अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले टोकियो ओलम्पिकका दौरान नोबेल पुरस्कार विजेता बंगलादेशका मुहम्मद युनुसलाई सम्मान गर्ने भएको छ।
आइओसीले विश्वमा गरिबी हटाउनका लागि अभियान चलाएका युनुसलाई सम्मानित गर्न लागेको बिहीबार जनाएको हो। आइओसीले दोस्रो पटक यस किसिमको सम्मान दिन लागेको आफ्नो विज्ञप्तिमा जनाएको छ। विश्वमा गरिबी हटाउनका लागि उनलाई सूक्ष्म ऋणको अभियन्ताका रूपमा चिन्ने गरिन्छ।
खेल क्षेत्रको विकासमा पनि उनले योगदान पुर्याएकाले सम्मानित गर्न लागेको आइओसीले जनाएको छ। विश्वभर चर्चित वक्ताका रूपमा परिचित ८१ वर्षे अर्थशास्त्रीले सन् २००६ मा नोबेल पुरस्कार जितेका थिए। उनले बंगलादेशमा बिनाधितो गरिब जनतालाई थोरैथोरै ऋण दिने अभियान चलाएका थिए । त्यसका लागि ग्रामीण बैंकको पनि स्थापना गरे।
उनै युनुसलाई आगामी जुलाई २३ मा हुने टोकियो ओलम्पिकको उद्घाटन समारोहका बीच सम्मानित गरिने भएको छ। पाँच वर्षअगाडि मात्र ओलम्पिकले संस्कृति, शिक्षा, शान्ति र खेलक्षेत्रको विकासमा योगदान पुर्याउने व्यक्तित्वलाई ओलम्पिक सम्मान गरिने अभियान सुरु गरेको थियो।
जुन सम्मान पहिलो पटक सन् २०१६ को रियो ओलम्पिकमा केन्याका पूर्वओलम्पियन किप केइनोलाई प्रदान गरिएको थियो । किपले आफ्ना देशमा बालगृह, एक विद्यालय र खेलाडी प्रशिक्षण केन्द्रको स्थापना गरेका थिए, जसको आइओसीले कदर गर्यो। युनुसले सन् १९८० को दशकमा ग्रामीण बैंकको स्थापना गरेका थिए। जहाँ उनले नोबेल पुरस्कारबाट जितेको रकम सूक्ष्म ऋण अभियानमा लगाए।
उनकै पहलमा युनुस स्पोटर््स हब र खेलक्षेत्रको विकासका लागि सामाजिक उद्यमी सन्जालको पनि स्थापना भएको थियो । सन् २०११ मा ग्रामीण बैंकको प्रमुखबाट बर्खास्त भएपछि उनले केही कानुनी समस्या पनि बेहोर्नुपर्यो। उनका समर्थकले भने बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको निसानामा युनुस परेको आरोप लगाएका थिए। तर, उनीमाथि गरिबसँग उच्च ब्याजदर उठाउँदै आएको आरोप लगाइएको थियो।
गत वर्षको मार्चमा उनीद्वारा स्थापित सामाजिक व्यवसाय फर्मले श्रम कानुन तोडेको आरोपमा ८८ डलर जरिवानासमेत बेहोर्नुपरेको थियो।