नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नेलाई माई सेकेन्ड टिचरको १ लाख पुरस्कार
०१ असार २०७८
•
२ मिनेट पाठ
नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नेलाई माई सेकेन्ड टिचरको १ लाख पुरस्कार
नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला गरेको छ। क्यान र एमएसटीले सोमबार एक संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको जनाएको हो।  




डिजाइन गर्नेले राष्ट्रिय टोलीको जर्सीको अगाडि र पछाडिको भाग दुवैलाई ध्यानमा राखेर डिजाइन गर्न पर्ने हुन्छ। कुनै पनि व्यक्तिले जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्न पर्ने विज्ञप्तिमा जनाइएको छ। डिजाइनरले जर्सीको डिजाइन गर्दा राष्ट्रिय टोलीले पालना गर्न पर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नियम अनुसार नै डिजाइन गर्न पर्ने हुन्छ।      

'हामीले नेपाली टोलीको जर्सी राम्रो र उत्कृष्ट होस् भन्ने हिसाबले क्यानसंग  खुल्ला प्रतिस्पर्धाबाट डिजाइन छनौटको लागि सहकार्य गरेका हौँ आशा छ यसमा धेरै भन्दा धेरैले भाग लिने छन् र नेपाली टोलीले सबैको आँखामा बस्ने खालको जर्सीको डिजाइन पाउने छ', माइ सेकेन्ड टिचरका सह संस्थापक सुलभ बुढाथोकीले भने, 'उत्कृष्ट हुने डिजाइन नेपाली टोलीले आगामी दिनमा हुने प्रतियोगिताहरूमा त्यसै अनुरूप प्रयोग गर्नेछ भने उत्कृष्ट डिजाइन गर्नेलाइ पुरस्कार स्वरुप नगद एक लाख पनि माइ सेकेन्डले प्रदान गर्नेछ।' 

क्यानले विज्ञापन एजेन्सी एडप्याड मार्फत माई सेकेण्ड टिचरलाई राष्ट्रिय टोलीको प्रमुख प्रायोजकको रुपमा पाएको हो। एड प्याडका प्रबन्ध निर्देशक सुरज गिरीका अनुसार उत्कृष्ट डिजाइन बनाउनेले पुरस्कार स्वरुप नगद एक लाख पनि हात पार्ने छ।  

नेपालले जुलाईमा विश्वकप लिग टु अन्तर्गतको स्पेनमा आयोजना हुने आफ्नो दोश्रो शृंखलामा स्कटल्याण्ड र नामिबियाको सामना गर्नेछ।  

आफ्नो डिजाइन दिने अन्तिम मिति यसै महिनाको १७ तारिकसम्म रहेको छ। डिजाइन क्यानको इमेल info@cricketnepal.org मा गर्न पर्ने हुन्छ भने यस सम्बन्धी सम्पूर्ण जानकारी क्यानको वेबसाइटमा पनि राखिएको गिरीले जानकारी दिए।  

यसैबीच माई सेकेण्ड टिचरले यसै महिनाको सुरुआतमा आयोजना भएको नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक शृंखलाको उपाधि जित्ने नेपाली टोलीलाई नगद पाँच लाखका साथै उक्त शृंखलाका क्रममा डेब्यु गर्ने चार जना खेलाडीहरु, कुशल भुर्तेल, आसिफ शेख, शाहब आलम र कमल सिंह ऐरीलाई जनही नगद एक लाख केही दिनमा नै एक कार्यक्रमको आयोजना हस्तान्तरण गर्ने भएको छ।
अर्को समाचार
क्रिकेटर ऐरी भन्छन्ः म हरेक खेलमा सकारात्मक भाव लिएर खेल्छु
३१ असार २०८१
•
३ मिनेट पाठ
क्रिकेटर ऐरी भन्छन्ः म हरेक खेलमा सकारात्मक भाव लिएर खेल्छु
पोखराको प्रतिभा माविका विद्यार्थीसँग गफिँदै ऐरी। तस्बिरः नागरिक
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख खेलाडी हुन् दीपेन्द्र सिंह ऐरी। उनै क्रिकेटर ऐरीले आइतबार पोखरामा विद्यालयतहका विद्याथीसँग क्रिकेटप्रतिको आफ्नो मोह र सफतला हात पार्ने तरिकाबारे अनुभव बाँडेका छन्।




यहाँस्थित प्रतिभा माविले क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय परिसरमा क्रिकेटको ‘प्राक्टिस नेट’ तयार पारेको थियो। त्यही ‘प्राक्टिस नेट’ को उद्घाटन गर्नुअघि क्रिकेटर ऐरी प्रतिभाका ११ र १२ कक्षामा पढ्ने विद्याथीसँग केहीबेर गफिए।

विद्यार्थीले सोधेका प्रश्नको जवाफ दिने क्रममा ऐरीले भने, ‘हरेक खेलमा म सकारात्मक भाव लिएर खेल्न जान्छु। खेलमा हार वा जित जे भएपनि एउटा गेम सकिएपछि अर्काेको बारेमा मात्र सोच्ने गर्छु। सकिएको खेलबारे धेरैबेर सोच्नुपर्दैन।’ उनले भने, ‘किनकी त्यो गेम पहिल्यै सकिएको हुन्छ। सकारात्मक सोचेर आगामी खेलको तयारी गर्नुपर्छ। कुनै पनि खेलमा जितबारे सोच्नुपर्छ, त्यसले सफलता पाउँछ।’

आफु जहिल्यै अनुशासनमा रहेर खेल्ने उनले बताए। ‘म अनुशासनमा रहेर मेहनत गर्छु। त्यसले मलाई सफलता दिलाउँछ,’ ऐरीले विद्यार्थीलाई सुझाए, ‘कुनैपनि खेल क्षेत्रमा लाग्ने हो भने तलैदेखि आशावादी हुनुपर्छ।’ उनले सरकारले कुनैपनि खेललाई प्राथमिकता दिनुपर्ने बताए। ‘सरकार र निजी क्षेत्र सबैको साथ रह्यो भने कुनैपनि खेल क्षेत्र अघि बढ्न सक्छ,’ उनले भने, ‘एउटा क्षेत्रको मात्र साथले हुँदैन।’  

परिवारको साथ र सहयोगले गर्दा क्रिकेटमा आफुलाई टिकाईरहन सहज भएको उनले बताए। ‘ऐरीले भने, ‘परिवारको साथ र सहयोग पनि खेलक्षेत्रमा उत्तिकै आवश्यक छ। अहिले त मेरो खेल परिवारका सबै सदस्य बसेर हेर्नुहुन्छ,’ उनले भने, ‘मेरो खेलप्रतिको मोह परिवारले बुझेकोले मलाई सहज भएको छ।’  

पोखराको प्रतिभा माविले विद्यालय परिसरमा बनाएको क्रिकेट प्राक्टिस नेट उद्घाटन गर्दै ऐरी। तस्बिरः नागरिक 
विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार विद्यालय परिसरभित्र क्रिकेटको मापदण्ड अनुसारको दुइवटा प्राक्टिस नेट बनाईएको छ। जहाँ क्रिकेटमा रुची राख्ने विद्यार्थीले अभ्यास गर्न पाउनेछन। ‘विद्यालयले नियमित अध्यापनसँगै खेलकुदमा पनि उत्तिकै ध्यान दिएको छ। त्यही भएर क्रिकेटको प्राक्टिस नेट तयार पारेका हौ। विद्यार्थीले नियमित अभ्यास गर्न पाउनेछन,’ उनले भने।  

विद्यालयले गत वर्ष पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेकाे थियो। त्यसपछि क्रिकेटमा बढी ध्यान दिएको सापकोटाले बताए। ‘विद्यार्थीसँग आ आफ्नै क्षमता हुन्छन। पछिल्लो समय क्रिकेटप्रति युवापुस्ताको रुची निकै नै बढेको छ,’ उनले भने, ‘विद्यार्थीलाई क्रिकेट खेलमा आकर्षण गर्नका लागि पनि अभ्यास नेट तयार पारेका हौ।’ विद्यायले सामाजिक उत्तरदायित्व निभाउने क्रममा यसअघि क्रिकेटर सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्ललाई सम्मान गरिसकेको छ।  

उक्त कार्यक्रममा विद्यालयका अध्यक्ष नारायणले पौडेल क्रिकेट खेलले सिंगो नेपाल र नेपालीको गौरव बढाएको बताए । ‘हारजित आफ्नो ठाउँमा छ। तर, नेपाली क्रिकेटरले अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम राखेका छन,’ उनले भने, ‘ठूलो लगानी गर्ने मुलुकका अघि नेपालको खेलकुद क्षेत्रमा लगानी कम भएपनि क्रिकेटले नेपाललाई विश्वमै चिनाएको छ।’  

क्रिकेट खेलमा लगानी गर्दा विद्यार्थीलाई त्यस खेलप्रति लाग्न प्रेरणा मिल्ने पनि उनले बताए। ‘क्रिकेटमा पूर्वाधारमा हामीले थोरै भएपनी लगानी गरेका छौ। यो सुरुवाती लगानी हो। यो लगानीले विद्यार्थीलाई क्रिकेटमा लाग्न प्रेरणा मिल्नेछ,’ उनले भने, ‘खेलकुदमा लागेर पनि उच्च सुविधा पाइन्छ भन्ने विद्यार्थीलाई बुझाउन जरुरी छ। त्यसबाहेक विद्यार्थीको खुबी उजागर गर्न पनि यस्तो लगानी आवश्यक रहेको छ।’ 
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस