बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसीले कोपा डेल रे उपाधि जित्नु क्लबको ‘टर्निङ प्वाइन्ट’ भएको तर क्लबले आफ्नो बार्सिलोनामा रहिरहने कुनै संकेत नदेखाएको बताएका छन्।
शनिबार अर्जेन्टिनाको एक सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा मेसीले बार्सिलोनामा भविष्य अन्योल रहेको बताएका हुन्। मेसीले आगामी जुनको अन्त्यसँगै सम्झौता सकिँदै छ। स्पेनिस ला लिगाअन्तर्गत एइबरसँगको सिजनकै अन्तिम खेलमा मैदानबाहिर रहेका मेसीलाई प्रशिक्षक रोनाल्ड कोम्यानले आराम दिएका थिए। एट्लेटिको मड्रिडले स्पेनिस ला लिगाको उपाधि जितेसँगै सिजन पनि समाप्त भएको छ।
३३ वर्षीय मेसीले यसअघिको कोपा डेल रेको फाइनल खेल हुनुपूर्व ड्रेसिङ रुममा नयाँ युवा खेलाडीको भविष्य क्लबमा देखिन थालेको बताएका थिए। उक्त खेलमा बार्सिलोनाले एट्लेटिको बिलबाओलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि उचालेको थियो। जुन बार्सिलोनाले दुई वर्षपछि पहिलो पटक कुनै पनि प्रतियोगितामा उचालेको उपाधि थियो।
‘कोपा डेल रेको त्यो खेल मेरा लागि विशेष रह्यो। सत्य पनि त्यही हो,’ बार्सिलोनाका स्ट्राइकर लियोनल मेसीले भने, ‘क्लब दुई वर्षदेखि उपाधिविहीन थियो। क्लबले राम्रो खेल्दै गरे पनि कुनै पनि उपाधि उचाल्न सकेको थिएन।’
‘कोपा डेल रे उपाधि उचाल्नुअघि ड्रेसिङ रुममा भएको कुराकानी क्लबका लागि टर्निङ प्वाइन्ट बन्यो। त्यो निकै महŒवपूर्ण क्षण भयो। त्यसपछि उपाधि उचाल्ने अभिलाषा बढ्यो। ला लिगाको उपाधि नजिक त पुगियो। तर सामान्य अवस्थामा हामी उपाधिबाट टाढा भयौं,’ मेसीले अर्जेन्टिनी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा भनेका छन्।
जारी सिजन ३० गोल गरेका अर्जेन्टिनाका लिजेन्ड मेसीले यसै वर्ष पिचिची अवार्ड पनि प्राप्त गरेका छन्। ला लिगामा सर्वाधिक गोलकर्ता भएका मेसीले करियरमा पिचिची उपाधि उचालेको यो आठौं पटक हो। क्लब बसाइ अन्योल भइरहेको अवस्थामा लियोनल मेसीलाई अनुबन्धित गर्न प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटी इच्छुक देखिएको छ। तर बार्सिलोनासँगको सम्बन्ध अनिश्चित भएकाले उनको चर्चा मात्र चलिरहेको छ।
यदि बार्सिलोनासँग उनको सम्झौता नवीकरण नभए मेसीको ला लिगामा सेल्टा भिगोसँगको खेल अन्तिम हुनेछ। उक्त खेलमा मेसीको टोली बार्सिलोना सेल्टा भिगोसँग २–१ ले पराजित भएको थियो। उक्त पराजयसँगै बार्सिलोनाको उपाधियात्रा कठिन मोडमा पुगेको थियो।