आर्टेम दोभ्बिकले १ सय २१औं मिनेटमा हेडरमार्फत गरेको गोल मंगलबार स्विडेनविरुद्ध निर्णायक बन्दा रोमाञ्चक २–१ को जित निकालेको युक्रेन युरो कप २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
अतिरिक्त समयको पनि इन्जुरी समयमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका दोभ्बिकले गोल गरेपछि युक्रेनको अन्तिम ८ यात्रा सम्भव भएको हो। समूहचरणको खेलमा ३ अंक जोडेर पनि उत्कृष्ट टोलीको रूपमा नकआउट चरणमा स्थान बनाएको युक्रेनले स्विडेनविरुद्ध परिपक्व खेल देखाएको थियो। निर्धारित समय १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयतिर धकेलिएको खेलमा युक्रेनले नतिजा निकालेको हो।
यसअघि २७औं मिनेटमा युक्रेनले ओलेक्जान्दर जिनचेन्कोको गोलमा अग्रता निकालेको थियो। कप्तान आन्द्रे यार्मोलेन्कोले उपलब्ध गराएको पासलाई जिनचेन्कोले गोलमा परिणत गर्दै सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा स्विडेनका इमिल फोर्सबर्गले गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए। त्यसपछि दोस्रो हाफतिर लम्किएको खेलमा दुवै टोलीले राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेनन् र खेल अतिरिक्त समयमा धकेलिएको थियो।
अतिरिक्त सयमको खेलमा मार्कस ड्यानिअल्सन रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि ९८औं मिनेटमा स्विडेन १० खेलाडीमा समेटिएको थियो, जुन स्विडेनका लागि महँगो साबित हुन पुग्यो। युक्रेनका आर्टेम बेसेदिनलाई खराब ट्याकल गरेपछि मार्कसलाई रेफ्रीले सोझै रातो कार्डको दर्शन गराएका हुन्। ‘यही खेल र प्रदर्शनको प्रतिबद्धताले टोली अगाडि बढेको छ। पूरै देशको प्रतिनिधित्व गरेको छ,’ युक्रेनका प्रशिक्षक आन्द्रेय सेभचेन्कोले भने। समूहचरण पार गर्दै अगाडि बढेकोमा प्रशिक्षकले उद्देश्य प्राप्त भएको यसअघि प्रतिक्रिया दिएका थिए।
जित निकालेको युक्रेनले अब सेमिफाइनल प्रवेशका लागि बलियो प्रतिद्वन्द्वी जर्मनीलाई मंगलबार २–० हराएको इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। मंगलबार इङ्ल्यान्डले जर्मनीलाई पराजित गर्दा रहिम स्टर्लिङ र ह्यारी केनको एक/एक गोल गरेका थिए। ५५ वर्षपछि जर्मनीलाई पराजित गरेको इङ्ल्यान्ड उक्त जितपछि अन्तिम आठमा प्रवेश गरेको थियो। स्विडेनका प्रशिक्षक याने एन्डरसनले अवसर सदुपयोग भए पनि प्रहार गरेका बल क्रसबारमा लाग्नु दुर्भाग्य भएको प्रतिक्रिया जनाए। ‘पहिलो हाफको भन्दा सुधारिएको खेल देखाएका हामीले दोस्रो हाफमा चार मौका बुनेका थियौं। ती प्रयास क्रसबारमा लागेर गोलमा परिणत हुन सकेनन्,’ प्रशिक्षक एन्डरसनले भने, ‘गोल गर्न सक्छांै भन्ने आशा थियो। निर्धारित समय बराबरीमा सकिएपछि कठिन भयो। अतिरिक्त समयमा रातो कार्ड निकै महँगो साबित भयो।’ जित निकाल्दा निर्णायक गोल गरेका आर्टेम दोभ्बिकको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो। उचित समयमा गरेको गोलले युक्रेनको अघिल्लो चरण पुग्ने अभिलाशा पूरा भएको छ।