खेलाडी बन्ने सपना साकार पार्नकै लागि मासोमा अली जादा देश छाड्न बाध्य भइन्। उनै अफगानिस्तानी शरणार्थी अली जादाले आफ्नो सपना साकार बनाउँदै ओलम्पिकको यात्रा तय गरिसकेकी छिन्। आसन्न टोकियो ओलम्पिक २०२० मा अली जादा शरणाार्थी खेलाडीका रूपमा प्रतिस्पर्धा गर्दै छिन्।
प्रतियोगिता दौरान उनी मैदान उत्रँदा उनीजस्तै खेलाडी बन्ने सपना पालेका महिलाहरूका लागि त्यो आशाको किरण हुनेछ। २४ वर्षीया साइकलिस्ट अली जादाले अफगानिस्तानमा साइक्लिङ गर्दा उनीमाथि ढुङ्गा प्रहार हुनुका साथै भौतिक आक्रमणसमेत हुने गरेको थियो। यसको मुख्य कारण उनले साइक्लिङ पोसाक लगाउने हिम्मत गर्दै सार्वजनिक रूपमा अभ्यास थालेकी थिइन्।
टोकियो ओलम्पिक २०२० मा उनले शरणार्थी ओलम्पिक टोलीको प्रतिनिधित्व गर्नेछिन्। यसको अर्थ उनले विश्वभर रहेका ८२ मिलियन शरणार्थीको भावनाको प्रतिनिधित्व गर्नेछिन्,जो विभिन्न कारणले देश छोड्दै शरणार्थी जीवन जिउन बाध्य पारिएका छन्। उनी समाजमा दबिएर बस्न बाध्य महिलाहरूको पनि साझा प्रतिनिधि हुनेछिन् विशेषत मुस्लिम महिलाका लागि।
अली जादालाई खेलाडी बन्ने सपना साकार पार्नकै लागि देश छोड्नुपरेकामा कुनै पश्चात्ताप छैन। उनलाई गर्व छ, विश्व खेलकुदको महाकुम्भमा ८२ मिलियन शरणार्थीको प्रतिनिधित्व गर्न पाएकोमा। हालैका दिनमा विद्रोही समूह तालिवानले अफगानिस्तानको धरैजसो भूभाग आफ्नो कब्जामा रहेको दाबी गर्दै आएको छ।
‘म मानवताको प्रतिनिधित्व गर्दै छु,’ अली जादाले भनिन्, ‘यो मेरा लागि मात्र होइन। यो अफगानिस्तानमा रहेका महिलाका साथै यहाँका जस्तै ज्यादती भोग्नुपरेको अन्य राष्ट्रका महिलाका लागि हो, जसलाई साइक्लिङका लागि रोक लगाइएको छ। साथै आफ्नो राष्ट्र छोड्दै शरणार्थी जीवन जिउन बाध्य पारिएकाहरूका लागि। म अन्य शरणार्थी खेलाडीका लागि अवसरको ढोका खोल्न चाहन्छु।’
ओलम्पिकको महिला रोड ट्रायलमा उनले अन्य २५ महिला खेलाडीसँग प्रतिस्पर्धा गर्नेछिन्। उनको यो पहिलो औपचारिक प्रतियोगिता हो। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले ५६ शरणार्थी खेलाडीलाई सोलिडारिटी छात्रवृत्ति प्रदान गरेको थियो, जसमध्ये २९ जना टोकियो ओलम्पिक २०२० मा प्रतिस्पर्धा गर्दै छन्। अली जादाले पश्चिमी स्विट्जरल्यान्डको एज्लेस्थित युसिआई वल्र्ड साइक्लिङ सेन्टरमा एक महिनाको अभ्यासको अवसर प्राप्त गरेकी थिइन्। प्रशिक्षक जेन जाक्विस हेनरीले अली जादालाई अफगानिस्तानकै उत्कृष्ट महिला साइक्लिङ खेलाडीको संज्ञा दिँदै उनको प्रगतिबाट प्रभावित भएको बताएका छन्।
इरानमा निर्वासित जीवन बिताइरहँदा उनले अल्पसंख्यकको रूपमा रहेको हजारा समाजको प्रतिनिधित्व गर्दै साइक्लिङ प्रशिक्षणको अवसर प्राप्त गरेकी थिइन्। उनको परिवार काबुल फर्किएपछि उनले अभ्यास जारी राखिन्। उनी अफगानिस्तानमा महिलामाथि साइक्लिङ गर्न रोक लगाइएको घटनाबाट अनभिज्ञ थिइन्। उनी साइकल चलाएकै कारण भौतिक आक्रमणको सिकार भइन्।
‘कठिन छ भन्ने मलाई थाहा थियो, तर भौतिक आक्रमण नै हुन्छ भन्ने थाहा थिएन,’ उनले भनिन्, ‘अफगानिस्तानमा अभ्यास सुरु गरेको केही समयपछि नै ममाथि भौतिक आक्रमण भयो। एउटा पुरुषले कारको ढोकाबाट हात झिक्दै मलाई धक्का दियो। यहाँ साइक्लिङ गर्ने सबै महिलाले भोग्नुपरेको नियति नै यही हो। महिलाहरूको अपमान गरिन्छ ।’ उनले आफ्ना साथीहरूको सहयोगमा अभ्यास जारी राख्दै विभिन्न प्रतियोगिता जितिन्। तर उनको घरपरिवार र आफन्तबाटै साइक्लिङ छोड्न उनीमाथि चर्को दबाब पर्यो ।
निरन्तर दबाबकै कारण उनको परिवारलाई सन् २०१७ मा पुनः अफगानिस्तान छोड्दै फ्रान्समा निर्वासित जीवन जिउन बाध्य पारियो। ‘कुनै परिवारलाई छोरीले खेलमा सहभागिता जनाएकै आधारमा देश छोड्न बाध्य पारिनु निकै दुखद घटना हो,’ अली जादाले भनिन्, ‘तर हामीसँग दोस्रो विकल्प थिएन। सबै शरणार्थी यो समस्याबाट अभ्यस्त छन्।’ लिलेमा सिभिल इन्जिनियरिङको डिग्री हासिल गर्न मात्र दुई वर्ष बाँकी छ, तर साइक्लिङ क्रेजकै कारण उनी लगातार परीक्षामा सहभागी भएकी छैनन्। धैर्य र नरम बोल्ने अली जादालाई विश्वास छ, उनको यही मिहिनतले एक दिन उनको परिवारको शिर उचो पार्नेछ ।
टाइम ट्रायल व्यक्तिगत स्पर्धा हो। अली जादा अफगानिस्तानमा पनि एक्लै साइक्लिङ गर्थिन्। साइक्लिङ नै उनका लागि स्वतन्त्रताको पासपोर्ट बन्न सक्छ। ‘म साइकलमै विभिन्न स्थानमा जान सक्छु र यसले नै मलाई जीवित बनाइरहेको छ,’ उनले भनिन्, ‘मलाई मन लागेको ठाउँमा म जान सक्छु। म एक चरी हुन र उड्न सक्छु। म स्वतन्त्र छु।’