टोकियो ओलम्पिक २०२० जापानका लागि सन् २०११ को विनाशकारी सुनामीपछि गरिएको पुनर्निर्माणका काम सारा विश्वसामु देखाउने एक विशेष अवसर थियो। तर, दर्शकमाथिको प्रतिबन्धका कारण फुकुसिमाका बासिन्दाहरू आफूहरूले गरेको पुनर्निर्माण विश्वसामु पुनः एक पटक प्रस्तुत गर्न नपाउँदा चिन्तित छन्।
जापान सन् २०११ मा सुनामीबाट नराम्रोसँग प्रभावित भएको थियो। जहाँ १८ हजार ५ सय मानिसले ज्यान गुमाएका थिए। जापान चाहन्थ्यो, टोकियो ओलम्पिकका माध्यमबाट आफूहरूको पुनर्निर्माण सारा विश्वले हेरोस्। सफ्ट बल टोकियो ओलम्पिककै पहिलो इभेन्ट हो, जुन फुकुसिमामा आयोजना हुँदै छ। फुकुसिमाले बेस बलको समेत आयोजना गर्दै छ। जापान सरकारले टोकियोलगायत अन्य केही खेलस्थलमा दर्शकमाथि मैदान प्रवेश गराउन रोक लगाउँदा उत्तरपूर्वी सहर फुकुसिमाले आफू यसबाट प्रभावित हुने अनुमान नै गरेको थिएन।
तर,फुकुसिमाका गर्भनरले कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएको र अस्पतालमा समेत बिरामीको चापका कारण फुकुसिमामा हुने ओलम्पिकका खेलमा समेत दर्शकलाई प्रतिबन्धित गरेपछि यहाँका बासिन्दा निराश बनेका हुन्। कोभिड–१९ महामारीका कारण टोेकियो ओलम्पिक एक वर्ष पछि धकेलिएको थियो। वर्षाैँसम्म फुकुसिमाको पुनर्निर्माणका बारेमा अध्यापन गराइरहेका क्यानेडियन प्राध्यापक विलियम म्याकमिकेलले फुकुसिमाका बासिन्दा अन्योलमा परेको प्रतिक्रिया दिए।
‘हामी चाहन्थ्यौं, कम्तीमा विदेशी समर्थकमाथि प्रतिबन्ध लगाइए पनि स्थानीय समर्थक ओलम्पिकदौरान यहाँ फुकुसिमा आऊन् र यहाँ सन् २०११ को सुनामीपछि भएको पुनर्निर्माण अवलोकन गरिदिऊन्। तर यहाँको गभर्नरले स्थानीय समर्थकमाथि पनि प्रतिबन्ध लगाइने बताइसकेका छन्,’ सन् २००७ देखि फुकुसिमामा बसोबास गरिरहेका म्याकमिकेलले भने,‘जुन निकै दुखद छ,प्रमुख लक्ष्यले पुनर्निर्माणको प्रगति देखाउनु थियो,जुन तत्कालका लागि सफल हुन सकेन।’ टोकियो ओलम्पिक २०२० का अन्य आयोजक स्थलमा भने सीमित संख्यामा दर्शक प्रवेशको अनुमति दिइएको छ।
तर फुकुसिमामा बिनादर्शक खेल आयोजना गर भन्नु आफैंमा विभेद भएको त्यहाँका स्थानीय बताउँछन्। ‘हामी कोभिड–१९ महामारीका कारण निराश थियाैँ। तर हामीले सोचेका थियाैँ ओलम्पिक दौरान सफ्ट बल र बेस बल हेर्न यहाँ दर्शकको उपस्थिति हुनेछ र हाम्रा बालबालिकाले पनि यी दुई स्पर्धाका शीर्ष खेलाडीहरू हेर्ने मौका पाउनेछन्’
युमिको नासिमोतोले भनिन्, ‘तर अब दर्शकबिना यी खेल आयोजना हुँदै छन्। यसले थप निराश भएका छौं।’ फुकुसिमाको छिमेकी सहर मियागीमा टोकियो ओलम्पिकअन्तर्गत फुटबल आयोजना हँुदै छ, जहाँ ५ हजार दर्शकलाई मैदान प्रवेशको अनुमति दिइएको छ।