनाले पनि युरोपियन रेडियो स्टेसन फर बेलारूससँगको कुराकानीमा देश फर्कन डर लागिरहेको प्रतिक्रिया दिइन्। तर, क्रिस्टिनाको त्यो प्रतिक्रियापछि बेलारूसमा उनको तीव्र आलोचना हुन पुग्यो। त्यहाँको सरकारी टेलिभिजनले पनि क्रिस्टिनाको आलोचना गरेको थियो। प्लेन चढ्न अस्वीकार गरेपछि उनी रातभरि जापानको टोकियोको विमानस्थलमा बसेकी थिइन्। रातारात अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उनको समाचार आउन थाल्यो र अहिले उनी टोकियो ओलम्पिक प्रतिस्पर्धामा भन्दा बढी चर्चामा छिन्।यसैबीच चेक रिपब्लिक र स्लोभेनियाले पनि उनलाई आफ्नो देशमा स्वागत गर्न आतुर रहेको जनाएका थिए। तर, क्रिस्टिनाले पोल्यान्ड रोज्ने तयारी गरेको उनका पतिले बताएका छन्। जापान र आइओसीले पनि उनी अहिले सुरक्षित रहेको र आफूहरूको सम्पर्कमा रहेको जनाएका छन्।